सम्मेलन समिक्षा भेला सम्पन्न

0
123

रोपड, १२ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रोपड नगर समितिको ९ औं नगर सम्मेलन भव्य तथा सानदार रुपमा सम्पन्न पछि नगर समितिले आम सदस्यहरु विच सम्मेलन समिक्षा भेला सम्पन्न पारेको छ ।

मनिराम सापकोटाको अध्यक्षतामा तथा विष्णु गुरुङको सञ्चालनमा सम्पन्न समिक्षा सभामा विभिन्न अतिथीहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण गरिएको छ थियो । भक्त वहादुर थापा र रक्तिमका कलाकारहरुले समिक्षा कार्यक्रम उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।

क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा, क्षेत्रीय सदस्य छविलाल सापकोटा, शिवलाल लामिछाने, महिला क्षेत्रीय सदस्य मञ्जु थापा र लक्ष्मी गुरुङ, महिला विभागकि खगी थापा, जनजाति विभागका विलबहादुर गुरुङले मन्तव्य दिनुभएको थियो ।

त्यस्तै प्रजापति सापकोटा, सन्तबहादुर पेमी, भिमबहादुर गुरुङ, दयाराम लामिछाने, मदन थापा, विशाल कार्की, मनिरतन सापकोटा, शेरबहादुर थापा, राम प्रसाद ज्ञावली, रुपा कार्कि, राधिका सापकोटा, भेगबहादुर टन्डन, जगन्नाथ कंडेल, खुमबहादुर वैजवार, प्रतिभा थापा र राजमो गैडाकोटकि लक्ष्मी सापकोटाले पनि समिक्षा मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको अन्तमा वाल कलाकारहरुको वेजोड साँस्कृतिक प्रस्तुतिप्रती आभार व्यक्त गर्दै नगर समितिले सम्मानसम्म गरेको थियो ।

खेलकुद समिति :

त्यसैगरी सोही नगर समिति अन्तर्गत प्रजापति सापकोटाको संयोजकत्वमा खेल विभाग गठन गरिएको छ । जसमाः मदन थापा, प्रेम थापा, विक्की गुरुङ, नवीन गुरुङ, विकास सापकोटा, विशाल कार्की, जीवन सापकोटा, किरण थापा, धिरज गुरुङ, किसन गुरुङ, र विष्णु गुरुङ रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here