सम्मेलन तयारी भेला सम्पन्न

0
204

खिमराज चालिसे
चंडिगढ, १ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समितिको विस्तारित भेला सम्पन्न भएको छ । नगर अध्यक्ष प्रेम आचार्यको अध्यक्षतामा तथा नगर सचिव खिमराज चालिसेको सञ्चालनमा अगाडि बढेको सो भेलामा अतिथिहरुको आसन ग्रहण पश्चात मानबहादुर केसी र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।

केन्द्रीय सदस्य दिनेश खडकाले दिप प्रज्वलित गरि भेलाको उद्घाटन गर्नुभएको थियो । भेलाले आगामी १२–१३मईमा सम्पन्न गरिने चौधौ नगर सम्मेलनको सफलताकोको लागि नगर अध्यक्ष प्रेम आचार्यको संयोजकत्वमा १४० सदस्यीय सम्मेलन तैयारी समिति गठन गरेको छ ।
क्षेत्रीय सदस्य विनुकुमार नेपाली, महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, अ.भा.ने.वि.संघ क्षेत्रीय अध्यक्ष मावध पोख्रेल, समता विभागबाट अर्जुन विक, खेल विभागका शमशेर केसी, रक्तिम विभागका दुर्गा विक, महिला नगरबाट जमुना खनाल, जनजाति विभागबाट थमन थापा, विद्यार्थी संघ चंडिगढ अध्यक्ष सागर शर्मा र भारतीय कम्यूनिष्ठ पार्टीका का. सत्यदेव सैनी लगायतले भेला सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको सन्दर्भमा रक्तिमका कलाकारहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

हनुमानगढ ।

त्यसैगरी सोही क्षेत्रीय समिति अन्तर्गत हनुमानगढमा पनि सम्मेलन  तयारी भेला सम्पन्न भएको छ । केन्द्रीय समितिका उपाध्यक्ष कपिल खनाल र केन्द्रीय सदस्य त्रिभुवन भट्टराईको विशेष उपस्थितिमा सम्पन्न भेलाले मोहन रसालीको संयोजकत्वमा २७ सदस्यीय सम्मेलन तयारी समिति गठन गरिएको छ ।
आगामी २० मईका दिन सो नगर समितिको चौथो नगर सम्मेलन सम्पन्न हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here