सम्मेलनले क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई दिशानिर्देश गर्नेछ

0
616

भिमलाल पोखरेल, महासचिव अखिल (छैठौं)

भिमलाल पोख्रेल नेपाली विद्यार्थी आन्दोलनमा अपरिचित नाम होइन । नेपाली वाम विद्यार्थी आन्दोलनको नेता सङ्गठनका रूपमा परिचित अखिल (छैठौ) का महासचिव हुनु हुन्छ पोख्रेल । विगत दुई दशकदेखि वाम विद्यार्थी आन्दोलनमा निरन्तर क्रियाशील रहनु भएका पोख्रेल यतिबेला सङ्गठनको एक्काइसौं राष्ट्रिय सम्मेलनको तयारीमा जुटिरहनु भएको छ ।

पिता प्रेमलाल पोख्रेल र माता नरमाया पोख्रेलको कोखबाट २०४४ असार १ गते बडिगाड–१ दगातुङडााडा बागलुङमा जन्मनु भएका पोख्रेलले १३ वर्षको कलिलो उमेरबाटै साङ्गठनिक यात्रा प्रारम्भ गनु भएको थियो । खडकदेवी मावि बडिगाड बागलुङमा कक्षा ७ मा अध्ययनरत रहेकै बेला अखिल (छैठौं) को एकाइ समितिमा रहेर २०५७ सालबाट उहाा साङ्गठनिक जिवनमा प्रवेश गर्नु भएको थियो । २०६० मा अखिल (छैठौं) को बागलुङ जिल्ला सदस्यको जिम्मेवारी प्राप्त गर्नु भएका पोख्रेल पूर्ण सदस्य, सचिवालय सदस्य, कोषाध्यक्ष, सचिव हुादै २०६९ मा जिल्ला अध्यक्ष बन्नु भयो । अखिल (छैठौं) को सोह्रौं राष्ट्रिय सम्मेलनमा राष्ट्रिय परिषद सदस्य चयन हुनु भएका पोख्रेल अठाह्रौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिको पूर्ण सदस्य, सचिवालय सदस्य हुँदै २०७१ मा सम्पन्न उन्नाइसौं राष्ट्रिय सम्मेलनबाट कोषाध्यक्षको जिम्मेवारीमा पुग्नु भयो । २०७३ सालमा काठमाडौँमा सम्पन्न बिसौं राष्ट्रिय सम्मेलनबाट अखिल (छैठौं) को महासचिव बन्नु भएका पोख्रेल आफ्नो जिम्मेवारी, लगनशील र इमान्दारीतापूर्वक वहन गर्न सक्षम कुशल सङ्गठनकर्ताको रूपमा परिचित हुनु हुन्छ । देशमा चलेका हरेक विद्यार्थी आन्दोलनमा अग्रमोर्चामा रहेर उहााले नेतृत्वदायी भूमिका निभाउँदै आउनु भएको छ । अखिल (छैठौं) ले सञ्चालन गरेका “हिमाल पहाड तराई जोडौं अभियान” र “सीमा बचाऔं अभियान” जस्ता ऐतिहासिक महत्वका राष्ट्रिय अभियानमा समेत पोख्रेलले सफलतापूर्वक नेतृत्वदायी भूमिका निभाउनु भएको थियो । देशमा चलेका राजनैतिक तथा विद्यार्थी आन्दोलनमा पटक पटक प्रहरी प्रशासनको यातनामा पर्नु भएका पोख्रेल नीति–सिद्वान्तप्रति दृढ र व्यवहारमा मिलनसार नेताका रूपमा चिनिनु हुन्छ । अखिल (छैठौं) को एक्काइसौं राष्ट्रिय सम्मेलन नेपालको विद्यार्थी आन्दोलन र समसामयिक राजनीतिकमा बारेमा यस पटक हामीले महासचिव भिमलाल पोख्रेलसँग विस्तृत कुराकानी गरेका छौं । प्रस्तुत छ, उनै महासचिव पोख्रेलसँग गरिएको कुराकानीको सम्पादित अश :

० अखिल (छैठौं) को एक्काइसौं राष्ट्रिय सम्मेलनको तयारी कसरी अघि बढ्दैछ ?

– सङ्गठनले अगाडि सारेका नीति, सिद्धान्त, कार्यक्रमको अनुमोदन गर्ने हाम्रो सर्वोच्च निकाय भनेको राष्ट्रिय सम्मेलन हो । हामीले शैक्षिक निजीकरण, उदारीकरण र सङ्घीयता विरुद्ध हाम्रो आन्दोलन, जनवादी शिक्षा र राष्ट्रियताका लागि एक्काइसौं राष्ट्रिय सम्मेलन भन्ने मूल नाराका साथ असोज २६, २७ र २८ गते झापाको बिर्तामोडमा हाम्रो युनियनको एक्काइसौं राष्ट्रिय सम्मेलन गर्दैछौं । हामी राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा छौं । सम्मेलनको दौरानमा जिल्ला भेला, सम्मेलन, सदस्यता वितरण, छलफल, अन्तरक्रिया, भेटघाट तथा सङ्गठन निर्माणका काम–कारवाहीहरु अगाडि बढिरहेका छन् । देशभरि विद्यार्थीहरुमा सम्मेलनले नयाा जोश, जाागर र उत्साह पैदा गरेको छ । सम्मेलन भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि युनियनको नेता/कार्यकर्ता देशभर फिल्डमा हुनु हुन्छ । त्यसका साथसाथै महङ्गी, भ्रष्टाचार, सीमा अतिक्रमण, कालोबजारी, मूल्यवृद्धि, अनावश्यक करवृद्धि जस्ता जनताका प्रत्यक्ष दैनिकीसँग जोडिएका विषयमा हामी आन्दोलनको मोर्चामा नै सक्रिय छौं ।

० सम्मेलनमा के कस्तो सहभागिताको अपेक्षा गर्नु भएको छ ?

– अखिल (छैठौं) नेपालको वाम विद्यार्थी आन्दोलनको मूलधार र नेता सङ्गठन हो । इतिहासदेखि वर्तमानसम्म विभिन्न भड्काव र अवसरवादका विरुद्ध सङ्घर्ष गर्दै, वाम विद्यार्थी आन्दोलनको क्रान्तिकारी कार्यभार सम्हाल्दै अगाडि बढेको छ । यो सम्मेलन असोज २६ गते हजारौं विद्यार्थी र जनसमुदायका बीचमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीद्वारा उद्घाटन हुनेछ । सम्मेलनमा देशभरिबाट प्रतिनिधि, प्रवेक्षक, दर्शक, अतिथि, भाइचारा सङ्गठनका प्रतिनिधिको गरिमामय उपस्थिति रहने छ । सम्मेलनमा ७०० भन्दा बढी प्रतिनिधि, पर्यवेक्षकले सहभागिता जनाउने हाम्रो आाकलन छ ।

० सम्मेलनबाट के कस्तो अपेक्षा गर्नु भएको छ ?

– देशमा देखिएका राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक समस्याका बारेमा सम्मेलनमा घनीभूत छलफल, बहस हुनेछ । पृष्अहिले देशमा देखिएको अराजकता, भ्रष्टाचार, कालोबजारी, बलात्कार, हत्या, हिंसाका बारेमा पनि सम्मेलनमा बहस छलफल हुनेछ । एक्काइसौं राष्ट्रिय सम्मेलनले विगतमा हाम्रा कार्यहरुको गम्भीर समीक्षा गर्दै स्पष्ट रूपमा नयाा नृेतत्व र आगामी कार्यक्रम सहित वर्तमान बदलिदो परिस्थितिमा नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई दिशानिर्देश गर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।

० वर्तमान अवस्थामा विद्यार्थी आन्दोलन के कसरी अगाडि बढेको छ ?

– विद्यार्थी आन्दोलन स्वाभाविक रूपमा देशमा देखिएका समस्या उठान गर्ने, विद्यार्थी हक–अधिकारको पक्षमा निरन्तर आवाज बुलन्द गर्ने आन्दोलन हो । वर्तमान परिस्थितिमा आफूलाई कम्युनिस्ट दावा गर्ने शक्तिको दुई–तिहाइ बहुमत सहितको सरकार छ । हामीले अहिले हाम्रो आन्दोलनलाई सरकारका गतिविधिलाई नियाल्दै अगाडि बढाउने प्रयत्न गरेका छौं । विशेष गरेर शिक्षामा अहिले पनि वर्ग विभाजन छ । राज्यको चरित्र प्रतिक्रियावादी छ । शिक्षामा माफियाकरण हावी भएको छ । शिक्षाको तालाचाबी व्यापारीको हातमा छ । यो अवस्थामा हाम्रो आन्दोलन वैज्ञानिक, व्यावहारिक, सिपमुलक शिक्षाको पक्षमा नै केन्द्रित छ र तात्कालिक राजनीतिक आन्दोलनका हिसाबले हाम्रो आन्दोलन शैक्षिक निजीकरण, व्यापारीकरण र माफियाकरणका विरुद्ध केन्द्रित छ । अर्कातर्फ, आज विद्यार्थी आन्दोलन हिजोको तुलनामा केही कमजोर भएको देखिन्छ । यसका पछाडि दुई महत्त्वपूर्ण कारण छन् : एक, हामीले विद्यार्थी आन्दोलनभन्दा देशको जनतान्त्रिक आन्दोलनमा बढी ध्यान दिनु परेको छ । दुई, आफूलाई ठुला विद्यार्थी सङ्गठन बताउने कथित ठुला सङ्गठन शैक्षिक आन्दोलनलाई बिसर्जन गराउादै, आफ्नो स्वार्थ पुरा गर्नका लागि तल्लीन रहेकाले विद्यार्थी आन्दोलन कमजोर बनेको छ । तर यो अस्थायी अवस्था हो । विद्यार्थी आन्दोलनलाई नयाा गतिमा अगाडि बढाउने जिम्मेवारी इतिहासले हाम्रो कााधमा सुम्पेको छ । यो सम्मेलनले यस सम्बन्धमा ठोस योजना बनाउने छ ।

० अखिल (छैठौं) को विगत र वर्तमानलाई तपाईले कसरी मूल्याङ्कन गर्नु भएको छ ?

– देशको विद्यार्थी आन्दोलनमा मात्र होइन, राजनीतिक आन्दोलनमा पनि अखिल (छैठौं) को गौरवपूर्ण इतिहास छ । हामीले शिक्षामा आमूल परिवर्तनका लागि मात्र होइन, आमूल रूपमा राजनीतिक परिवर्तनका लागि पनि निरन्तर सङ्घर्ष गर्दै आइरहेको छौं । वर्तमान अवस्थामा हाम्रो आन्दोलन देशको राष्ट्रिय स्वाधीनता र जनाधिकारको रक्षा तथा सङ्घीयताको खारेजी, शैक्षिक निजीकरण, व्यापारीकरण तथा माफियाकरणका विरुद्ध केन्द्रित रहेको छ । क्रान्तिकारी विद्यार्थी आन्दोलनको भविष्य उज्ज्वल छ ।

  • ० देशमा गणतन्त्र आइपुगेको छ तर जनताका समस्या भmन्पछि झन् जटिल बन्दै गएका छन् । यसको समाधान के हुन सक्दछ ?

– देशले संविधान सभा मार्फत् नयाा संविधान पाएको छ । देशमा गणतन्त्र आएको छ तर अझै पनि हाम्रो देश अर्ध सामन्ती र अर्ध औपनिवेशिक चरणबाट मुक्त हुन सकेको छैन । वुर्जुवा प्रकारको गणतन्त्र त आएको छ, तर यो गणतन्त्र आफैमा पूर्ण पुाजीवादी गणतन्त्र होइन् । संविधानमा समाजवाद उन्मुख संविधान उल्लेख गरिए पनि देशको वर्तमान राज्यसत्ताको चरित्र र राज्यसत्ता सञ्चालकको चिन्तन र धरातलमाथि विचार गर्दा संविधानमा उल्लेख समाजवाद उन्मुख संविधानको कार्यान्वयन कोरा कल्पना मात्र हो । यस अवस्थामा अहिलेको सरकारले वा यो वुर्जुवा गणतन्त्रले सामान्य सुधारका कार्यहरु गर्न त सक्छ तर आमूल परिवर्तन सम्भव छैन् । समाजवादमा पुग्नका लागि नयाा जनावादी क्रान्ति सम्पन्न गरेर उच्च प्रकारको राजनीतिक सचेतना सहितको जनवादी राज्यव्यवस्थाको आवश्यकता स्थापना गर्नु पर्दछ । अहिले देशमा बनेको नेकपाको सरकार कम्युनिस्ट सरकार होइन । कम्युनिस्ट विचारधाराबाट च्यूत भएको नेकपाको सरकारले सर्वहारा वर्गको सत्ता स्थापना गर्न सक्दैन । यो सरकार वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको चौकिदार मात्र हो । यहाा हामीले स्पष्ट गर्न चाहान्छौं कि नेकपा एउटा दक्षिणपन्थी दिशामा तीव्रतर गतिमा पतन हुादै गइरहेको कम्युनिस्ट आवरण बोकेको शक्ति हो । सर्वहारा वर्गको राज्यसत्ता क्रान्तिकारी कम्युनिस्ट पार्टीले राज्यसत्ता कब्जा गरे पश्चात् आउने व्यवस्था हो । अहिलेको अवस्थामा विगतका सरकारको तुलनामा यो सरकारले केही सुधारका काम गर्न सक्ने आधार हुादाहुादै पनि सरकारको गति उही पुरानै तौरतरिकामा रहेकोले जनताको आशामा निराशाको बादल छाएको छ ।

० वामपन्थीको सरकार आएपछि तपाईहरु पनि सत्तामुखी हुनु भयो, विद्यार्थी आन्दोलन अगाडि बढाउनु भएन भन्ने आरोप छ नि, के भन्नु हुन्छ यस विषयमा ?

– यो सरासर झुटो आरोप मात्र हो । हाम्रो मातृपार्टीले यो सरकारलाई समर्थन गरेको छ तर सरकारमा सहभागी भएको छैन । सरकारलाई समर्थन गर्नुको अर्थ यो सरकारका सबै काम–कारवाहीलाई समर्थन होइन । सरकारका गलत कार्यको भण्डाफोर र सही कार्यको समर्थन हो । अर्कोतर्फ हामीले विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन लागि कुनै कसुर बाँकी राखेका छैनौं । हाम्रो शक्तिले सकेसम्म हाम्रो आन्दालन निरन्तर नै चलिरहेको छ ।

० शिक्षाको नै कुरा गरौा, तपाईहरु जनवादी शिक्षाको नारा लगाउनु हुन्छ तर जनवादी शिक्षा प्राप्तिका लागि ठोस आन्दोलन उठाएको देखिदैन नि, यस्तो किन ?

– हाम्रो सङ्गठनको स्थापनादेखि हालसम्म हामी वैज्ञानिक, व्यावहारिक, सर्वसुलभ तथा जनवादी शिक्षा प्राप्तिको आन्दोलनमा निरन्तर सङ्घर्षको मैदानमा छौं । अहिले पनि हामी हाम्रो त्यस प्रकारको आन्दोलनबाट पछि हटेका छ्रैनौं । जनवादी शिक्षा प्राप्तिको आन्दोलन विद्यार्थी आन्दोलनको सफलतामा मात्र भर पर्दैन, यो राज्यसत्ताको आमूल परिवर्तनसँग जोडिएको विषय हो । त्यसका लागि नयाा जनवादी क्रान्ति सम्पन्न हुनु पर्दछ र हाम्रो तयारी जनवादी क्रान्तिको आधार तयार पार्नुमा केन्द्रित हुनु पर्दछ । हामी त्यो दिशामा नै अगाडि बढेका छौं । हाम्रा नीति तथा कार्यक्रम जनवादी शिक्षा प्राप्तिको आन्दोलनलाई केन्द्रविन्दुमा राखेर तय गर्ने गरेका छौं । यो अवस्थामा जनवादी शिक्षा प्राप्तिको आन्दोलनको लागि ठोस योजना नदेखिएको भन्नु अलि सान्र्दभिक हुादैन ।

० अहिलेको अवस्थामा शैक्षिक निजीकरण रोक्ने उपाय के के हुन सक्दछन् ?

– शैक्षिक निजीकरण देशको आजको गम्भीर समस्या हो । शिक्षाको तालाचाबी व्यापारीको हातमा सुम्पेर शिक्षामा समानता हुादैन । आफ्ना नागरिकलाई नि:शुल्क शिक्षा प्रदान गर्नु राज्यको दायित्व हो । तर राज्यले शिक्षाको क्षेत्रमा अपनाएको द्वैद्य चरित्रले माफियाहरुले शिक्षा क्षेत्रलाई कमाइखाने लुटको भाडो बनाएका छन् । संविधानमा आधारभूत तह अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहलाई निशुल्क भनेर गरिएको अवस्थामा समेत सरकार संविधान कार्यान्वयनमा आाखा चिम्लेर बसेको छ । नेपाली विद्यार्थीहरु चर्को शुल्क तिरेर पढ्न बाध्य छन् । शिक्षाको निजीकरणमा स्वयम् राज्यको नै हात रहेको छ । त्यस अवस्थामा शैक्षिक निजीकरणको अन्त्यका लागि सर्वप्रथम राज्यले शिक्षामा एकरूपता लिन जरुरी छ । त्यसका साथसाथै देशमा खोलिएका निजी शैक्षिक सङ्घ/संस्थालाई राष्ट्रियकरण गरिनु पर्दछ ।

० अन्तमा तपाईले विशेष जोड दिएर भन्न चाहेका त्यस्ता केही विषय छन् कि ?

– धेरै विषयहरु माथि आइसकेका छन् । हामी एक्काइसौं राष्ट्रिय सम्मेलनको सङ्घारमा छौं । यो सम्मेलनलाई सफल पार्न म सम्पूर्ण देशभक्त, जनतान्त्रिक तथा न्यायप्रेमी विद्यार्थी साथीहरुलाई हार्दिक आह्वान गर्दछु । सम्मेलनको सम्मुखमा आएर हाम्रो सङ्गठनका विचार र गतिविधिलाई राख्ने अवसर दिनु भएकोमा तपाई लगायत हााक साप्ताहिक परिवारप्रति म विशेष आभार प्रकट गर्न चाहन्छु । नेपालको जनतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिताको क्षेत्रबाट हााकले अमूल्य योगदान पुर्‍याउँदै आएको छ । म यो पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here