सम्बन्ध बिच्छेदको कहर

0
360
  • गोबिन्द राज पोखरेल
    लोग्ने स्वास्नीको सम्बन्ध पबित्र हुँदा हुँदै पनि कहिले काहीं यसमा दरार उत्पन्न हुन जान्छ । एकले अर्कालाइ नबुझदा साना साना घटनाले ठुलो रुप लिन्छ । एउटाले बिना पारिश्रमिक घरमा काम गरिरहेका हुन्छन भने अर्कोले पारिश्रमिक लिएर बाहिर काम गरेका हुन्छन । आबश्यक्ता, चाहना र आत्म सम्मानका बारेमा अमिर गरिव सबैमा कच्याङ कुचुङ पनि हुन्छ । कहिले लेनदेनमा, कहिले स्वतन्त्रतामा, कोहीको आधार भुत आबश्यक्ता परिपुर्तिको लागी असमझदारी बढदै जाने र त्यो एक आपसबाट छुट्टिनेसम्मको अबस्था श्रृजना पनि हुन्छ । यसरी हेर्दा लोग्ने स्वास्नीको सम्बन्ध छिमेकी दुई देश वीचको सम्बन्ध जस्तो पनि हुन्छ । भन्ने गरिन्छ कतिपय लोग्ने स्वास्नी वीच चन्द्रमुखी, सुर्यमुखी र ज्वालामुखीको अबस्था पनि श्रृजना हुने गर्दछ । जब ज्वालामुखीको अबस्था आउँछ तब सम्बन्ध बिच्छेदको अबस्था उत्पन्न हुन सक्दछ ।

कहिले काहीं महिला अधिकारवादीहरुले बच्चा जन्माउन, हुर्काउन गरेको उनको कार्यलाई व्याजको रुपमा पुरुषवादीहरुले स्वीकार्नु पर्ने कुराहरु पनि बताउँछन । जसका लागी सम्बन्ध बिच्छेद पुरुष इच्छा भन्दा नारी इच्छामा हुनु पर्ने कुराहरु आउने गरेका छन । तर बर्तमान अबस्थामा पुरुष इच्छामा पनि सम्बन्ध बिच्छेद हुने व्यबस्था गरिएको छ । लोग्ने स्वास्नीको सम्बन्ध प्रगाढ हुनु त जरुरी नै छ तर त्यसमा आउने बिकृत चालचलन र व्यबहार एउटा पात्र हो भने घरायसी बाताबरण अर्को पात्र हो । अर्को अहंकार र दास मनोबृति रहन गयो भने पनि प्रगाढ सम्बन्धमा व्यबधान खडा हुन जान्छ । एकले अर्काको भावना नबुझने र हरेक कार्यमा एकले अर्कालाई शंकाको दृष्टिकोणले हेर्दा पनि यो अबस्था श्रृजना हुन जान्छ । एक आपसको सहयोगी हुनु भन्दा मालिक र नोकरको भावना बिकसित हुँदाको अबस्थामा पनि सम्बन्धमा दरार आउने गर्दछ । नारी आफै पालिन सक्दैनन लोग्नेले पालिदिनु पर्छ भन्ने पुरातनवादी सोंच छ नै । साथै सुरक्षाको कारणले, स्वतन्त्रताको कारणले, सम्पतिमा भोगाधिकार मात्र रहनु मालिक हुन नपाएको अबस्थाले पनि लोग्ने मालिक र स्वास्नी दास बन्नु पर्ने अबस्थालाई राज्यले सम्बोधन गर्न सकिरहेको छैन । अनुशासासित नहुने, इमान्दार पुर्वक भबिश्यको जोहो गर्न नजान्ने सामाजिक सम्बन्ध र पारिवारिक जिम्मेवारीबाट पन्छदै जाने अबस्थाले पनि सम्बन्छ बिच्छेद हुने गर्दछ । लोग्ने स्वास्नी मान्ने मानब जीबनको सुन्दर पक्ष रहेको यस्तो अबस्था जुन एक अर्काबाट टाढिन गै सम्बन्ध नै रहन नसक्ने अबस्था हुन जान्छ र एक आपसबाट बिच्छेद गर्न पुग्दछन । यस्तो अबस्थालाई नेपालमा देवानी (संहिता) ऐन २०७४ ले देवानी कार्यबिधि भित्र राखेको पाइन्छ । पत्नीका कारणले पुरुषले सम्बन्ध विच्छेद गर्न सक्ने कुराहरु पनि छन जुन निम्न बमोजिम छ :

१) मानो छुट्टिइ वा अंश लिइ पति पत्नि भिन्न बसेको अबस्थामा बाहेक पतिको मञ्जुरी नलिइ लगातार तीन बर्ष वा सो भन्दा बढी बसेमा ।
२) खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा
३) अङ्ग भङ्ग हुने वा अरु कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा
४) अन्य पुरुषसंग यौन सम्बन्ध राखेको ठहरेमा ।

यसैगरी पतिका कारणले पत्नीले सम्बन्ध बिच्छेद गर्नसक्ने कुराहरु माथि उल्लेखित ४ वटा बुँदाहरुका अतिरिक्त पतिले पत्नीलाई जबरजस्ती करणी गरेको अबस्थामा पनि सम्बन्ध बिच्छेद गर्न सक्ने व्यबस्था छ । साथै दुबै जनाको मञ्जुरीले जुनसुकै बेला पनि सम्बन्ध बिच्छेद हुन सक्छ ।

कहिलेकाहीं सम्बन्ध बिच्छेदको अबस्था अन्य तरिकाले पनि हुन्छ । युद्धमा सामेल भइ ३ बर्षसम्म बेपत्ता भएको अबस्थामा, घर छोडी गइ १२ बर्षसम्म बेपत्ता भएको अबस्थामा, सवारी दुर्घटना भइ ३ बर्षसम्म बेपत्ता भएको अबस्थामा, ८० बर्षको उमेर पुगेका व्यक्ति ५ बर्षसम्म बेपत्ता भएमा पनि बेपत्ताकै कारणले सम्बन्ध बिच्छेद हुन सक्दछ । तर यो अबस्था गरिवीको कारणले, रोगी र उपचार नभएको कारणले र होस ठेगानामा नभएको कारणले वा अन्य कुनै जाल प्रपञ्चले पनि बेपत्ता हुन सक्दछ । यस्तो अबस्था श्रृजना भइ घरको सबै अंश बेच बिखन गरी अन्यसंग बिबाह गरी गएको वा अर्को श्रीमती ल्याएकोले पनि पहिलेको पति वा पत्नीबाट छुटकारा हुन सक्ने पनि देखिन्छ । जीवनभर एक्लो जीवनको महशुष गरी अन्यसंग सम्बन्ध गाँसेको अबस्थामा पछि भेटिएको पति वा पत्नीलाई इच्छा हुँदा हुँदै पनि पति पत्नीको रुपमा स्वीकार नहुन सक्ने देखिन्छ । यहाँ पतिले पत्नी र पत्निीले पति मात्र होइन अंश, बंश, नाता कुटुम्ब सबैबाट बिच्छेद पनि हुन्छ ।

हिंसा र प्रतिहिंसाले पनि सम्बन्ध बिच्छेदका अबस्थाहरु आउने गर्दछन तर त्यसको उपचार राज्य संयन्त्रले गरोस भन्ने आश गरिरहेका हुन्छन । भाषा, संस्कृति, रहन सहन खानपान र मानवतावादी सोंच नभएको अबस्थामा पनि बिच्छेद गर्नै पर्ने अबस्थाहरु श्रृजना हुन्छ । छिटै र विना परिश्रम गरेर धनि बन्नु पर्ने, गलत काममा प्रेरित गरिरहने र त्यस्ता चाहना पुर्ति नभएका कारणले सम्बन्ध टुटने अबस्थाहरु पनि हुने गर्दछ । बर्तमान कानुनमा लेखिए भन्दा बाहेक मुस्लिम समुदायले निकाह भनेकै कारणले, लामाहरुकोमा भएको बहुपतिको स्वीकार्यतालाई कसैले अर्कोसंग बिबाह गरेको अबस्थामा पतिले पैत्रिक सम्पतिमा दावा गर्न नपाई सम्बन्ध बिच्छेद हुने कुराहरु पनि संस्कारगत रुपमा चलि आएको पाइन्छ । धन दौलत र कुलतका कारण, गरिवी र पछौटे पनको कारणले आफनै श्रीमतीलाई बलत्कार गर्न पठाउँदाको अबस्थामा, श्रीमान सुरक्षा कवच हुन नसकेको अबस्थामा पनि सम्बन्ध प्रगाढ र दीगो नभइ बिच्छेद हुन पुग्दछ । संस्कार, जीवन र अस्मिता लुटने राक्षसी कवचले पनि सम्बन्ध विच्छेदका घटना बढने देखिन्छ ।

अहिले पनि घरको घेराबाट बाहिर निस्कन नसक्नेहरु छन । स्वास्थ्य, शिक्षाको अभाव छ । माइतमा बाबु दाजुभाइको, घरमा श्रीमान, सशुरा, छोराको अह्राइ पराइ र अधिनस्थ भएर बसेको पनि छ तर सोही अबस्थाले गर्दा महिलाहरु निरीह हुन्छन भन्ने सधै घर गर्न सक्दैन । भाषा नबुझने, संस्कार नबुझनेहरु पनि रोजगारीको शिलशिलमा सहमतीमा तेस्रो मुलुक श्रीमान वा अबिभावकले पठाउने गर्दछन । आफनो कमाइमा आफै मालिक बन्न सक्दछन । तर रोजगारीमा गएकी महिला माथि आफुले काम गर्ने मालिक वा अन्य कसैले डर धाक धम्की देखाइ वा यातना दिइ करणी लेनदेनका कारण घरमा बसेको लाग्नेले करणी भएकै कारण जनाइ सम्बन्ध बिच्छेद हुन सक्छ । सहमतीमै पठाएको श्रीमानले सम्बन्ध बिच्छेद गरेको अबस्थामा राज्यले अबिभावकत्व लिन सक्दैन । यस्तो परिस्थितिलाई बर्तमान कानुनले सम्बोधन गर्न सक्दैन र नत त्यसरी करणी गर्ने विदेशीबाट अंश भराइ लिन पनि सक्दैन यस अबस्थामा त्यस्तो महिलाले ओत लाग्ने घर देखिदैन ।

सम्बन्ध बिच्छेद गराइ दिनु अगाडि मेल मिलाप गराइ दिनु पर्ने व्यबस्था पनि गरिएको छ । यदि मेल मिलाप हुन नसकेको अबस्थामा अदालतले सम्बन्ध बिच्छेद गरि दिनेछ । सम्बन्ध बिच्छेद गर्नु अगाडि अंश बण्डा गरि दिनु पर्ने, अंश बण्डा नगरी एक मुष्ट रकम लिन चाहेमा एक मुष्ट पनि दिन सकिने, अंश लिइ पोइल गएकी महिलाको मृत्यु भएको र मृत्यु हँदाको बखत पछिल्लो लोग्नेबाट कुनै सन्तान नभएको अबस्थामा पहिलेको लोग्नेबाट जन्मेका सन्तानलाई सम्पत्ति फिर्ता दिनु पर्ने हुन्छ । यदि पहिलेको लोग्ने तर्फका केटा केटी नभएको अबस्थामा माइतीलाई उसले लिएर गएको सम्पत्ति फिर्ता गर्नु पर्ने व्यबस्था गरेको छ । सम्बन्ध बिच्छेद गर्दा लोग्नेको भन्दा स्वास्नीको आम्दानी बढी देखिएमा लोग्नेको तर्फबाट अंश भराइ दिनु नपर्ने व्यबस्था बर्तमान देवानी (संहिता) २०७४ ले गरेको छ ।

जे होस लोग्ने स्वास्नीको झगडा पराल आगो जस्तो एक छिन चर्कने र छिन भरमै सालिन हुने गर्दछ । यो सम्बन्ध यौनिक इच्छा पुर्तिले मात्र प्रगाढ हुने होइन । समझदारी, रहन सहन, बंश परंपरा र खुशियालीलाई पनि जीवन्त बनाइ राख्ने अबस्था कसरी बचाइ राख्न सकिएला ? सम्बन्ध बिच्छेदको कहरले सामाजिक वाताबरण नखल्बलियोस । कानुनको डण्डा समातेर कसैको पनि जीवन रसातलमा नपुगोस । आफनो आमालाई जवरजस्ती गर्न खोज्दा भृगु ऋिषीले बनाएको एउटा संस्कार पुर्वीय संस्कृतिको एउटा धरोहर हुनसक्छ भने सोंची बिचारी बनाएको जीवन संगी । संगीनीलाई किन बिच्छेद गर्ने ? सबैमा सुझबुझ हुन जरुरी देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here