समाजवादी सत्ता पराजय किन भए?

0
496

अर्जुन शर्मा

• पेरिस कम्युनबाट शुरु भएको यात्रा अक्टोबर क्रान्ती,चीनिया जनवादी क्रान्ति हुदै संसारका थुप्रै देशहरुमा आफ्नो सत्ता कायम गर्न सफल समाजवादी राज्य सत्ता आज विश्वको कुनै पनि कुनामा छैन।यसरी मार्क्सवादी राजनीतिले आफ्नो उद्भव पश्चात् विशेषगरी प्रथम विश्वयुद्ध र दित्तीय विश्व युद्धको दौरान विश्वब्यापी आफ्नो प्रभाव कायम गर्न सक्यो।सोभियत संघको पतन र १९७६को चीनिया प्रतिक्रान्ती पछि आज कम्युनिस्ट शक्ति रक्षात्मक स्थितिबाट गुज्रिएको अवस्था छ।यो हार अस्थाई हो,तैपनि तत्कालीन रूपमा हार खाएको सत्य हो,त्यसको कारण के हुन ?केही कमजोरीहरु बारे यहाँ सामान्य चर्चा गरिनेछ ।
• प्रथमतः समाजवादी क्याम्पको विघटन बारे दुई गलत सोचहरुको बढी मात्रामा चर्चा पाइन्छ,एक साम्राज्यवादको हमलाको कारण र अर्को सर्वहारा अधिनायकत्व लागू गरिनुको कारण ।तर यथार्थमा ती दुबै सोच गलत हुन।हामीले समस्याको बस्तुगत यथार्थता पहिल्याउन सक्नुपर्छ ।यो सत्य हो कि समाजवाद माथी साम्राज्यवादको चरम हमला कुनै न कुनै रूपमा कायम थ्यो तर त्यो हमला नै समाजवादको हारको प्रधान कारण होइन ।समाजवादी राज्य सत्ताको अनुभवको कमिका कारण सोभियत संघमा सर्वहारा अधिनायकत्व लागू गर्दा सामान्य त्रुटी हुँदै भएनन भन्ने होइन तर त्यो नै मुल समस्या भन्नू गलत ब्याख्या हो।समाजवादको ठूलो उथलपुथल ,बिजय र उत्साहका बाबजुत पनि मुलतः आन्तरिक कारण नै असफलताको कडि रह्यो। समाजवाद यो अर्थमा पनि भिन्न छ ,त्यसमा एकैसाथ non state element र state element रहन्छन।अर्कोतिर यो पहिलो सत्ता हो जुन अल्पमत बिरुद बहुमतको अधिनायकवाद रहन्छ।
• स्वयं लेनिनले र माओले पनि धेरै ठाउँमा पुजीवाद र समाजवाद मध्य कसको बिजय हुन्छ अझै त्यो टुंगिएको छैन भनेका थिए।माओले पुजिवाद मरणासन्न अवस्थामा रहेतापनी स्वयं समाजवाद भित्रै लामो समय सम्म पुजिवाद पुनरास्थापना हुने आधार रहिरहन्छ भन्ने तर्फ सचेत गराएका थिए।समाजवादी क्रान्तिको बिजय पश्चात् उत्पादन प्रणालीमा बद्लाब आएतापनी अझै बितरणको स्वरुपमा धेरै परिवर्तन भएको थिएन,अझै पनि श्रमशक्ती माल बन्दै थियो,मुद्राको सत्ता कायम नै थियो जसबाट घन्टा प्रतिघन्टा पुजीवादी अवशेष पैदा भैरहेको हुन्थे।उत्पादन सम्बन्ध र उत्पदक शक्ति बिच अन्तरबिरोध कायम थ्यो,आधार र अधिरचनाको बिच अन्तर बिरोध व्यापक थियो भने आधार लाई नै अधिरचनाले प्रभाब पारिरहेको अवस्था थियो।पुरानो संस्कृति ,संस्कार,चालचलन ब्याप्त थिए।निजि सम्पत्तिको पुरै सत्ता पल्टिएको नभै अझै पनि निजि स्वामित्व ,डिभिजन अफ लेबर,तनखामा फरक र ओभर टाइम को ब्यबस्था कायमै थियो।collective farm र co operative farm मा उत्पादन स्तर फरक थ्यो,त्यसबाट क्षेत्रीय असमानता कायम हुन्थ्यो।तीन अन्तर बयक्तिक भिन्नता ,गाउँ र शहर बिच,कृषि र उधोग बिच तथा मानसिक श्रम र शारीरिक श्रम बिच कायम थ्यो।
• उत्पादक शक्ति र उत्पादनमा वृद्धि त भएको थियो तर उत्पदक शक्तिको बिकासको मुल अर्थ प्रबिधी,मेसिन हरुको बिकास नभएर समुन्नत मानव जातीको बिकास भन्ने कुरा भुल्दै गएको अवस्था थियो।अन्तर पार्टी democracy मा स्टालिनले ध्यान दिएनन भन्ने कुरा त गलत हो तर युद्धको विशेष परिस्थितिमा र सोभियत सत्तालाई बचाउने सवालमा दुई लाइन संघर्ष तुलनात्मकतामा कमि भएकै थियो।महत्त्वपूर्ण इस्युमा दुई लाइन संघर्ष तल्लो तह सम्मै भएन भने त्यसले बल प्रयोग को सिद्धान्त मा आघात पुराउन सक्ने संभावना रहन्छ। या कार्यकर्ता निर्जीव बन्न पुग्दछन।त्यसले क्रान्तिकारी लाइन बचाइराख्न कठिन बनाइदिन्छ र संसद र सत्तामा पुग्नु मै क्रान्ति देख्न थाल्दछ।
• छोटो पैमानाको उत्पादनले पुजीवादको आधारलाई मदत पुराइरहेका हुन्छन।यस्तो प्रकारले पुजीवादका अवशेष कायम हुँदै गर्दा १९३६मा स्टालिन ले सोभियत समाजवाद मा अब शत्रु बर्ग समाप्त भएको र मैत्रीपुर्ण संघर्स मात्र अब रहने विश्लेषण गरे।प्रयोगशालामा समाजवाद को अभ्यास भएको पहिलो अनुभव का कारण त्यस्ता गल्ती हुनु स्वभाविक नै थिए तर पनि त्यसले बर्ग संघर्ष मा समस्या आयो र भित्र भित्रै पुजिवादपन्थीहरु खेल्ने मौका पाए ।यद्यपि उनले ५०,५१तिर त्यो कमजोरी पत्ता लगाएका थिए तर छिट्टै उनको मृत्यु भयो र खुश्चेब जस्तो पुजिपतीको एजेन्ट सत्तामा पुग्यो।पहिले स्टेट क्यापिटालिज्म हुँदै पुजीवादको पुनःस्थापन भयो।
• सोभियत संघको अनुभव बाट माओले शिक्षा लिएर समाजवाद लाई थप बिकसित त बनाए तैपनि अन्त्तत त्यहा पनि लामो समय रहन सकेन।पहिले त चीनको कम्युनिस्ट पार्टिले खुस्चेब को राजनितीक लाइन को बिरोध ढिला गरि खुल्ला गर्यो।१९६३मा मात्र great devoutको नाममा अन्तरबिरोध खुल्ला भो ,तर तेति बेलासम्म धेरै अन्योलता छाइसकेको थियो भने communist international जस्तो संस्थाको अभाव थियो।पुरानो संस्कृति ,संस्कर र पुजीवादी पन्थी हरुको विरुद्ध सांस्कृतिक क्रान्ती चलाइएको थियो तैपनि सहि उत्तराधिकारी चिन्न नसक्नु माओको कमजोरी रह्यो।रुस या चीन या अन्यत्र पनि पार्टि भित्र साम्राज्यवादको घुसपैठ चिन्न नसक्नुले पनि काफी असफलता प्रदान गर्यो।अर्कोतिर स्टेट र पार्टी भित्र विशेसाधिकार प्राप्त बर्गको बिकास,मध्यम बर्गिय ब्यक्तिवादको बिकास आदि पनि पुजीवादको बिकासमा सहायक बने।यिनी कमिकमजोरीहरु मुलत परिस्थिति जन्य दार्शनिक,राजनीतिक कमजोरी रहे भने नेतृत्व बिकसको कमजोरी सैद्धान्तिक , ब्यबहारिक कमजोरी समेत रह्यो।
• अब नयाँ रणनीति ,कार्यनिती कस्तो बनाउने ?बिगतका कमजोरी लाइ आत्मसात गर्दै नयाँ बदलिँदो विश्व परिवेशलाई मध्यनजर गरि अगाडि बड्नुपर्ने हुन्छ।त्यसको लागि पुरानो क्रान्तिको अन्धनक्कलले हुदैन।अक्टोबर क्रान्ती,चीनिया जनवादी क्रान्ति ,सांस्कृतिक क्रान्ती या अन्य कुनै क्रान्तीका अनुभवबाट र ती देशमा समाजवादको पतनबाट शिक्षा त लिनै पर्छ तर तिनको हुबहु नक्कल ले सहि ठाउँमा पुराउदैन।अहिले ठुलाठुला कारखानाको बिकास,र एकै ठाउँ हजारौं मजदुर हुने स्थितिमा काफी बदलाब आएको छ,८०%पुजि non productive activity मा छ।multy nat दार्सनिक चिरफार बिना क्रान्तिकारी बाटो पहिल्याउन असम्भव छ।आंशिक रूपमा आज विश्वब्यापी समाजवादको पतनका बाबजुत यसको उज्ज्वल भबिस्य झन झन पुष्टि हुँदै गएको छ।साम्राज्यवाद ,पुजीवाद भित्र फेर्नै नसकिने संक्ट र तमाम अन्तरबिरोधले समाजवादको बिकल्प देखिदैन तर समस्या त्यसको हल गर्ने क्रान्तिकारी आन्दोलनको उठान कुन रूपमा गर्न सकिन्छ भन्ने मार्क्सवादी लेनिनवादीहरुको सोच र पहलकदमिको अभावमा छ।
• अब नयाँ रणनीति ,कार्यनिती कस्तो बनाउने ?बिगतका कमजोरी लाइ आत्मसात गर्दै नयाँ बदलिँदो विश्व परिवेशलाई मध्यनजर गरि अगाडि बड्नुपर्ने हुन्छ।त्यसको लागि पुरानो क्रान्तिको अन्धनक्कलले हुदैन।अक्टोबर क्रान्ती,चीनिया जनवादी क्रान्ति ,सांस्कृतिक क्रान्ती या अन्य कुनै क्रान्तीका अनुभवबाट र ती देशमा समाजवादको पतनबाट शिक्षा त लिनै पर्छ तर तिनको हुबहु नक्कल ले सहि ठाउँमा पुराउदैन।अहिले ठुलाठुला कारखानाको बिकास,र एकै ठाउँ हजारौं मजदुर हुने स्थितिमा काफी बदलाब आएको छ,८०%पुजि non productive activity मा छ।multy national कम्पनी को अवस्था धेरै फरक भएको छ ।यो तमाम स्थितिमा सहि दार्सनिक चिरफार बिना क्रान्तिकारी बाटो पहिल्याउन असम्भव छ।आंशिक रूपमा आज विश्वब्यापी समाजवादको पतनका बाबजुत यसको उज्ज्वल भबिस्य झन झन पुष्टि हुँदै गएको छ।साम्राज्यवाद ,पुजीवाद भित्र फेर्नै नसकिने संक्ट र तमाम अन्तरबिरोधले समाजवादको बिकल्प देखिदैन तर समस्या त्यसको हल गर्ने क्रान्तिकारी आन्दोलनको उठान कुन रूपमा गर्न सकिन्छ भन्ने मार्क्सवादी लेनिनवादीहरुको सोच र पहलकदमिको अभावमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here