कथाः समय गुज्रिए पछिको पश्चताप

0
278

एउटा गाउँमा सानो परिवार बस्दथे, परिवारमा आमा–बाबुको एउटा छोरा थियो । अत्यन्तै निम्न स्तरको परिवार थियो । दिनभरी मेलापात गर्ने कुटोकोदाली गरेर दैनिकी चलेको थियो । आमा–बाबुलाई आफ्नो एक्लो छोराले विद्यालय जाओस् र राम्रोसँग पढोस् भन्ने चाहाना थियो । छोरा पनि विद्यालय जान थाल्यो ।

आफुहरुले जति दुःख पीडा गरिबी अभावै अभावको जिन्दगी झेल्न बाध्य भए पनि छोराका खुसीलाई कुनै कुरामा अभाव महशुस नहोस् भन्ने ती निमूखा आमा–बाबुको चाहाना बढो विचित्रको थियो ।

छोरा विद्यालय जान थाल्यो, राम्रो जेहेन्दार विद्यार्थी पनि बन्दै गयो । बाबू–आमा ती सबै दुःखहरु आफ्नो सन्तानले विद्यालयमा राम्रो अध्यान गरेको र अनुशासनप्रति छोराको शिक्षकहरुले सहराएको देख्दा सबै दुःखहरु गायव भएको महशुस गर्दथे, चटक्कै बिर्सि दिन्थे ।

एक दिन बाबुको स्वास्थ्यमा एक्कासी गडबड आयो । उनलाई हस्पिटल चेकजाचँ गर्दा ब्लोड क्यान्सर भएको डाक्टर साहेवले दुखित हुँदै सुनाए । अनि त्यो परिवारमा बर्ज्रपात पर्यो । अब त्यो सानो बच्चा र बिरामी श्रीमानलाई पुरै हेरचाह गर्ने अविभारा ती अभागी एक्ली महिला माथी थपियो । केही दिन पछि ती बाबुको मृत्यु भयो ।

अब छोरालाई पढाउने ठुलो राम्रो असल ज्ञानी मान्छे बनाउने सपना ती आमालाई सपना जस्तो महशुस हुँदै गए । समयले अत्यन्तै अरु अप्ठारो ढिकतिर धकेल्दियो तर ती आमाले आफुलाई समाल्ने र धैर्यतासाथ सपना पूरा गर्ने अठोट गरिन् । छोराप्रति देखेका सपनाहरु सफल पार्नेतिर दिन रात वर्षा–झरी–घाम नभनी काम तर्फ लागिरहिन् । धेरै कष्ट पीडा अभाव अपमान सहँदै आफ्नो कर्मतर्फ आमाको गति कहिल्यै रोकिएन । बरु अरु स्पात बन्दै गएन् ।

अब छोरा माध्यमिक शिक्षा पढ्दै थियो । आमाले छोरालाई स्कुलमा छोरा भोकाउँछ भनी खाजा पुराउन कहिले काहीँ स्कुल तिर जान्थिन् । तर छोराले आमा स्कुलमा नआइदिए हुन्थ्यो भन्ने सोंच्दथ्यो, किन कि उसको आमाको एउटा आखाँ थिएन । आफ्नी आमा हुन् भनेर साथीहरुलाई परिचय गराउन छोरालाई हिनताबोध हुन्थ्यो । साथिहरुले अन्धीको छोरा भन्छन् कि भन्ने ठुलो चिन्ता छोरालाई परिरहन्थ्यो ।

अब छोराले गाउँको स्कुल छोडी शहर पढ्ने त्यो पनि डाक्टर पढ्ने अवसर प्राप्त गर्यो र शहर गयो । दिनहरु वित्तै गए ती अभागी आमालाई छोरालाई भेट्ने हुट्हुटी तिब्र थियो । गाउँबाट पढेलेखेकाहरुलाई पत्र लेख्न लगाएर छोरालाई पठाउथिइन्– “बाबू, छोरा, म एकपटक तिमिलाई भेट्न चाहान्छु । तिम्रो मुख नदेखि मेरो परान पनि नजाने भयो ।” आमाको विर्दन्ती छोरालाई मतलव हुन छाडी सकेको थियो । कुनै जवाफ आएन ।

एकदिन गाउँका एकजना मान्छेले सुनाईदिएछन्– ‘ती आमालाई तिम्रो छोरा ठुलो मान्छे बन्यो डाक्टर भएकाछन् विहे पनि गरे उतै शहर तिर” ती आमा खुशीले गद्गद् भईन र खुसीका बलिन्द्राधारा आशु झारिन् । “त्यसका बाउको र मेरो सपना पूरा भयो” ।

अब ती आमालाई छोराले कस्ती बुहारी ल्यायो होला, छोरालाई राम्रोसँग हेरविचार गर्छिन् कि गर्दिनन् होला ? भन्ने चिन्ता जाग्यो । पुनः चिठि लेख्न लगाई र पठाईन । त्यसको पनि जवाफ आएन ।

अब जीवनभरी थिकित र वुढेलकालको चाँपले अठाउँदै गएको शरिर धेरै कमजोर हुँदै गयो । उनी त्यहि गाउँको झुप्रोमा बस्दै आएकी थिइन् । अचानक ती अभागी आमाले अन्तिम श्वास त्यहि झुप्रोमा फेरिन् ।

गाउँका मान्छेहरुले छोरालाई खबर पुराई दिए । अन्त्यष्टीको लागि नदिको छेउँ पुराए । त्यो समयमा छोरा आइपुग्यो, सबै कर्म भए । त्यहि समयमा गाउँको एकजना मान्छेले “डाक्टर साहेब हजुरको आमाले तपईको लागि एउटा पोकामा केही छोड्नु भएको छ । त्यो जिम्मा मलाई लगाउनु भएको हो । हिड्नुस म बुझाउँछु” भन्दै आमाको झुपडी तर्फ लगे ।

बिस्तारै त्यो पोका फुकाउने क्रममा एउटा सेतो कागजमा केही लेखेको थियो । “मेरो मुटूको धड्कन, छोरा म तिमिलाई दुबै आखाँले देख्न चाहान्थ्यें तर सानो छँदा तिमी बिरामी भयौं । तिम्रो आँखामा ठुलो समस्या आएको हुँदा म तिमिलाई पिठ्यूमा बोकी डाक्टर साहेब कहाँ पुराएँ, तिमिले एउटा आखाँले कहिल्यै पनि देख्न नसक्ने कुरा डाक्टरले सुनाउनु भयो । त्यति वेला म कति रोए, कति कराए, उपाए बारे डाक्टर साहेबलाई सोधें । अब कसैको आखाँ राख्नु पर्छ भनि सल्लाह दिनु भयो । अब म कोसँग तिम्रो लागि आँखा माग्न सक्थेंर । मैले डाक्टर साहेब मेरो आँखा छोराको लागि निकाल्नुस् । डाक्टर साहेबले आमा तपाईले कसरी काम गर्नु हुन्छ ? अनि छोरा सानै छ, हजुरलाई गाह्रो हुन्छ भनि, कति संझाउनु भयो । तर मैले जिद्धि गरें, मेरो आँखा छोरालाई राख्दिनुस् भने पछि डाक्टरले मलिनो हुँदै अब तपाई नै जिद्धि गर्नुहुन्छ भने हुन्छ, भन्दै तिमिलाई मेरो आँखा राख्दिनु भयो । अब म तिमिलाई भोली देखि मेरा दुईवटा आँखाले हेर्न असमर्थ छु छोरा, मलाई माफ गर, तिमी सँधै खुसी हुनु शरिरको राम्रो ख्याल गर्नु ।”

त्यो पत्रमा लेखिएको रहेछ । डाक्टर भएको छोरा पत्र पढ्दा पढ्दै आँखाबाट आँशुका ठिका तप्तप्ती जमिन खस्दै थिए ।
(हामीले यो कथा, जनकराज शर्मा, पाण्डेचेरीको फेसबुक वालबाट लिएका हौं)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here