समताको राष्ट्रिय भेला पुस २०–२१ गते बुटवलमा

0
109

काठमाडौं । जातीय समता समाजको राष्ट्रिय भेला आगामी पौष २० र २१ गते बुटवलमा हुने भएको छ । २०७५ भदौ ६ गते बुटवलमा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।
भदौ ६ गते नै समता समाजका अध्यक्ष दिल बहादुर विकद्वारा जारी प्रेस विज्ञप्तीमा मङ्सिर १० देखि ३० गतेसम्म जिल्ला स्तरीय एक दिने प्रशिक्षण गर्ने, भदौ १९ गते “गणतन्त्र स्थापनाको दश वर्ष र दलित मुक्तिको दिशा” विषयक अन्तक्र्रिया काठमाडौंमा गर्ने लगायतको निर्णय भएको उल्लेख छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ– “यही मिति २०७५ भाद्र ६ गतेका दिन जातीय समता समाज केन्द्रिय समितिको नवौँ बैठक अध्यक्ष दिलबहादुर विकको अध्यक्षतामा बुटवलमा बस्यो । बैठकले विभिन्न विषयमा छलफल गरी महत्त्वपूर्ण निर्णय लिएकाले त्यसलाई सार्वजनिक गर्नका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१. बैठकले आगामी २०७५ पुस २० र २१ गते बुटवलमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । भेलाको तयारीका लागि गोविन्द विक, रेकम सुनार, टिका विक, जित बहादुर विक र दिलिप रसाइली रहेको भेला व्यवस्थापन समिति गठन गर्नुका साथै जिल्लाहरुलाई आवश्यक प्रतिनिधि पर्यवेक्षक समेत तोकेको छ ।
२. सङ्गठनको वर्तमान स्थितिलाई गतिशील बनाउन आगामी मङ्सिर १० गतेदेखि मङ्सिर ३० गतेसम्म जिल्ला स्तरमा एकदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भयो । त्यसको मिति जिल्लाहरुले तोकेर केन्द्रीय कार्यालयमा जानकारी गराई स्वीकृति लिनु पर्नेछ । सम्भव भएका जिल्लाहरुमा उक्त प्रशिक्षण गाउँपालिका र नगारपालिका स्तरसम्म पनि सञ्चालन हुनेछन् ।
३. देशका विभिन्न भागमा दलित जातिहरुमाथि भएका विभिन्न प्रकारका उत्पीडन र महिलाहरुमाथि भएका बलात्कार र हत्या जस्ता जघन्य अपराधका विषयलाई मुख्य मुद्दा बनाउँदै “गणतन्त्र स्थापनाको दश वर्ष र दलित मुक्तिको कार्यदिशा” शीर्षकमा यही भदौ १९ गते काठमाडौमा अन्तक्र्रिया कार्यक्रम गर्ने र भदौ २४ गते जिल्ला स्तरमा सिडियो मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको छ ।
४. आगामी दशैं–तिहारको उपलक्ष्यमा विज्ञापन सङ्कलन गरी सङ्गठनको सामयिक बुलेटिन समता सन्देश प्रकाशन गर्ने निर्णय भयो । त्यसका लागि विभिन्न जिल्लाहरुलाई विज्ञापन उठाउने जिम्मा दिइएको छ । प्रकाशनका लागि सन्तबहादुर नेपाली, राजेश विक, दिलबहादुर विक र रेकम सुनार रहेको चार सदस्यीय प्रकाशन समितिको बनेको छ ।
५. सङ्गठनको आर्थिक अवस्था सुधार गर्न आगामी तिहारको उपलक्षमा कपिलवस्तुको चन्द्रौटा क्षेत्रमा समता केन्द्रको तर्फबाट भैलो खेल्ने निर्णय भयो । त्यसको तयारीको जिम्मा दिल बहादुर विक र गोविन्द विकलाई दिइएको छ । अन्य जिल्लाहरुले पनि आ–आफ्नो तयारी गरेर भैलो खेल्न सक्नेछन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here