सबै खाले अवसरवादका विरुद्धको संघर्षमा प्रवासी नेपालीहरुको पनि ऐक्यवद्धता

0
572

मंडिगोविन्दगढ नगर समितिको सातौं सम्मेलन सम्पन्न

मंडिगोविन्दगढ, ३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत मंडिगोविन्दगढ नगर समितिको सातौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समाजका बरिष्ठ उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो ।
उद्घाटन मन्तव्यमा खनालले सबै खाले अवसरवाद, दक्षिपन्थी संशोधनवाद तथा उग्रवादपन्थी भड्कावका विरुद्ध पनि प्रवासी नेपालीहरुले आवाज उठाउनु पर्ने आवश्यकता औंल्याउनु भएको थियो । भारत प्रवासमा एकता समाजले नेपाली श्रमजिवीहरुलाई केवल संगठित नगरेर राष्ट्रीयता र जनतन्त्रको सवालमा समेत सजग बनाउँदै आएको बताउनु भयो ।
उद्घाटन कार्यक्रम युद्ध परियारको अध्यक्षता तथा लाल बहादुर विकको सञ्चालनबाट अगाडि बढेको थियो । सम्मेलनमा सहभागिहरुलाई तारा बहादुर जीसीले  स्वागत गर्नु भएको थियो । केन्द्रीय सल्लाहकार वासुदेव भट्टराई र क्षेत्रीय सदस्य राम बहादुर ताम्रकार लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
सातौं सम्मेलनले राम बहादुर ताम्रकारको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– युद्ध परियार, सचिव– लालबहादु बिक, सहसचिव– खिम बहादुर सुनार र कोषाध्यक्ष– तारा बहादुर जीसी रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमश: विमला शर्मा, विष्णु बहादुर केसी, माया विक, सुरेश परियार, वैकल्पिक सदस्यहरुमा: मोहन ताम्रकार, रतन विक र बावुराम परियार रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा मिना सुनार, सावित्रा परियार र प्रेम ओझालाई चयन गरेको छ । केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले नवनिर्वाचित समितिको घोषणा गर्नुभएको थियो ।
मार्चपास गर्दै शहर परिक्रमा पश्चात घोषणा सभामा परिणत भएको सो सभाको अध्यक्षता राम बहादुर ताम्राकारले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई कलाकार र युद्ध परियारले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन लाल बहादुर विकले गर्नुभएको थियो ।
प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सल्लाहकार वासुदेव भट्टराई, क्षेत्रीय कोषाध्यक्ष दिनेश खडका, क्षेत्रीय समितिका दोर्ण पोखरेल, कैलाश खडका,सदस्य उदय सिंह चन्द, राज कुमार अधिकारी, महिला क्षेत्रीय विभागकी दिपा चन्द, रक्तिम क्षेत्रीय विभागका नारायण पोखरेल, क्षेत्रीय विद्यार्थी संघका नविन चन्द, लूधीयाना नगर समितिका खुमबहादुर थापा, रोपड नगर समितिका प्रजापति सापकोटा, लुधियाना फोकलपाइन्टका असोक विक लगायतले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here