सन्दर्भ शहीद दिवसः शहीदहरू उदाउनेछन्

0
218
-लक्षीराम आचार्य

कति साहसी थियौ तिमी
खबरदारी गर्यौ दुर्जनलाई
गर्बिलो ईतिहास रच्यौ
घमासान युद्धको उद्घोष गर्यौ

चम्काउन खोज्यौ सज्जनका मुहार
छताछुल्ल पार्न खोज्यौ दुष्टका कर्तुतहरु
जहानियाँ शासनको अन्त्य कात्रो काढ्यौ
झलमल हाँसेर वलीवेदीमा उनीयौ

टपक्क टिपेर फाल्न सकेनन् तिम्रो इतिहास
ठडियो तिम्रो रगतको आहाल बाट क्रान्ति मानव
डगमगाएनन् तिम्रा समर्थक लोक प्रेमीहरु
ढकमकाए तिम्रो वीरताको ज्योति

तपतप चुहिएको तिम्रो रगतले
थर्काउँदै शासकलाई गाल्यो कायरतातर्फ
दण्डित गर्यो जनताको चेतले
धर्मरायो फासीवादी सत्ता

नतमस्तक बने रक्त पिपासुहरु
पहाड हिमाल तराई जाग्यो
फरफराउने थाले इन्कलावका झण्डाहरु
बलियो भए जनहरू मुर्छित बने शासकहरु

भत्काइदिए सहिदहरुले
मनका उसका काला सपनाहरु
यत्रतत्र तानाबाना बुनिए तर चुंडालिए
रगतको मूल्य खोज्यो जनसागरले

लम्किए सहिदले देखाएको बाटोमा
वयस्क, प्रौढ अनी बालकहरू
सशक्त बन्दै गयो लोकतन्त्र
षड्यन्त्रका तानाबाना रचिए बिचमा

सबैखाले हर्कत हुँदै गए छिन छिनमा
हत्कडी, नेल भिराई समर्थकलाई जेलमा
क्षत विक्षत पार्न खोजियो शहीदका सपनालाई
त्रास, भय,आतंक सबै निष्काम हुनेछन्
ज्ञात अज्ञात शहिदहरु विद्रोहको हुँकार बोकी
जब समसान घाटबाट उदाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here