सन्दर्भ महिला दिवशको

0
152

जनकराज शर्मा (पाण्डेचेरी)
तिमी पछि थिएनांै, पछि पारिएकी हौ
शिखर चड्न खोज्दा तल झारिएकी हौ
तिम्रा अंगहरु देखाई पसल थापिएको छ
तिमिलाई नै दोस्रो दर्जामा झारिएको छ ।

समनताका भाषणहरु धेरै सुनिन्छ
भित्र भित्रै षडयन्त्रका जाल बुनिन्छ
अघि बढ्ने कोशिस गर्दा खुट्टा तानिन्छ
अधिकारका कुरा गर्दा पोथि भनिन्छ ।

बच्चा जन्माउने मेसिनरी मात्र ठानिन्छ
गर्वमा छोरी भए भ्रुण नष्ट गरिन्छ
घर देखि बजारसम्म प्रयोग मात्र गरिन्छ
महिलालाई नै बोक्सी भनि मलमुत्र ख्वाईन्छ ।

महिला मुक्ति आन्दोलन, विरताको गाथा
उठ जुट नारीहरु बन ज्वार भाटा
कतिसम्म सहने सीमा नाघिसक्यो
लामो रातको निंद्राबाट संसार जागि सक्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here