सन्दर्भ अन्तराष्ट्रीय मजदुर दिवसको: ईमान्दारिता हाम्रो

0
53

१८८० को दशकलाई संसारमा पूँजीपति र मजदुरका बिचको अन्तरबिरोधको उत्कर्ष रहेको दशकका रूपमा बुझ्न सकिन्छ । विश्व साम्राज्य फैलाईरहेको अमेरिका भित्र नै त्यसप्रकारको अन्तरबिरोध रहेको पाईन्छ ,जसको उदाहरण स्वरूप सिंकागोका मजदुरहरूको सम्झौता हिन संघर्षको परिणाम स्वरूप त्यहाँको सरकार र पूँजीपती वर्ग मजदुरलाई दिनमा ८ घण्टा काम ,आठ घण्टा आराम रआठ घण्टा मनोरन्जन्जनको माँग पूरा गर्न र त्यसलाई कानूनी मान्यता दिन मन्जुर भएको हो । त्यो आन्दोलनले सन १८८० को दशकको अन्त सम्ममा अन्तराष्ट्रीय रूप लिईसकेको थियो । यो संस्थागत रूपमै बिश्वब्यापी बनीसकेको थियो ।त्यसैको फलस्वरूप सन १८९० मे १ बाट संसार भरिका मजदुरहरूले बिजय उत्सवका रूपमा यो दिवशलाई मनाउने परम्परा बनेको हो ।

शुरूमा यो मार्क्सवादी बिचारधारा राख्नेहरूले मनाउँथे भने बिस्तारै बिस्तारै यो दिवश अरू त्यो भन्दा फरक बिचारधाराको तर्फबाट पनि मनाउन थालियों । अहिले आएर पूँजीबादी शासन प्रणाली भएका देश र अन्य देशका सासकहरूले नै मानव अधिकारको दुहाई दिंदै मजदुर दिवश मनाउने ,सार्वजनिक बिंदा दिने र आफु मात्रै मजदुर बर्गको अभिभावक हो भन्ने देखाउन खोजी रहेको पाईन्छ ।यसले के स्पष्ट हुन्छ भने कम्युनिस्ट बिचारधारा माथि प्रहार गर्न मजदुरहरूको आवाजको प्रतिधित्व गर्न खोजेको देखिन्छ तर असलियत त्यो होईन ,असलियत त कम्युनिष्ट बिचार धारा माथिको घुमाउरो प्रहार हो ।यसर्थ यो अन्तरबिरोध समाप्त भएको छैन र बर्गिय समाजको अस्तित्व रहने बेला सम्म यों अन्तरबिरोध रहिरहन्छ ।

पछि १९ औं शताब्दीको सुरूवात सँगै रूसमा क्रान्तिकारी मुभमेन्ट शुरू भयो र १९१७मा रूस त्यहाँको जारसाही सत्ताबाट मुक्त भयो ।त्यहँ लेनिनको नेतृत्वमा क्रान्ती सम्पन्न भयो र समाजबादी सासनयब्यबस्था स्थापना भयो ।लेनिनबादीहरूले आफ्ना हरेक कामलाई सिलसिलेबार तरिकाले एउटा पद्धतीमा ढालेर गरे र त्यही अनुशासनले त्यहाँको राज्यसत्तालाई ध्वस्त पार्न सफल भए ।पछि त्यो लहर विश्वका एक-तिहाई देशहरूमा पुग्यो र सासन सत्ता जनताको कायम रह्यो ।सबै देशले आफ्नो देशको बिकाशको स्वरूपका आधारमा राज्य ब्यबस्था संचालन गरें ।रूसले समाजबादी ब्यबस्था अपनायो भने चिनले नयाँ जनबादी ब्यबस्था ।किनकी रूसमा कृषिको बिकाशले पूर्णता पाएको थियो र देश औद्योगीकरणको उत्कर्षमापुगेको थियो ।तर चिनमा कृषि प्रणालीको पूर्ण बिकाश भएको थिएन ,त्यसैले त्यहाँ नयाँ जनबादी ब्यबस्था कायम गरी कृषिलाई आधुनिकीकरण गर्दै देशलाई औद्योगीकरणको दिशामा अगाडी बढाएर समाजबादको चरणको बिकाश गरेको थियो ।साथै यूरोप एशिया र ल्याटिन अमेरिकाका कैंयौं देशहरूमा पनि कम्युनिस्ट सत्ता क़ायम भयो ।

यसले संसार भरिका प्रतिक्रियाबादी शाशकहरू हाबुकाबु परिरहेका थिए र आक्रमण गर्नका लागि कम्युनिस्ट सासन प्रणाली भित्रका कमजोर ठाउँ खोजीरहेका थिए ।यो बर्गिय अन्तरबिरोध बर्गिय समाजको स्वरूप रहे सम्म निरन्तर रहिरहन्छ ।

हामीले गर्ने क्रान्ति अधिकांश मेहनतकश बर्गको हितमा केन्दित हुन्छ ।यो कहिले नरम ,कहिले मध्यम र कहिले निर्मम प्रकारको हुन्छ ।पहिलो र दोस्रो चरणमा धेरै नेता कार्यकर्ता र जनताहरू सहभागी हुन् सक्छन् भने तेस्रो चरणको कार्यक्रममा भाग्ने रआत्म समर्पण गर्ने स्थिति पनि देखिन्छ । एउटा क्रान्तिकारी पार्टीलाई यसको बनावट र संरक्षण गर्न मै सबैभन्दा बढी चुनौती हुन्छ ।त्यही कार्यमा ढृढतापूर्वक अडिन नसकेका कारण संसारमा स्थापित समाजबादी ब्यबस्थाको पतन र त्यसको ठाउँमा पुन पूँजीबादी ब्यबस्था कायम हुन् आयो ।यो प्रक्रिया निरन्तर रहि रहन्छ ।समाज बिकाशको राजनितिक प्रणालीमा कम्युनिष्ट बिचारधाराको ईतिहास सबैभन्दा छोटो छ त्यसैले त्यसको अनुभव पनि कम छ भन्न अतिशयोक्ति नहोला । तसर्थ कुनै पनि बर्गको आफ्नै सिमा र भूमिकाले त्यसलाई कहाँसम्म पुर्याउने हो भनेर भन्न सक्दछ ।

संसारका बहुसंख्यक जनता अल्प संख्यकबाट शासित छन् ।त्यसैले त्यसबाट मुक्ति पाउनका लागि र शोषणरहित समाजको निर्माण गर्नका लागि शोषित र सासित बर्गले आफ्नो बर्गिय आन्दोलनलाई अगाडी बढाउँछ ।यो समाजको राजनितिक र सामाजिक रूपान्तरणको ध्रुबसत्य नियम हो।हाम्रो समर्थन पनि तिनै शोषित पिडित बर्गले नेतृत्व गरेको आन्दोलनमा रहन्छ र रहनुपर्दछ ।

समाज बिकाशको क्रम सँगै संसार सानो घेराभित्र सिमित छ ।त्यो भित्र हामी घुमीरहेछौं ।हामी छिनभरमै पृथ्वी बिचरण गर्दछौं ।यो अहिलेको प्रबिधिको बिकाशको कारणले हो ।हिजोका दिनमा हाम्रै पालामा महत्वपूर्ण निर्णयहरू गर्नका लागि ,भेला हुन् ,बैठक बस्नका लागि चिठी लेखेर पठाउनु पर्थ्यो या पैदल हिडेर खबर गर्नुपर्थ्यो ।यसो गर्दा समय पनि धेरै लाग्ने ,र झण्झट हुने गर्थ्यो भने सुरक्षा संरक्षणका हिसावले पनि त्यती नै जोखिम थियो भने अहिले हाम्रै पालामा सोच्नै नसकिने परिबर्तन हाम्रै आँखाले देख्ने ,भोग्ने र प्रयोग गर्ने गर्दछौं ।यो बिचमा पनि हामीले हाम्रा गतिबिधिहरूमसाबधानी र अनुशासन भने पालना गर्नै पर्दछ । अन्यथा साइबर क्राईम जस्ता कुरामा फस्नुपर्ने हुन्छ ।यसबाट बच्दै ,आफुलाई ज़िम्मेवार रअनुशासित बनेर न्याय र स्वतन्त्रताको पक्षमा आबाज बुलन्द गर्नु पर्दछ ।प्रबिधिको प्रयोगका कारणले एकै छिनमा हामीले हाम्रा बिचार रगतिबिधिलाई संसार सामु प्रबाह गर्न सक्छौं ।हाम्रा बिचार कति सत्य र तर्कपूर्ण छन् त्यसका आधारमा हामीलाई अबलोकनकर्ताले मूल्यांकन गर्ने गर्दछन् ।त्यसैले सबैले जिम्मेबार हुँदै सूचना सम्प्रेषण गर्नु पर्ने हुन्छ ।

हामीले के गर्न खोजेका हौं त्यसको नारा तय गर्न सकियो भने त्यसको प्रोपोगाण्डालाई जोडतोडका साथ अगाडि बढाउन सकिन्छ । सबैको बिस्वास पाउन र अगाडि बढ्न सकिन्छ ।अगाडि बढ्ने हौसला प्रदान हुन्छ ।तर त्यती खेर के ख़्याल गर्नु जरूरी छ भने हाम्रा गतिबिधिहरू बेलगामको घोडाजस्तो हुनुहुँदैन । त्यसका लागि हाम्रो हैसियत ,सिमा र दायरा अनि जिम्मेवारी र लेनिनबादी संगठन पद्दतीको भने हमेशा ख्याल राख्नुपर्दछ ।हाम्रा बिचारहरू राख्ने स्वतन्त्रता हामीलाई छ तर त्यसको क्षेत्रधिकारको सिमा तोडेर कदापी होईन । त्यसैले यस्ता बिषयमा कोही पनि चुक्नु हुँदैन र कोही पनि नचुकौ,यहि नै सहि तरिका हो ।

हामीले आजको बिश्वको प्रबिधि प्रयोग गरेर घरमै बसी बसी कतिधेरै काम गर्न सकिन्छ र गरिरहेछौं ,गरिरहेछन् ।यसैगरी हामीले न्यायपूर्ण आन्दोलनलाई पनि बैधानिक तवरबाट यहि प्रबिधि मार्फत संसारलाई सूसूचित गर्न सक्छौं र जो जहाँ छौं त्यहींबाट प्रयत्न गर्दै जानेहो ।यसैका माध्यमबाट ईमान्दारिता पूर्वक जानेहो भने यथार्थ धरातलमा पनि सजिलै पुग्न सक्ने छौं ।यसर्थ सबैले आफ्ना कामहरूमा ईमान्दारिता पूर्वक कार्यानवयन गरौं र गर्न उत्प्रेरित गरौं ।

यति गर्न सक्यौ भने हामीले आज मनाउन लागेको मजदुर दिवशलाई सहि अर्थमा न्याय दिन सक्छौं भन्ने लाग्छ ।यसर्थ संसार भरिका तपाई हामी मेहनतकश बर्गको अधिकार प्राप्त गर्नका लागि हाम्रो आन्दोलनले सहि गन्तब्य प्रदान गरोस् भनि शुभकामना ब्यक्त गर्दछु ।साथै सम्पूर्ण ज्ञात अज्ञात शहिदहरू प्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछु ।त्यसका साथै बिद्यार्थी नेता हाम्रा अग्रज कमरेड मित्रमणि आचार्य प्रति पनि भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
हेमलाल गौतम
जापान नेपाली एकता समाज
केन्द्रीय सदस्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here