सदस्यता अभियानसंगै संगठन निर्माण अभियान शुरु

0
159

हिसार, ४ फरवरी । भारत स्थित नेपालीहरुको छाता संगठन भनेर चिनीने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजप्रति जनजनको विश्वास र प्रभाव झनझन गाढा र प्रगढ हुँदै गइरहेको छ । वास्तविक अभिभावकिय भुमिका निर्वाह गर्दै आइरहेको मूल प्रवाहको मुठ्ठी कसेको झण्डामुनी संगठित गर्ने अभियानमा लागेको हिसार.नगर समितिले नयाँ वर्षको शुरुवात १ जनवरीदेखि नै सदस्यता अभियानलाई तिव्र गतिमा चलाएको थियो सदस्यता अभियानमा कैयनले विभिन्न संगठनहरु छोडी मूल प्रवाहमा प्रवेश गरेका थिए ।

अहिले ३ फरवरीदेखि नगर समिति हिसारले संगठन निर्माण अभियान चलाइरहेको नगर सचिव तारा सोमारेले जानकारी दिनुभएको छ । एक महिना सदस्यता अभियानमा मूल प्रवाहको बिधान तथा नीति, सिद्धान्तलाई स्विकार्दै सदस्यता ग्रहण गर्नु हुने सबै साथिहरुलाई क्लास छलफल र संगठानात्मक पद्धति सिकाउँदै समितिबद्ध गर्ने महत्वपूर्ण कार्य दिनांक ०३ फरवरी २०१९ बाट शुरु गरिए अनुसार श्रीमती रिमा बगालेको पहलमा र क्षेत्रीय महिला सदस्य : चन्द्रा सोमरे, जनजाति नगर संयोजकः केयरसिंह घर्ती मगर, नगर सचिव तारा सोमारे, एरिया सदस्य मनबहादुर घर्ती मगर, मोहन घर्ती मगर, रुम बहादुर पुन, दुर्गाबहादुरको विशेष उपस्थितिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार अन्तर्गत पर्ने सिटी एरियाको आटो मार्केटमा व्पापक क्लास तथा छलफल पछि श्रीमति रिमा बगाले अध्यक्षतामा ७ सदस्यीय टोल समिति गठन गरिएको छ ।

जसमा सचिव– धन कुमारी, कोषाध्यक्ष– सीता रासकोटी र सदस्यहरूमाः कमला रिजाली, रेखा, रिमा कुवँर र माया रहनु भएको छ । नवगठित टोल समितिलाई बधाई तथा शुभकामना दिने साथिहरुमा नगर सचिव तारा सोमरे, केयर सिंह घर्ती मगर र मन बहादुर घर्ती मगर हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here