“सत्ताका लागि आत्म समर्पण गर्ने प्रबृत्तिका कारण बिदेश चलखेल बढीरहेको छ”- अधिकारी

0
192

-गोपाल सुबेदी, बागलुङ

राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सचिव कृष्ण अधिकारीले सत्ताका लागि आत्म समर्पण गर्ने प्रबृत्तिका कारण बिदेश चलखेल बढीरहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिती बागलुङद्वारा  शुक्रबार बाग्लुुुङमा आयोजित जनवर्गीय संगठनहरुको जिल्ला स्तरिय दुईदिने संयुक्त कार्यशाला उद्घाटन गर्दै नेता अधिकारीले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गर्दै अधिकारीले बर्तमान अबस्थामा राज्य सन्चालन गर्ने नेताहरु राष्ट्रियता र देशको स्वार्थ भन्दा पनि सत्ता स्वार्थमा लिप्त भएकोमा चिन्ता व्यक्त गर्नु भयो । सत्ताका लागि जे पनि गर्ने प्रबृत्तिका कारण राष्ट्रियता माथि गम्भीर खतरा उत्पन्न बताउनुभयो ।

राष्ट्रियताको पक्षमा राष्ट्रिय जनमोर्चाले मात्र अग्र पङ्तीमा रहेर आवाज बुलन्द गरिरहेको समेत दावी गर्दै राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताकाे अभियान सफल पार्न अनुरोध गर्नुभयो। साथै उहाँले पार्टीको निती कार्यक्रम जनताको माझमा लैजादै ग्रामीण बर्गसंघर्षलाई उत्थान गर्न जनवर्गीय संगठन मजबुत हुनुपर्ने कुरामा जोड दिदै कार्यकर्तालाई थप जुझारु हुन आव्हान गर्नुभयाे।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अखिल नेपाल जनजाति सम्मेलनका पुर्व केन्द्रिय सल्लाहकार नर ब पुन, अखिल नेपाल बुद्दिजीवी संघका केन्द्रीय उपाध्यक्ष काजीगाउँले श्रेष्ठ, अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारी, प्रगतिशिल पत्रकार संघ बागलुङका अध्यक्ष राम सुबेदी, अखिल (छैठौं) बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, जातीय समता समाजका जिल्ला अध्यक्ष नर ब सुनार, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष दान ब थापा, अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघका केन्द्रीय सदस्य थानेश्वर सुबेदी, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत ढकाल, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष नेत्र बुढाथोकी लगायतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डेको अध्यक्षता र परिषद् सदस्य तिलक थापाको सञ्चालन र जिल्ला उपाध्यक्ष धर्म ब कुँवरको स्वागत मन्तव्यमा सम्पन्न भएको छ । भाेली माघ ११ गते सम्म चल्ने कार्यक्रममा जिल्लाका १६ वटा जनबर्गिय संगठनहरुका प्रतिनिधिकाे सहभागिता रहेकाे  नेता तिलक थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here