सडकको मान्छे

0
447

– निलिमा पुन
हिजोसम्म नेपाली धर्तीमा तिम्रा पैताला ठोक्दा
लाग्थ्यो– राष्ट्रघातीहरुका छातीमा लात हान्दै छौँ
हिजोसम्म तिमीले चर्को स्वरमा गीत गाउँदा
लाग्थ्यो– भ्रष्टाचारीहरुको कान छेड्ने गरी खबरदारी गर्दै छौँ
हिजोसम्म तिमी सबैका अगाडि उभिई रहँदा
लाग्थ्यो– तिमी परिवर्तनका लागि नेतृत्व गर्दै छौँ
विश्वास थियो–
तिमी आफ्नो क्षमतालाई हतियार बनाएर
स्वाधीनताको लडाइामा निर्विवाद अगाडि बढ्ने छौ
आज,
फेरि देशको सिमा मिचिएको छ
कोही बोल्छन्—कोही मौन छन् यहाँ
हिजोको जोश, हिजोको हुाकार कहाँ हरायो कुन्नि ?
दु:खमा भएर हो कि, विद्रोहको धुन सुनिएन अहिले
खरी झरेर हो कि, मादलको ताल बजेन अहिले
मन मरेर हो कि, तालमा खुट्टा फन्केनन् अहिले
खतराको घण्टी सुनेर हो कि,
सबै चुपचाप बसेछन् अहिले
आज,
फेरि देशमा द्वन्द्व चर्किदै छ
परिस्थिति अझ दर्दनाक बन्दै छ
घरको साँचो तिम्रा हातमा भएर के भो र ?
देशको साँचो अर्कैले लिएको छ
निमुखाहरु मर्न तयार बने हुन्छ अब
देशभरि छरिएका आफन्तहरु
आफन्तसँग भिडन तयार भए हुन्छ अब
विकासको त के आश भो र ?
विनास झेल्ने मनोबल बढाए हुन्छ अब
दिन आउने त के आश भो र ?
ऋणको भारी बोक्न ढुक्क भएर बसे हुन्छ अब
जसले जेसुकै सम्झोस्,
म त सदाका लागि सडकमा छु
सडकमा जुलुस आउँदा मेरै साथी सम्झन्छु
नारा घन्काउदै सडक तात्दा ताली पिटेर स्वागत गर्छु
सङ्ग्रामी धुनसँगै मैदानमा परेड खेल्छु
मुक्तिका लागि सडकबाटै आन्दोलनमा होमिन्छु
म त सडकको मान्छे, सडकमै बस्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here