एकता समाजका संस्थापक सभापति थापाद्वारा लिखित पुस्तक छिट्टै बजारमा आउँदै

0
500
काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तात्कालिन अखिल भारत नेपाली एकता समाज) का संस्थापक सभापति गोविन्द सिंह थापाको संस्मरणमूलक पुस्तक “भारतमा एकता समाज” छिट्टै प्रकाशित भई बाहिर आउँदै छ ।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहको भूमिका, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण, नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई, एकता समाजका संस्थापक सदस्यहरु रामचन्द्र शर्मा, राजु नेपाली, पूर्व केन्द्रीय सभापतिहरु डिलाराम आचार्य, गिरधारीलाल न्यौपाने, बहालवाला सभापति दुर्गा केसी, वामपन्थी नेता विमल शर्मा, रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, महिला नेतृ सूर्या थापा र सामाजिक कार्यकर्ता डी.बी. शाहीको मन्तव्य सहित सो पुस्तक प्रकाशन हुन लागेको हामीलाई वहाँको निकट श्रोतबाट जानकारी हुन आएको छ ।
गोमा जिसीले प्रकाशन गर्नुभएको सो पुस्तक १६० पृष्ठको रहेको छ । पुस्तको मुल्य नेरु. २४०/– रहेको जनाइएको छ । थापाले एकता समाजको स्थापना कालदेखि प्रथम, द्वितीय र तृतीय गरि चार कार्यकालसम्म सभापतिको जिम्मा निर्वाह गर्नुभएको थियो । चौथो अखिल भारत सम्मेलन पछि थापा स्वदेश फर्किनु भएको थियो ।
थापाको महत्वपूर्ण योगदान कै कारण आज भारतको गल्लि गल्लिमा एकता समाजको गुन्ज सुनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here