संसारकै पिरो खुर्सानीको बेर्ना तयार

0
212

सबैलाई पुर्‍याउन धौधौ

काठमाडौं । पिरोका पारखीले प्रतीक्षा गरेको संसारकै सबैभन्दा पिरो खुर्सानीको बेर्ना तयार भएको छ । केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्रले भारतको आसामबाट बीउ ल्याएर बेर्ना तयार गरेको हो । ‘अब बेर्ना वितरणका लागि तयार भएको छ’ केन्द्रका प्रमुख भरतकुमार पौडेलले अनलाइनखबरसित भन्नुभयो-’परीक्षणका रुपमा फागुन अन्तिम हप्तादेखि वितरणको तयारी छ ।’

उहाँका अनुसार बेर्ना सीमितमात्र भएकाले सबै ठाउँमा वितरण गर्न समस्या छ । ‘माग धेरै छ, तर बेर्ना कम छ’ पौडेलले भन्नुभयो-’अहिले परीक्षणका लागि केही ठाउँमा वितरण गर्ने योजना छ ।’ केन्द्रले प्रति बेर्ना ५ रुपैंयाको दरले बिक्री गर्ने तयारी गरेको छ । पौडेलका अनुसार झण्डै ५/७ हजार बेर्ना उमारिएको छ । संसारकै सबैभन्दा पिरो ‘भुत जोलोकिया’को व्यवसायिक खेती नेपालमा समेत गर्ने गरी बेर्ना तयार गरिएको हो ।

यो जातको खुर्सानी मध्यपहाड र तराईका जुनसुकै ठाउँमा पनि खेती गर्न सकिन्छ । संसारकै सबैभन्दा पिरो खुर्सानीको रुपमा दर्ता भएको भोट जलोकियालाई हाइबि्रड गरेर भारत र बंगलादेशका बिभिन्न देशमा समेत खेती गरिँदै आइएको छ । विज्ञहरुका अनुसार यो खुर्सानी अरु जातका खुर्सानीभन्दा ४ सय १ दशमलव ५ पटकभन्दा बढी पिरो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here