संसदमा राजमोले उठायो प्रवासी नेपालीलाई सुविधाको माग

0
2130

काठमाडौं । राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले भारतमा कार्यरत नेपाली नागरिकहरुले पनि भारतीय नागरिकले सरह विभिन्न सुविधाहरुको उपभोग गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

भारतमा लाखौंको संख्यामा नेपाली नागरिकहरु रोजगारत रहेका छन् । सन १९५० को सन्धीमा भारतमा काम गर्न जाने नेपाली नागरिकहरले भारतीय नागरिकहरले पाउने सेवा सुविधा समान रुपमा उपयोग गर्न पाउने उल्लेख छ । तर भारतमा रोजगाररत नेपालीहरले अझै पनि कैयौ स्थानहरुमा आधारकार्ड नभएका कारण ग्यास सिलीण्डर, पाउदैनन् बैक खाता खोल्न पाउदैनन, सिमकार्ड पाउदैनन । सांसद दुर्गा पौडेलले २०७५ जेठ ३० गते प्रतिनिधी सभा बैठकको विशेष समयमा बोल्दे भारतमा रोजगारत नोपाली नागरिकहरलाई १९५० को सन्धीमा व्यवस्था भए वमोजिम नेपाली नागरिकताका आधारमा उक्त सुविधाहर निर्वाध रुपले उपयोग गर्न पाउने वयवस्था मिलाउन सभामुख मार्फत सरकारको विशेष ध्यानाकर्षण गराउनु भएको थियो ।

यस्तै सांसद पौडेलले २०७५ असार ३ गते बसेको प्रतिनिधि सभा वैठकको सुन्य समयमा वोल्दै दुधमा सोडा समेत राखेर विक्रि वितरण गर्नेलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । मिसावट गर्ने उक्त कार्यलाई रोक्न सरकारले कडा कदम उठाउनु पर्ने उहाँको थप भनाई थियो ।

भुमिसुधारको व्यवस्था गर्न माग

यसैबिच सांसद दुर्गा पौडेलले संसद बैठकमा बोल्दै भुमिसुधारको व्यवस्था गर्नु पर्ने बताउनु भएको छ । “देशलाई समाजवाद उन्मुख कार्यदिशामा अगाडी वढ्न प्रारम्भीक चरण भनेकै भुमिसुधार हो । राजा महेन्द्रका पालामा भुमिसुभार सम्बन्धी केही कदम उठाइएका थिए । तर त्यस पछिका दिनमा भुमिसुधार सम्बन्धी खासै ऐन आउन सकेका छैनन् । ‘एक युगमा एक दिन एक चोटी आउछ’ भने झै अहिले देशमा वामपंथी सरकारलाई त्यो मौका आएको छ ।”

विनियोजित विधेयक –२०७६ को विभिन्न शिर्षकहरु माथी खर्च कटौतीको प्रस्ताव माथी आफ्नो विचार राख्दै २०७५ असार ३० गतेको संसद वैठकमा सांसद पौडेलले भन्नु भयो– “हद भन्दा वढि जमिन विना मुअब्जा सरकारले अधिकारण गरि भुमिहिन किसानलाई वितरण गर्नु पर्नेमा त्यो भएको छैन । भुमिहिन किसानलाई त्यो जमिन प्राप्त भयो भने उनीहरुलाई उत्साह जागर बढेर उत्पादनमा वृद्वि गर्न मदत पुग्दछ । जस्ले गर्दा कृषि क्षेत्रमा विकास वढेर जाने थियो । सरकार स्वम्ले ५ वर्षमा कृषि क्षेत्रमा दोब्बर विकास गरेर लैजाने भनेको छ । भुमिसुधार विना तयो कसरी संभव हुन सक्छ ?” रोजगारीका लागि ठुलो संख्यामा विदेसिएका युवा शक्तिहरुलाई स्वदेश फिर्ता गरि रोजगारी दिनका निम्ती सरकारले पहल गर्न नसकेको बताउदै सांसद पौडेलले कृषिलाई आधुनिकिकरण गरि उद्योगका रुपमा विकास गरेर लैजानु पर्नेमा जोड दिनु भएको थियो ।

यसतै सांसद पौडेलले उक्त प्रस्ताव भित्रकै पर्यटनसँग सम्बधीत विषयमा वोल्दै ग्रामिण पर्यटनको विकासमा सरकारले विशेष ध्यान दिनु पर्ने बताउनु भएको थियो । “वास्ववमा पर्यटनलाई उद्योगका रुपमा विकास गरेर लैजानु पर्दछ । यसले नेपालको अर्थतन्त्रमा नै ठूलो मदत पूर्‍याउन सक्दछ । तर त्यस माथी सरकारको उचित ध्यान पुग्न सकेको देखिदैन ।”

३१ जेठ २०७५ को संसद बैठकमा उक्त प्रस्ताव माथीको छलफलमा आफ्नो विचार राख्दै सांसद पौडेलले भन्नु भयो– “सरकारले पर्यटनको विकासका निम्ती ल्याएको जुन नीति छ त्यसको हामी स्वागत गर्छौ । तर त्यो प्रयाप्त छैन । खास गरेर ग्रामिण पर्यटनमा सरकारले विशेष ध्यान दिनु पर्छ । त्यसले नेपालको पर्यटन उद्योगमा नयाँ आयाम थप्ने छ । सामान्य केही पूर्वाधार तयार पार्ने वित्तीकै देशव्यापी रुपमा ग्रामिण पर्यटनको विकास हुन सक्दछ । नेपाल पर्यटन वोर्डले ८ वटा जिल्लाहरुमा पर्यटनको विकासका लागि गुरु योजना बनाएकोछ । तर तिनिहरुको कार्यान्वयनका लागि सरकारले विशेष योजना बनाएर कार्य गर्न सकिरहेको छैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here