संविधानमा राष्ट्रघाती संशोधन नगर्न मसालको आव्हान

0
1390

काठमाडौं । फोरमले सरकारमा सामेल हुनका लागि संविधानमा संशोधन हुनु पर्ने शर्त राखेको र त्यसप्रति एमाले सकारात्मक भएको समाचार संचार माध्यमहरुले बाहिर ल्याए पछि राष्ट्रमाथि घातपुग्ने प्रकारका कुनै पनि संशोधन नगर्न ने.क.पा. (मसाल) गम्भीर ध्यानआकर्षित गएको छ ।

एमाले र माओवादीले एमालेले दोस्रो संविधान संशोधन, भारतीय नाकाबन्दी, भारतका कतिपय हस्तक्षेपकारी नीतिहरुका विरुद्ध तथा चीनसितको सम्बन्ध विस्तारको पक्षमा स्पष्ट अडान लिएको कारण हाम्रो पार्टीले समर्थन गरेको थियो । एमाले र माओवादीको त्यस प्रकारका नीति र भूमिकाका कारणले नै चुनावमा उनीहरुले जनताबाट ठूलो समर्थन प्राप्त भएको मसालले ठहर गरेको छ । उनीहरुको त्यस प्रकारको पूर्व नीति वा अडानमा पुनःविचलन आउनेमा मसाले आशा गरेको बताएको छ ।

पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ती जारी गर्दै– अहिले समाचारपत्रमा प्रकाशित समाचारमा बताइए जस्तो फोरमलाई सरकारमा ल्याउनका लागि ओली सरकारले आफ्नो पहिलेको अडान विपरित संविधानमा संशोधन गर्ने नीति अपनाए भने त्यो जनताले उनीहरु माथि गरेको विश्वाससित विश्वासघात र गम्भीर गल्ती हुनेभएकोले त्यस प्रकारको कुनै पनि कदमको मसालले कडा विरोध गर्ने समेत बताएको छ ।

संविधानमा संशोधन एउटा सामान्य प्रक्रिया भएको र आवश्यकतानुसार त्यस प्रकारका संशोधनहरु गर्दै जानु पर्ने मसाले विज्ञप्तीमा मार्फत बताएको छ । “हामीले पनि संविधानमा गरिएको संघीयताको व्यवस्थालाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएका छौं र त्यसका लागि हामीले पनि पहल कदमी गर्ने छौं । तर मधेशवादीहरुले जुनप्रकारका संशोधनहरुमा जोड दिइरहेका छन्, तिनीहरुको प्रकृति राष्ट्रघाती प्रकारको छ । त्यसकारण तिनीहरुलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट र निश्चित मत छ ।”

शिवराज नगरपालिकामा भएको घटना बारे

फाल्गुन ८ गते अज्ञात समूहको बम आक्रमणमा परी कपिलबस्तुको शिवराज नगरपालिका—३ मा बसमा सवार भइरहेका १२ जना घाइते भएका छन् । उक्त बम आक्रमण मानवता विरुद्धको गम्भिर प्रकारको कारवाही भएको मसालले बताएको छ । पार्टी प्रवक्ता रामप्रकाश पुरीलेले एक विज्ञप्ती जारी गर्दै त्यस प्रकारको कारवाहीको मसालले भत्र्सना गर्दै सो घटनाको आवश्यक छानवीन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारस“ग माग गरेको छ । मानवअधिकार र नागरिक सुरक्षाको सुनिश्चितता कायम गर्नका लागि पनि मसालले सोही विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here