संघीयता हाम्रा लागि नभई पराईका लागि

0
267

दाङ । विगत लामो समयदेखि नेपालको परिवेशमा संघीयता उपयुक्त नभएको भन्दै विभिन्न आन्दोलनहरु गर्दै आएको राष्ट्रिय जनमोर्चाको संघीयता विरुद्धको आन्दोलन अब जनताले सुस्तसुस्त बुझ्न थालेका छन् ।

“संघीयता नेताहरुले जनताको लागि होइन, आफ्नो र पराइको स्वार्थ पुर्तीको लागि ल्यायका रैछ्न । हामीले यो सरकार लाई कर तिर्न नसक्ने भइयो ।” यो कुरा तुलसिपुर उमनपा ६ का स्थानीय जनताहरुले भने– “सानो झुप्रो बचाउन को लागि पनि अरुको गुलामी गर्न जानू पर्यो ।” राष्ट्रिय जनमोर्चा दाङको घरदैलो तथा सदस्यता अभियानको क्रममा जनताहरुले उक्त आक्रोश ब्यक्त गरेका हुन् ।

“राष्ट्रिय जनमोर्चाले भनेको कुरा सहि रैछ हामीले यो कुरा बुझेनौं ।” जनताहरु भन्छन्– “अब हाम्रो पार्टी भनेकै राष्ट्रिय जनमोर्चा हो उनीहरुले अगाडी जोड दिए ।”

पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्व भएको अभियानमा जिल्ला कोषाध्यक्ष स्यामलाल पोख्रेल, सहसचीव ऋषिराम पौडेल, नगर सचिब दुर्गा भण्डारी, सदस्य नारायण भण्डारी, नुमलाल शर्मा, निमलाल शर्मा, सन्तोष भण्डारी लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here