“संघीयता, राष्ट्रियता र ब्यय भार”

0
244

माधब भाट क्षेत्री
कपिलवस्तु, चैत्र ५ । देशको राजनीति यतिवेला ठिक दुईधारमा पुगेको परिवेशछ । एक खालका राजनीतिका पार्टीहरु देशमा संघीय गणतन्त्रको वकालत गर्दै देश संघीयतामा गईसकेको र प्रदेशहरुको विभाजन, प्रदेश सभाको चुनाव, प्रदेश संसदको निमार्ण, प्रदेश सरकारको गठनसम्मको प्रकृयामा पुगिसकेकोले नेपाल पूर्णतः संघीय व्यवस्थामा परिणत भईसकेको बताएका छन् । तर उनै राजनीतिक पार्टीका सांसदहरु समेतले नेपालमा संघीयता काम नभएको बताउन पनि थालेका छन् ।

जतिवेला देशमा अन्तरिम संविधान जारी भएको थियो, त्यसै अन्तरिम संविधानमा नेपाली जनताद्वारा गरिएको २०६२–६३ सालको जनआन्दोलनको मर्म विपरित संघीयता जारी गरिएको र नेपालको परिवेशमा संघीय शासन प्रणाली उपयुक्त नभएको तर्क प्रस्तुत गर्दै आएको राष्ट्रिय जनमोर्चाले भने आफ्नो धारणामा अडिग छ ।

सो पार्टीले देशका अधिकांश प्रदेश सरकारका मुख्यमन्त्रीहरुलाई भेटी नेपालमा संघीय व्यवस्था उपयुक्त नभएकोले खारेज गर्नु पर्ने माग गर्दै आएको छ । यसै बीच कविलवस्तु नगरपालिकाको सभा हल तैलिहवामा “संघीयता, राष्ट्रियता र ब्यय भार” विषायक अन्तक्र्रिया कार्यक्रम सम्पन्न पारेको छ । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको आयोजनमा अन्तक्र्रिया कार्यक्रममा राजमोका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र माथी मधेस मानवाधिकार गृहका राम दयाल ठाकुर, नेकपाका संघ प्रसाद थारु, अखिल नेपाल किसान संघका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर केसी, नेकपा मालेका बैकल्पिक पिबिएम चन्द्रकान्त आचार्य, तिलौराकोट संरक्षण केन्द्रका अध्यक्ष सुरज गुप्ता, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छबिलाल गैरे, माओवादी केन्द्रका दिपक पान्डे लगायतले कार्यपत्र माथी आफ्नो बिचार राखेका थिए ।

कार्यपत्र माथी उठेका बिषयहरुलाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष बद्रे आलमले स्पष्ट पारेका थिए । कार्यक्रम जिल्ला सचिव रामचन्द्र पौडेलको सञ्चालन र जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here