संघीयता घाँडो भएको प्रम ओलीद्वारा स्वीकार

0
1669

काठमाडौं । शुरुदेखि नै संघीय प्रणाली नेपालको लागि अनावश्यक भएको तर्क प्रस्तुत गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको  तर्क हिंजो प्रधानमन्त्री केपी ओलीले घुमाउरो प्रकारले स्वीकार गरेका छन् । प्रधानमन्त्री केपी ओलीले संघीयता घाँडो भएको सातवटै प्रदेशका मुख्यमन्त्री सहभागी बैठकमा स्वीकार गरेका हुन् । पहिलो पटक बसेको अन्तरप्रदेश परिषद्को बैठकमा आइतबार ओलीले संघीयता नयाँ प्रयोग भएकाले कार्यान्वयनमा व्यावहारिक कठिनाइका साथै कार्यान्वयनमा ढिलाई भएको बताए ।

सातवटै प्रदेशका मुख्यमन्त्री सहभागी बैठकमा प्रम ओलीले संघीयतालाई फराकिलो सडकसँग तुलना गर्दै होशियारीपूर्वक सवारी चलाउनुपर्ने तर्क गरे । ‘हामीले सडक त फराकिलो बनायौं तर त्यसमा गुड्ने सवारी भने साना भए’, उनले भने, ‘छिटो दौडाउन खोजे गाडी बतासिन्छ ।’

संघीयता बलियो बनाउन संरचनागत रूपमा आफैं लाग्नु पर्ने प्रधानमन्त्रीको भनाइ छ । ‘मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवासजस्ता कुरा केही समय अघिसम्म हाम्रो सोंचमा थिएनन्’, प्रमले भने, ‘अहिले तिनलाई व्यावहारिक रूपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौंला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here