संघीयता खारेजीको विकल्प छैनः आलम

0
193

माघ १९, नवलपरासी । सङ्घीयताको खारेजी, महङ्गी, भ्रस्टाचार, हत्या हिंसा र बलत्कारका बिरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा आयोजित देशब्यापी बिरोध कार्यक्रम अनुसार नवलपरासीको सुनवल चौराहमा बिरोध सभा सम्पन्न भएको छ ।

जिल्ला उपाध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षता र शोभाकान्त लामिछानेको संचालन अगाडि बढेको सो बिरोध सभालाई केन्द्रीय उपाध्यक्ष बद्रे आलम र जिल्ला अध्यक्ष रेम रानाले सम्बोधन गर्नुभएको थियो ।

बिरोधसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उपाध्यक्ष बद्रे आलमले संघीय प्रणाली अत्यन्त महंगो प्रणाली भएकाले नेपाल जस्तो आर्थिक हिसाबले कमजोर र जातीय, साँस्कृतिक, भाषिक, धार्मिक विविधताले भरिपुर्ण मुलुकमा कुनै पनि हिसाबले उपयुक्त नहुने बताउनु भयो ।

आलमले देशको सार्वभौमिकताको रक्षा र रास्ट्र विखण्डनबाट बचाउनको लागि संघीयता खारेजीको विकल्प नरहेकोमा जोड दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here