संघीयता काम छैन : प्रदेश सभाका सांसदहरु

0
471

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले राष्ट्रपतिको निर्वाचनमा मत दिन पाउने अधिकार बोकेर मतदान गर्न काठमाडौं संसद भवन नयाँ बानेश्वरमा पुगेका सातवटै प्रदेशसभाबाट सांसद र संघीय संसदका सदस्यहरु उपस्थित थिए ।

भोट खसालेपछि सांसदहरु चौर र क्यान्टिनमा झुण्डझुण्डमा जम्मा भएर गफिन थालेका थिए । उक्त सन्दर्भमा अधिकांश प्रदेशसभा सांसदहरुको कुराकानीमा नेपालमा संघीयता काम नभएको बताएका छन् ।

प्रदेशसभा गठन भएको तीन महिना पनि पुग्न नपाउँदै सांसदहरु राज्य सञ्चालनमा आफ्नो भूमिका नरहेको भन्दै चिन्तित हुनुले संघीयता सफल होला भन्ने आशंका जन्मेको छ ।

गएको मंसिर १० र २१ गते सम्पन्न चुनावमा जितेर सांसद भएकाहरु तीन महिना कार्यकाल पनि व्यतीत गर्न नपाउँदै आफ्नो पदप्रति असन्तोष व्यक्त गरेका छन् । ‘प्रदेशसभालाई अधिकार र बजेट छैन’ पाँच नम्बर प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठ आफ्ना सहकर्मीसँग भन्दै थिए, ‘हाम्रो काम त तलब खानेबाहेक केही नहोला जस्तो छ । काम जति वडाअध्यक्ष र केन्द्रले गर्छ, हामी के गरेर बस्नु ? तीन वर्षपछि त बेकार सांसद बनेछु भन्ने अवस्थामा पुग्छौं होला ।’

त्यस्तै पाँच नम्बर प्रदेशकै अर्का सांसद चेतनारायण आचार्यले ‘केन्द्रले जम्मा १५ प्रतिशत बजेट दिन्छ । त्यसले के गर्नु ? यो संघीयता टिक्ला जस्तो छैन, १० वर्षपछि त खारेज नै गर्नुपर्छ ।’

पाँच नम्बर प्रदेश कै अर्का सांसद बनेका डिल्ली चौधरी प्रदेश संरचना आवश्यक नै नभएको दाबी गरेकाछन् । चौधरी भन्दै थिए, ‘प्रदेशले के काम गर्नु एउटा नगरपालिकाको जति पनि पैसा छैन । हामीले वडा अध्यक्षसँग माग्ने कि माथिका सँग ? अस्तित्व जोगाउनै गाह्रो पर्ला जस्तो छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here