हैदरावाद, २४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदरावाद उत्तर, मध्य र दक्षिणको संयुक्त ११ औं सम्मेलनको घोषणा सभा सम्पन्न भएको छ । घोषणा सभामा राष्ट्रिय जनमोर्चाका पूर्व सांसद हरि आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले मूल प्रवाह भारतस्थित नेपालीहरुको अविभाबकिय संगठन भएको बताउनु भयो । गाउँगाउँमा सिंहदरबार भन्ने माओवादीको नारा अहिले स्थानीय निकाय भ्रष्टाचारको सबैभन्दा ठूलो अखडा बनेको आचार्यले बताउनु भयो । “जननिर्वाचित स्थानीय निकाय झन पछि झन् डुङडुङती गन्हाउन थालेको छ ।” वहाँले भन्नु भयो– “जनताबाट बैधानिकता पाएकाहरुले नै त्यसको दुरुपयोग गरेर बहुमतको नाउमा स्थानीय निकायमा आउने बजेट कुम्ल्याउने काम भएको छ ।” जब पानीको टेङकी नै दूषित भए पछि धारोमा पानी सफा कहाँबाट आउँछ ? सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगेको आचार्यको भनाई थियो ।
“संघीयता बदनाम भएर जनताको उदाङगो भएर गइराखेको छ ।” वहाँले भन्नु भयो– “स्वयं मन्त्रीहरु, सांसदहरु समेत स्वच्छ छवि नभएका, इमान्दार नभएकाले नै संघीयता आफै बद्नाम भएर जान्छ ।” आर्थिक रुपले समेत संघीयतालाई देशले धान्न नसक्ने समेत आचार्यले बताउनु भयो ।
घोषणा सभा कार्यक्रमको सञ्चालन सुर्य बहादुर पुनले र अध्यक्षता कृष्ण बहादुर थापाले गर्नुभएको थियो । कार्यक्रमा सहभागिहरुलाई घनश्याम शर्मा र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए । नयाँ निर्बाचित समितिहरुको घोषण राम प्रसाद पौडेलले गर्नु भएको थियो ।
केन्द्रीय सचिब प्रेम पौडेल, सदस्य राम प्रसाद आचार्य, बैकल्पिक सदस्य फुलबिना पौडेल, खिम बहादुर बिक, सल्लाहकार रामकुमार क्षेत्री, क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेल, रक्तिम केन्द्रीय बिभागबाट झलक पुन, विद्यार्थीबाट जीवन शर्मा, क्षेत्रीय समितिबाट भिम बहादुर थापा, रतन सिंह बिक, नालगोंडा नगर समितिका चेतन शर्मा, महिला क्षेत्रीय बिभाग कि लीला देवि शर्मा, रक्तिम क्षेत्रीय विभागबाट कृष्ण कुमारी बिक लगयतले नवनविर्नाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
संयुक्त नगर सम्मेलनको सन्दर्भमा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो । खेलमा बिजयी खेलाडीहरुलाई सोही घोषणा सभामा पुरस्कृत गरिएको थियो । अन्त्यमा रक्तिम का कलाकार द्वारा रोचक र भब्य कार्यक्रम प्रस्तुत गरिएको थियो ।
मध्य हैदरावाद ।
अध्यक्ष– थम्मन बस्नेत, उपाध्यक्ष– रमेश ज्ञावली, सचिव– तिलक राना, सहसचिव– कुल बहादुर रेश्मी र कोषाध्यक्ष– राजु दुलाल रहेका छन् । त्यस्तै सदस्यमाः विकास परियार, चन्द्रा परियार, गुमा राना, गंगा कडायत, प्रेम विक, कुमार थापा, चन्द्रबहादुर केसी, सोमबहादुर थापा, कृष्णबहादुर थापा, नारायण ढकाल, सम्झना दुलाल, धनबहादुर शाही बैकल्पिक सदस्यमाः कर्ण बहादुर केसी, विजय क्षेत्री, इश्वरा पौडेल, सविता पौडेल र दिनामणी पौडेल रहेका छन् । त्यस्तै सल्लाहकारमा सूर्य बहादुर पुन, कमला थापा, प्रमिला बस्याल, कृष्णा कुमारी विक, सृजना केसी, प्रेम केसी र मिना थापालाई चयन गरेको छ ।
२३ जुनका दिन मध्य हैदराबाद नगर सम्मेलनको उद्घाटन समारोह सुर्य बहादुर पुनको अध्यक्षता तिलक रानाको सञ्चालन र रमेश ज्ञवालीले स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । रक्तिमका कलाकाहरुद्वारा स्वागत गित प्रस्तुत गरिए पछि प्रमुख अतिथि हरि आचार्य सम्मेलनको उद्घाटन गर्नूभएको थियो ।
प्रेम पौडेल, राम कुमार क्षेत्री, भिम बहादुर थापा, झलक पुन, कृष्णा कुमारी बिक, महिला क्षेत्रीय विभाग कि गुमा रानाले सम्मेलन सफलताको सुभकमना दिनु भएको थियो । नगर समिति का तिलक रानाले संगठनात्मक प्रगती प्रतिबेदन र नगर कोषाध्यक्ष थमन बस्नेत द्वारा आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो भने हाउस द्वारा प्रतिबेदन पारित गरियो ।
हैदरावाद उत्तर ।
अध्यक्ष– घनश्याम शर्मा, उपाध्यक्ष– रामप्रसाद अधिकारी, सचिव– मोहनलाल शर्मा, सहसचिव– जीवनाथ शर्मा र कोषाध्यक्ष– तेजेन्द्र प्रसाद शर्मा रहेका छन् । त्यस्तै सदस्यमाः प्रजापति शर्मा, सूर्य बहादुर थापा, कर्ण बहादुर थापा, खिम बहादुर परियार, मिना आचार्य, पुष्पा पौडेल, कल्पना पौडेल, कृष्ण प्रसाद पौडेल, विन बहादुर नेपाली, लाल बहादुर थापा, वैकल्पिक सदस्यमाः प्रेम नेपाली, याम बहादुर थापा, धनबहादुर थापा, पूर्ण बहादुर विक र देवु केसी रहनुभएको छ । त्यस्तै सल्लाहकारमा पशुपति शर्मा, ओमन परियार, प्रेम विष्ट, जागेश्वर केटी, रामु शर्मा, तेजेन्द्र पौडेल, भरत परियार र परशुराम शर्मालाई चयन गरिएको छ ।
उत्तर हैदराबाद नगर समितिको सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य रामप्रसाद आचार्यले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता घनश्याम शर्माले सञ्चालन कृष्ण प्रसाद पौडेलले तथा प्रजापति पौडेलले स्वागत मन्तव्य दिनु भएको थियोे ।
कार्यक्रममा विशिष्ट अतिथी क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेल, महिला बिभाग कि लीला देवि शर्मा, जनजाति बिभागका कर्ण बहादुर थापा, समता बिभागका प्रेम बिक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । प्रगति प्रतिबेदन कृष्ण प्रसाद पौडेलले र आर्थिक प्रतिबेदन घनश्याम शर्माले प्रस्तुत गर्नुभएको थियो ।
दक्षिण हैदरावाद ।
अध्यक्ष– विर बहादुर विक, उपाध्यक्ष– गिर बहादुर कार्की, सचिव– भुपाल ठाडा राना मगर, सहसचिव– रामप्रसाद शर्मा गौतम र कोषाध्यक्ष– चित्र बहादुर केसी रहेका छन् । त्यस्तै सदस्यमाः राम प्रसाद ढुंगाना, धोज बहादुर विक, हरि रेग्मी, जित बहादुर सुनार, वैकल्पिक सदस्यमाः जित बहादुर थापा र हरि प्रसाद विक रहेका छन् । त्यस्तै सल्लाहकारमा कृष्ण बहादुर थापा, शशिराम थापा, पदम भण्डारी र दिपक बोगटीलाई चयन गरेको छ ।
दक्षिण हैदराबद नगर समितिको सम्मेलनको उद्घाटन केन्द्रीय बैकल्पिक सदस्य फुलबिना पौडेलले गर्नु भएको थियो । विशिष्ट अतिथी केन्द्रीय बैकल्पिक सदस्य तथा क्षेत्रीय सचिब खिम बहादुर बिकले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन चित्र बहादुर केसीले र अध्यक्षता कृष्ण बहादुर थापाले गर्नुभएको थियो । सहभागिहरुलाई वीर बहादुर बिकले स्वागत गर्नु भएको थियो । प्रगती प्रतिबेदन कृष्ण बहादुर थापाले र आर्थिक प्रतिबेदन वीर बहादुर बिकले प्रस्तुत गर्नुभएको थियो ।