संघीयताविरुद्ध राष्ट्रिय अभियानको अध्यक्षमा चित्रबहादुर केसी

0
649

काठमाडौं । संघीयता विरुद्ध राष्ट्रिय अभियान केन्द्रीय समितिको काठमाडौंमा आज बसेको बैठकले चित्रबहादुर केसीको अध्यक्षतामा केन्द्रीय समिति पुनर्गठन गरी एक विज्ञप्ती जारी गर्दै अभियानले संघीयताका विरुद्धको प्रस्ताव पारित गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयताविरुद्ध ज्ञापनपत्र दिने निर्णय गरेको छ ।

सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान केन्द्रीय समिति प्रेस वक्तव्य

१. सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान केन्द्रीय समितिको बैठक आज २०७५ वैशाख २२ गते काठमाडौँमा बस्यो । बैठकले सङ्घीयताका विरुद्धको प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावमा “सङ्घीयताका लागि नेपाली जनताले कहिल्यै आवाज उठाएका थिएनन् । त्यो नेपाली जनतालाई लादिएको हो । सङ्घीयता नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका पक्षमा छैन । सङ्घीयतालाई छिटोभन्दा छिटो खारेज गर्नुपर्ने राष्ट्रिय आवश्यकता बन्न गएको छ” भनिएको छ ।

२. बैठकले चित्रबहादुर के.सी.को अध्यक्षतामा केन्द्रीय समितिको पुनर्गठन गरेको छ । केन्द्रीय समितिको नामावली यस प्रकार छ :-

चित्रबहादुर के.सी, रश्मीराज नेपाली, बद्रे आदम, दुर्गा पौडेल, हिमलाल पुरी, दिपक ज्ञवाली, जनकराज शर्मा, कृष्ण प्रसाद भट्टराई, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. युवराज सङ्ग्रौला, डा. गोपाल खत्री, डा. प्रेम शर्मा, भिमार्जुन आचार्य, बुद्धिनारायण श्रेष्ठ, मिना पुन, भैरव रेग्मी, कृष्ण अधिकारी, गङ्गा पौडेल, रत्नसंसार श्रेष्ठ, मनोज भट्ट, राजेन्द्र ढुङ्गाना, देवप्रकाश त्रिपाठी, छत्रबहादुर कार्की, अरूण कुमार सुवेदी, रतन भण्डारी, गोपाल सिवाकोटी ‘चिन्तन’, पदम रोका, कुन्ति पोखरेल, निम बहादुर बुढा, मनोहर तिवारी, साध्यबहादुर भण्डारी, प्रभु यादव (पर्सा), शैलेन्द्र पिया, रामप्रसाद भूसाल, फणिन्द्र नेपाल, राधा बुढाथोकी, रहुफ अहमद खान, शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, परसु घिमिरे, प्रा. गोपाल पोखरेल, डा. जगदीशचन्द्र भण्डारी, डा. राजन पोख्रेल, मदन जोशी, प्रभू राय यादव ।

३. बैठकले समितिको सचिवमा हिमलाल पुरीलाई चयन गरेको छ । पाँच सदस्यीय सचिवालयको पनि गठन भएको छ । जसमा चित्रबहादुर के.सी., दुर्गा पौडेल, हिमलाल पुरी, दीपक ज्ञवाली र रत्नसंसार श्रेष्ठ हुनुहुन्छ ।

४. बैठकले सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने निर्णय गरेको छ । साथै सङ्घीयता विरुद्ध जनचेतना जगाउन अन्तरक्रिया गर्ने पनि ठेगान गरेको छ । अहिले काठमाडौँ, पोखरा, बुटवल र नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रमहरू गर्ने ठेगान गरेको छ । त्यहाँ सम्बोधन गर्ने अभियानका केन्द्रीय वक्ताहरू सचिवालयले ठेगान गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here