संघीयतालाई नेपाली जनताले भाटा लिएर भगाउने छन् : शर्मा

0
1211

रिकङपियोमा मूल प्रवाहको तेश्रो नगर सम्मेलन सम्पन्न

रिकङपियो, २१–२२ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकङपियो नगर समितिको तेश्रो नगर सम्मोलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय समितिका अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको थियो ।
उद्घाटन मन्तव्यमा केसीले हिमाचलस्थित नेपालीहरुका बीचमा मात्र नभई आफूहरु समग्र भारतस्थित नेपालीहरुको पक्षमा निरन्तर संघर्षरत रहेको बताउनु भयो । केसीले आफूहरुले भारतमा नेपालीमाथि पर्ने सम्पूर्ण प्रकारका समस्या बारे नेपाल र भारत दुबै देशका सरकार समक्ष लगातार अवगत गराएको बताउनु भयो ।
सीमानामा हुने लुटपाटदेखि लिएर प्रवासी नेपालीहरुको मताधिकारको सवालमा समेत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लगातार संघर्षरत रहेको अध्यक्ष केसीले बताउनु भयो ।
त्यस्तै समाजका महासचिव खगेश्वर शर्माले आफूहरु लगातार प्रवासी नेपालीहरुको मताधिकारको सवालमा आन्दोलित रहेको बताउनु भयो । “वर्तमान नेपाल सरकारले चाहेमा प्रवासी नेपालीहरुले मताधिकार पाउन सक्छन् ।” शर्माले भन्नु भयो “कांग्रेस, एमाले र माओवादी तीनवटै पार्टीहरुले प्रवासी नेपालीहरुलाई निराश बनाए अझै पनि उत्तरदायी छैनन् ।” शर्माले आफूहरु प्रवासी नेपालीहरुको मताधिकारको सवालमा निरन्तर संघर्षमा रहने समेत बताउनु भयो ।
त्यस्तै शर्माले नेपाली जनताले एक दिन भाटा लिएर संघीयतालाई भगाउने बताउनु भयो । “नेपाली जनताले जब संघीयताको भार थेग्नै नसक्ने, राज्यको कर चुक्ता गर्न कै लागि बाध्य भएर विदेशीन बाध्य हुनेछन् त्यस वेला नेपाली जनताले नै यो संघीय प्रणालीलाई भाटा लिएर भगाउने छन् ।” शर्माले भन्नु भयो “पञ्चायतले समेत जन्म दर्ताको ३५ दिनसम्मलाई मिनाह गरेको थियो, वर्तमान सरकारले संघीयता धान्न  कै लागि  जन्मने वित्तिकै ५००, मरेको एक हजार तिनु पर्ने हुन्छ । यति महंगो संघीयतालाई नेपाली जनताले धन्न सक्ने छैनन् ।”
कार्यक्रमको सञ्चालन मिथुन सिंहले र अध्यक्षता करन मलकोले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई तुलाराम गुरुङले स्वागत गर्नुभएको थियो ।
सम्मेलनले कर्मा लामाको अध्यक्षतामा नया“ समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– तुलाराम गुरुङ, सचिव– मिथुन सिंह, सहसचिव– रन बहादुर तमाङ र निर्मल रहेका छन् । त्यस्तै सदस्यमाः सुरेश तमाङ, स्याम किसन लामा, प्रकाश, आइतराम, दिपक, लोकेन्द्र रोका, वैकल्पिक सदस्यमाः विभ बहादुर रोका, जसवीर र थाने शेर्पा रहका छन् । त्यस्तै सम्मेलनले करन मल्ल, मान बहादुर पुर्जा मगर, संकर, खुब राम, गुडु र राम किशनलाई सल्लाहकार चयन गरेको छ ।
नवनिर्वाचित समितिलाई महासचिव खगेश्वर शर्मा, राज्य समितिका भुवन केसी, आरके राई, विद्यार्थी रिमा कुमारी, महिला विमला शाही, आशा देवी, रामपुर नगर समितिका सिताराम बुढा लगायतले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here