संघीयतालाई अब जनताले नै तिरस्कार गर्दैछन् : चित्र बहादुर केसी

0
941

भदौ २३, काठमाण्डौं । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा संघीयता असफल हुँदै गएको र संघीयतालाई जनताले नै तिरस्कार गर्ने दावि गर्नुभएको छ । अध्यक्ष केसीले सानो मुलुकमा आवश्यक्ता नभएको संघीय प्रणालीलाई नेपाली जनताले प्रष्ट बुझेको र प्रदेश सरकार पनि असफल भएको बताउनु भयो ।

केसीले पार्टीको काठमाडौं जिल्ला सम्मेलनको प्रमुख अतिथिको आसनबाट मन्तव्य दिंदै– “मुलुकमा संविधान बन्यो, संविधान अन्तर्गत तीन तहको चुनाव पनि भयो । त्यस अनुसार सरकार पनि बन्यो, सरकार कम्यूनिष्टको नामबाट पनि छ, तर समस्या के छ भने नेपाली जनताले पहिलेदेखि भोग्दै आएका सबै प्रकारका उत्पीडनहरु भोग्दै आइरहेका छन्, त्यसमा २० को १९ पनि भएन ।” केसीले जनप्रतिनिधिहरुले जनताका लागि राम्रा काम गर्न नसकेको र मुलुकको अर्थतन्त्र समेत कमजोर भएको अवस्थामा अब जनताले संघीयता खारेज गर्न आन्दोलन गर्नुपर्नेमा जोड दिनु भयो ।

“जनमोर्चाले बारम्बार संघीयता हुँदैन भन्यौं, अब जनताले हुँदैन भन्ने छन् ।” केसी भन्नु भयो– “संघीयता खारेज नभएसम्म हाम्रा मुद्धाहरु यथावत रहनेछन् ।” संघीय प्रणाली धन्न कै लागि सरकारले जनताको ढाड सेक्नेगरी कर बढाएकोले अब जनताले नै संघीयतालाई खारेज गरिदिने बताउनु भयो । “जनतालाई महंगी दिएर सरकार तानाशाही भएको छ, जनजिविका र राष्ट्रियताका विषयमा दुई तिहाइको सरकार कमजोर भयो ।” भ्रष्टाचार लगायतका बिषयमा सरकारको ध्यानाकर्षण गराउन आफ्नो पार्टीले सधै विरोध गर्ने केसीले बताउनु भयो ।

त्यसअघि शान्तिवाटीकाबाट सुरु भएको र्याली बिभिन्न स्थान हुँदै प्रज्ञा भवन कमलादी पुगी कार्यक्रममा परिणत भएको थियो । सम्मेलनको उद्घाटन समारोह राष्ट्रिय जनमोर्चाका काठमाडौ जिल्ला अध्यक्ष लालबहादुर थापाको अध्यक्षता र सम्मेलन आयोजक समितिका समंयोजक समिर सिंहको सञ्चालनमा सम्पन्न भएको थियो ।

राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला समितिको पाचौं जिल्ला सम्मेलनले झबिन्द्र वेलवासेलाई अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै सम्मेलनले उपाध्यक्षमा राजेन्द्र शर्मा पुडासैनी, सचिवमा जगत प्रसाद रेग्मी, सहसचिवमा ऋतु केसी र कोषाध्यक्षमा मुक्त वहादुर केसी निर्वाचित गरेको छ । सदस्यहरुमा छबी वहादुर खनाल, माया खनाल, यामलाल खनाल, रोशन दानी, विनोद फुयाल, कल्याणी श्रेष्ठ, रमा शर्मा, लक्ष्मी राई, अमरबहादुर पौडेल, प्रेमबहादुर मोक्तान, लक्ष्मी केसी, कृष्णबहादुर घले र २ सदस्य रिक्त गरि १९सदस्यीय जिल्ला समित निर्वाचित गरेको छ ।

–हस्त रेग्मी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here