संघीयताको रहरले भोग्नु पर्यो कर (तीजि गित)

0
226

टिकाराम विक

पहिले पहिले नेताहरुलाई संघीयताको रहर,
अहिलेभने जनताले भोग्नु पर्याे करै कर ।

कुख्रा, बाख्रा, गाई, भैंसीको सबै कर तिर्नेरे
सबै घरबास् भयपछि भारत छिर्नेरे ।

कुराभरि पानी जहाज रेलै रेलमा सरर
जहिले पनि जनतालाई आँसु बरर ।

सबै जनता मिलिजुलि करको बिरोध गरौं है
आफ्नो अधिकारको लागि अघि बढौं है ।

बिरोध हुन लागेपछि कतै कतै घटाए
जनता जाग्न लागेपछि आदेश पठाय ।

देशैभरि बलत्कार र हत्याको घटना
सधैभरि केपी जीलाई रेल कै रटना ।

समृद्ध र सुशासनलाई कस्ले उनलाई रोक्योरे ?
क्ञ्चनपुरमा जनतालाई गोली ठोक्यो रे ।

संघीयताले जनताको घरबास खाँदै छ
संघीयता रहि रहे देशै लानेछ । बरिलै देशै लाने छ ।

पहिले पहिले नेताहरुलाई संघीयताको रहर,
अहिलेभने जनताले भोग्नु पर्याे करै कर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here