संघियता बिरुद्ध “काठमाडौं बिधार्थी मार्च”को औचित्य

0
88
-इन्द्रमणि पाण्डे

नेपाली विद्यार्थी आन्दोलनको नेता सङ्गठन अखिल (छैठौं)ले आगामी चैत १देखी ५गते सम्म संघियता बिरुद्ध “काठमाडौं बिधार्थी मार्च” सन्चालन गर्ने निर्णय गरेको छ ।यो आफैमा एऊटा ऐतिहासिक र सुन्दर कुरा हो । तर यो आन्दोलनको सबालमा थुप्रै प्रश्नहरु उठेका छन् । यि र यस्ता प्रकारका पश्नहरुप्रति अखिल (छैठौं) अत्यन्तै गम्भीर छ। कतिपय ठाऊँहरुमा हामीलाई आलोचना समेत भएको छ । हामी सर्वप्रथम आलोचना गर्ने मनहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छौं । केबल आलोचनाको लागी आलोचना मात्र नभएर तथ्य तथा विकल्प सहितको आलोचना गर्न हामी सम्पूर्ण आलोचक प्रति हार्दिक अनुरोध पनी गर्दछौं ।तपाईकोहरुकै छत्र छायाँ मा हुर्किएको अखिल (छैठौं) तपाईहरुको सुबेच्छा पाउने काम गर्न कहिल्लै पछी नपर्ने हाम्रो विश्वास पनी छ ।

हामीले विधार्थी आन्दोलनलाई सधै परिवर्तनकारी अथवा प्रतिपक्षको आन्दोलनमा लिनु पर्छ । बर्तमान नेपालका राजनीतिक दलहरु सबै संघियताका पक्षधर तर नेपाल कम्युनिष्ट पार्टी मसाल मात्र यसको बिरोधी भएको कारण यसलाई नैतिक रुपमा समर्थन गर्ने विधार्थी संङ्गठन आफैमा प्रतिपक्ष हुने नै भयो । बिधार्थी आन्दोलन किन र कुन बिषयमा र आन्दोलन गर्नु पर्ने आवश्यकताको बारेमा अबको लेखमा चर्चा गर्ने प्रयत्न गरिने छ आशा गरिएको छ की यसले हाम्रो आन्दोलन थप प्रभावकारी बनाउन सहयोग गर्ने छ ।

नेपालको इतिहासमा थुप्रै प्रकारका परिवर्तनकारी आन्दोलन भए । राणा शासनको अन्त्य गर्न होस्, राजतन्त्रको अन्त्य गर्नहोस् या पञ्चयातीकालरात्रीको अन्त्य गर्न होस् त्यस्ता विभिन्न खाले परिवर्तन तथा राजनीति आन्दोलनमा नेपाली विद्यार्थीहरुले यो या त्यो प्रकारले सशक्त भूमिका निर्वाह गरे राज्यले गर्ने हरेक प्रकारको शोषण दमन अन्याय र अत्याचारको विरुद्धमा धावा बोल्न हातमा कपी र कलम लिएर सृजनशीलतामा लाग्ने ती उत्साहित विद्यार्थीहरु छातीमा बन्दुकको नालबाट निस्कने गोली सामना गर्न तयार भए चाहे ३५/३६ सालको विद्यार्थी आन्दोलन किन नहोस चाहे २०४६ सालको जनआन्दोलन किन नहोस् यस्ता अन्य थुप्रै आन्दोलन तथा युद्ध हुदै २०६२/६३ सालको १९ दिने ऐतिहासिक जनआन्दोलन किन नहोस् आफ्नो ज्यानको बाजी राखेर व्यक्तिगत स्वार्थ भन्दा माथि उठी आम नागरिक र सिगों राष्ट्रको हितलाई ध्यानमा राखेर आन्दोलनमा होमिएका नेपाल विद्यार्थीहरुको आन्दोलनको स्वर्णिम इतिहास तपाई हाम्रो माझमा आवगत नै छ ।

अधिकार प्राप्तिको आन्दोलनमा कैयौं विद्यार्थीहरुले ज्यानको आहुति दिएर स्वर्णिम इतिहासलाई रक्त रञ्जित बनाएका छन् । लाखौ ती विर योद्धाहरुको रगत पसिना र मेहेनतबाट सिञ्चित विद्यार्थी आन्दोलनले समाजमा हुने विभिन्न खाले गलत प्रवृत्ति र विसंगतिलाई अन्त्य गर्न महत्वपूर्ण भुमिका खेलेका इतिहास कसैलाई सिकाउनु पर्दैन राणाको जहाँनिया शासन राजाको एकाधिकार र पञ्चायती हुकुमी शैलीको विरुद्धको आन्दोलनमा सबैलाई महशुस भएको छ कि विद्यार्थी आन्दोलन एउटा पहाड हो । पहाडमा कोही कुहिना जुधाउन आउँछ भने त्यो आफै नष्ट भएर जान्छ । पहाड र हिमाल रुपि अटल विद्यार्थी एकता तथा आन्दोलनबाट जस्तो सुकै गलत प्रकारको असामाजिक अलोकतान्त्रिक र विकृति विसंगतिको अन्त्य गर्न सकिन्छ भन्ने अत्यन्त गर्व गर्न लायक नेपाली विद्यार्थी आन्दोलनको रक्त रञ्जित इतिहास छर्लङ्ग छ ।

भनिन्छ विद्यार्थीहरु आफैमा चलायमान र विद्रोह स्वभावका हुन्छन् । विद्यार्थीले समाज र राष्ट्रमा हुने गलत क्रियाकलापको खबरदारी गरेका थिए गरिरहेछन् र भविष्यमा पनि सशक्त प्रकारले विद्यार्थी आन्दोलनलाई क्रान्तिकारी स्वरुपमा बचाउनु मुख्य चुनौतीको विषय बनेको छ । अथवा आन्दोलनका विषय वस्तुहरु कुन–कुन हुने र हामीले कस्तो खालको नीति अवलम्बन गरे विद्यार्थी आन्दोलनको भविष्य सुन्दर बनाउन सकिन्छ भन्ने बारे चर्चा गर्ने प्रयत्न हुनेछ । वर्तमान सन्दर्भमा नेपालको इतिहासमा संविधान सभाबाट संविधान निर्माण भई त्यसको कार्यान्वयनको पक्षमा नेपाली समाजको संरचना तयार भएको छ । यो केही मात्रामा प्रगतिशिल कदम भने पक्कै हो । वास्तवमा नेपालमा तथा विश्वका कुनै पनि देशमा जनताले चाहे जस्तो क्रान्तिकारी तथा युगान्तकारी परिवर्तन भने भएको छैन् यस अर्थमा अझै राजनीतिक परिवर्तन पुरा भएको छैन् यसकारणले गर्दा अबको विद्यार्थी आन्दोलनको उद्देश्य भनेको आम शोषित पीडित जनताको मुक्तिको निम्ति जनवादी क्रान्तिको आधार तयार पार्दै अर्ध उपनिवेशिक अवस्थाबाट मुक्त पाउनको निम्ति सशक्त सघंर्ष गर्ने खालको हुनुपर्दछ । शैक्षिक असमानताको अन्त्य गर्दै पूर्णरुपमा शैक्षिक समानताको निर्माण गर्न तर्फ ध्यान दिनुपर्दछ मुलुकमा संघीयताको आगमन सँगै स्थानीय तह देखि प्रदेश तथा केन्द्रसम्म पर्याप्त मात्रामा नीतिगत भ्रष्टाचारले वैधानिकता पाएको छ ।

संघीयताको नाममा जनता माथि असाधारण रुपमा क्षपता भन्दा बढी कर असुल्ने काम भएको छ । विकास निर्माण प्रक्रियामा समावेशीता पूर्ण र दिगो विकासको अवधारणा ल्याइएको छैन् यस्ता कुरा पत्ता लगाउदै त्यसको उन्मूलन तर्फ अबको विद्यार्थी आन्दोलनको जोड हुनुपर्दछ ।

अझ बामपन्थी बिधार्थी आन्दोलनको इतिहास त झनै सुन्दर र स्वर्णिम छ । नेपालको हरेक राजनीतिक, शैक्षिक तथा अन्य समाज परिवर्तनको आन्दोलनमा यसले सधै दरिलो वैचारिक लडाई लड्दै सबैको नेतृत्व गर्दै आएको छ । संगठनको हितको खातिर क्रान्तिकारी नीति सिद्धान्तलाई बचाउनको लागि थुप्रै ज्ञात तथा अज्ञात सहिदहरुले प्राणको आहुति दिएका छन् । यस्तो कलम र तारा अकिंत झण्डा सहिदहरुको तातो रगतबाट रक्त रञ्जित छ । भूमिराज सापकोटा तथा मित्रमणि आचार्य जस्ता कैयौ बिर सहयोद्धाहरुको रगतले सिञ्चित अत्यन्त प्रिय संगठन भन्ने बित्तिकै न्याय समानता र स्वतन्त्रताको पर्यावाची भन्ने बुझिन्छ । यस्तो गौरवपूर्ण इतिहासले हाम्रो त्यो कलम र तारा अकिंत रातो झण्डा अझ उचाईमा फहराइरहेको छ ।
यसकारणले गर्दा यसको नीति सिद्धान्त तथा कार्यनीतिहरु क्रान्तिकारी चरित्रको हुनुपर्दछ ।

समाजमा व्याप्त असमानता अन्धविश्वास र कुरिति विरुद्ध सचेत र चेतनामूलक कार्य योजना ल्याउनुपर्दछ । देशमा व्याप्त मात्रामा भइरहेको भ्रष्टाचार ढिलासुस्ती कर्मचारीतन्त्र स्वतन्त्र न्यायपालिका माथिको हमला आदिका विरुद्ध सशक्त आन्दोलन गर्नुपर्दछ । विद्यार्थीको हकहित र अधिकारको लागि सम्झौता हिन संघर्षको महान इतिहासलाई बचाइ राख्न पर्छ ।

समाजमा भइरहेको वर्गीय विभेदको अन्त्य गर्न तर्फ उन्मुख हुनुपर्दछ । वर्ग समन्वयकारी भूमिकामा रहनु हुँदैन पूँजीवादी व्यवस्थामा वैचारिक माध्यमबाट राजनीति गर्न आफैमा जटिल विषयको भएकोले सशक्त प्रकारको प्रशिक्षणात्मक तथा रचनात्मक कार्यहरु गर्नुपर्छ । वर्गविहिन समाजको निर्माण मुख्य उद्देश्य र माक्र्सवाद लेनिनवाद र माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्तको रुपमा स्विकार्दै जनवादी केन्द्रियतालाई मान्नुपर्छ ।

हरेक विषयवस्तुमा गहन विश्लेषण आम क्रान्तिकारी चरित्र बोकेका कार्यकर्ताहरुको धारणा अनुसार निर्णय लिनु आवश्यक छ । अन्यथा हामीले आफ्नो स्वर्णिम इतिहास बचाउन सक्दैनौ हाम्रो सम्झौताहिन इतिहासलाई यथावत राख्न सक्दैनौ त्यसकारण विगतको इतिहास र क्रान्तिकारी चरित्रको मर्यादा तथा नैतिकतालाई सम्झेर आन्दोलनका कार्यक्रम अगाडि बढाउनुपर्छ । न कि हामी समाजबादको केन्द्रविन्दुमा छैनौ त्यसकारण हामी सधै सडकमा छौ र सडक आन्दोलनमा ध्यान दिनु पर्छ तबमात्र हाम्रो स्वर्णिम इतिहासलाई भावी पुस्तामा सहजै हस्तान्तरण गर्न सकिन्छ ।

अबको बिधार्थी आन्दोलनको मुख्य कार्यभार संघियताको खारेज गर्ने र बैदेशिक हस्तक्षेपको अन्त्य गर्ने खालको हुनुपर्दछ । यसको निरन्तरता काठमाडौं बिधार्थी मार्चले गरेको छ । 


बर्तमान अबस्थामा बिश्वको २६ वटा देशमा मात्र संघिय प्रणाली लागु गरिएको छ। हाम्रो छिमेकी मुलुक भारतमा संघियता छ भने उत्तरी छिमेकी चिनमा संघियता छैन। २१औ शताब्दीमा चिन र भारत दूबै बिश्वअर्थतन्त्रको प्रमुख हिस्सेदारको रूपमा उदाएका छन् ।दूबै देशको शाशकिय संरचना अलग अलग छ ।चिनमा आँफु न्याय स्वतन्त्रता र समानताको हिमायती भन्ने कम्युनिष्ट पार्टीको सरकार छ । तर बास्तबिक जनजिबिका को सबालमा कम्यूनिष्ट चरित्रको सरकार छैन । त्यो सरकार पनि बर्तमान पूजीबादी ब्यबस्थाको हिमायतीको रूपमा छ । चिनमा बिश्वलाई नै चूनौति दिने प्रकारको तिब्र गतिमा बिकाश भने भएको छ । हामीले चिनमा जनजिविकाको सवालमा अलिकति सुधारात्मक स्थिती मान्न सकिन्छ ।

अर्को छिमेकी भारत त्यहा संघीय राज्य प्रणाली लागु गरिएको छ । मुलत: भारतले आफ्ना छिमेकी अल्पविकसित मुलुकमा आफ्नो बिस्तारबादी हैकम र प्रभूत्व साथै अरू देशको आन्तरिक मामिलामा समेत हस्तक्षेप गर्दै अाइरहेको छ । जसरी स्वतन्त्र सार्बभौम सत्ता सपन्न देश सिक्किम लाई भारतले आफ्नो कब्जामा लिए त्यसैगरी ऊसको निती नेपाल लगायत अन्य छिमेकी देशको राष्ट्रिय स्वाधीनताको अन्त्य गर्ने नै हो र छ । जनताको न्याय स्वतन्त्रता र समानताको नाममा सिक्किम स्टेट काग्रेस पार्टीको सभापति लेण्डुप दोर्जे र ऊसको आसेपासेलाई घुसपैठ गरेर जनआन्दोलनको नाममा जनतालाई सडकमा ल्याऊन दोर्जे र ऊसको पार्टीलाई प्रयोग गर्यो । सिक्किममा प्रजातन्त्र को नाममा त्यहा को सार्बभौम सत्ता दलाल नेताहरूको पन्जामा र भारतको रबैयामा पर्न गयो ।राजतन्त्रको समुल रूपमा अन्त्य गर्ने र जनताको प्रजातान्त्रिक अधिकार ग्यारेन्टी गर्न भन्दै गरिएको आन्दोलनमा भारतको नाङ्गो हस्तक्षेप देखा पर्न थाल्यो । जबजब आन्दोलन चरम रूपमा बिकसित हूदै गयो तब भारतले आन्दोलन मत्थर पार्ने भन्दै राजालाई असमान प्रकारको संन्धी सम्झौता गर्न बाध्य बनाइरह्यो भने अर्को तिर जनतालाई आन्दोलन चर्काऊन ऊक्साईरह्यो ।

यसरी बिभिन्न संन्धीसम्झौताको जन्जिर मा फसाऊदै बलजफ्ती सैनिक आतङ्क कतै संबिधान सभाको माग त कतै जनमतसंग्रह आदीको नाटक गर्दै त्यहाको सार्बभौम सत्ता माथी सौदाबाजी गरिरह्यो अनन्त आफ्नो बिस्तारबादी निती सिक्किममा लाड्न सफल भयो र त्यहाको राष्ट्रिय स्वाधीनता
आफ्नो पक्षमा पार्न सफल भयो ।

काजी लेण्डुप दोर्जे त्यहाको पहिलो मुख्यमन्त्री बने ! स्वतन्त्र हिमाली राज्य सिक्किममा ३३३ बर्ष पूरानो राजतन्त्रको अन्त्य भयो । २९ दिन सम्म जनताको हातमा सत्ता आयो र दलाल नेताको बिस्तारबादी लसपसको कारण सिक्किमले आफ्नो स्वाधीनता गुमायो । यसरी भारत सिक्किम जस्तै गरी अन्य देशको राष्ट्रिय स्वाधीनता समेत आफ्नो पक्षमा पार्न हरदम प्रयासरत छ । पाकिस्तान लगाएतका अन्य बिकासोन्मुख देशमा समेत यस प्रकारको निती अपनाइरहेका छ भने नेपालमा भारतको चर्चित प्रधानमन्त्री इन्दीरा गान्धी ले गठन गरेको Raw (Research and analysis of wing) भन्ने संस्था मार्फत नेपालको अस्तित्व समाप्त पार्ने खेलमा सक्रिय छ । दूई ठूला ठूला ढुङ्गा बिचको तरुलको रूपमा रहेको नेपालमा संघियता किन खारेज गर्ने सबैले बूझेको बिषय हो तर पनी अझ बढी प्रकाश पार्न केन्दित हुनेछौ आशा गरिएको छ की यसले संघियताको गलत पक्षको जानाकारी गराउदै बिरोध गर्न उत्साह प्रदान गर्ने छ । साथै संघियता बिरुद्धमा आयोजना गरिएको काठमाडौ बिधार्थी मार्चलाई अझ सब्य एबम् बनाऊन सहयोग गर्ने छ।

मूलत : संघियता उपनिवेशबाट मूक्त भएका फरक फरक अस्तित्व र मतभेद हरू रहेका देशको सार्वभौम सत्ता रक्षाको निम्ती प्रयोग गरिन्छ। । यधपी नेपालमा भने यो ब्यबस्थाको बारेमा नत कूनै लामो आन्दोलन र संघर्षको इतिहास छ नत नेपाली जनताको माग नै छ यो त खाली मधेश आन्दोलनको नाममा भारतले आफ्नो बिस्तारबादी हैकम र प्रभूत्व जमाऊनको लागी नेपालको अन्तरिम संविधान २०६३ मा गलत बाटो बाट छिराइएको हो । नेपालमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता एवं आर्थिक,सामाजिक, भौगोलिक र साम्प्रदायिक हरेक हिसाबले संघीयता गलत सावित भैसकेकेा छ । यसकारण यसको तत्काल खारेज गर्ने अभियान आवश्यक छ , यो अर्थमा संघियता बिरुद्ध काठमाडौं मार्चको एतिहासीक महत्व छ ।

नेपालमा भारतिय हस्तक्षेप बिगबिगी रहेको कारण हाल उसले नेपाल माथी गिद्दे नजर लगाइरहेको छ ।संघियता अन्तरगत देश टुक्राएर आफ्नो पक्षमा पार्न खोजिरहेको छ ।

नेपालमा भारतिय हस्तक्षेप बिगबिगी रहेको कारण हाल उसले नेपाल माथी गिद्दे नजर लगाइरहेको छ । संघियता अन्तरगत देश टुक्राएर आफ्नो पक्षमा पार्न खोजिरहेको छ । यसको पछिल्लो उदाहरण सिके राऊत मधेशका अन्य नेता कार्यकर्ता र सत्तारूढ तथा प्रतिपक्ष दलका केही नेतालाई प्रयोग गरेका छन । यसले दिनानुदिन हाम्रो अस्तित्व धरापमा छ। राष्ट्रिय एकता को नयाँ सन्देश छर्न पनी हामीले संघियताको खारेज गर्नुपर्ने आवश्यक छ ।

संघीय प्रणाली खर्चिलो भएको कारण नेपालको अर्थब्यवस्था ले समेत यसलाई धान्न्न सक्दैन । त्यसै त यहाको जनता गरिब छन ।राज्यले जनतालाई उचित प्रकारको शान्ति सुरक्षा दिन सकेको छैन ।नेपाली जनताको आर्थिक स्तरपनी न्युन छ ।जनता बाट कर लिनको निम्ती सक्षमता पनी छैन ।सक्षमता बिना कर लगाएतका अन्य बाध्यताले जनतामा निराशा र अभाव पैदा गर्छ यसकारण यो गलत छ 
नेपालमा थरीथरीका चालचलन रितिरिवाज आदी रहेको कारण अनेकतामा एकताको रूपमा यहाको समाज छ बहुजाती बहुभाषी र बहुसांस्कृतिक नेपाली समाजको सुन्दरता हो । संघियताले साम्प्रदायिक हिंसा बढाउने र देशमा अशान्ती फैलाउने भाई भाई बिच बिद्रोह को स्थिती पैदा गर्दै राज्यको अस्तित्व समाप्त पार्ने अबस्थामा लैजाने काम गर्छ यसकारण संघियता खारेज गर्नू पर्छ।

बर्तमान समयमा गठन गरिएको प्रदेश सरकारको अस्तित्व सकिएको छ यधपी प्रदेश सरकारले आफ्नो छुट्टै निती नियम बनाउने भन्दै एक फरक किसिमको तरङ्ग पैदा गरेको छ पछिल्लो समय मा प्रदेश सरकारहरुको को कदमबाट नया राजनिती बिकाश भएको छ ।देशलाई बिखण्डन गर्ने गुरुयोजना सहित आएको संघियताको अबधारणाले अहिले जूनप्रकारको प्रदेश नियम कानुन लगाएतका कुराहरू लिएको छ बास्तबमा यो नै संघियतबाट देश बिखण्डन को पहिलो रूप हो अझ धेरै कूरा बाट नयाँ अबस्था आउन सक्छ ।

अझ आत्मनिर्णयको अधिकारको समेत कूरा उठेको छ यसले हाम्रो देशको राष्ट्रिय स्वाधीनताको अन्त्य गर्ने निश्चित छ ।प्रदेश र राज्य सरकार बिच बिद्रोह तथा द्वन्द को स्थिती पैदा गर्दै राज्यको अस्तित्व समेत नष्ट हूने अबस्था आऊन लागेको हुनाले यो अन्त गर्न अथवा खारेज गर्न अपरिहार्य छ, संघियताले बर्तमान सन्दर्भमा नेपालमा सांस्कृतिक अतिबादको प्रतिनिधीत्व गरिरहेको छ , यसैका कारण कतै अतीराष्टबाद , कतै अतीजातीबाद त कतै अतीलिङ्गबार र अतीबर्गबादलाई प्रोत्साहन गरिरहेको छ ।

यसले नेपाली नेपाली बिच रहेछ सद्भाव र सहिष्णुतालाई दिनदिनै खलबलाईरहेको छ ,यसकारण यसको पक्षमा अहिले न त उत्साह पुर्बक जनविश्वास पैदा भएको छ नत भबिस्यमा हुने आधार नै भएको छ यसले यसको तत्काल खारेज गर्नु पर्छ । यो सन्दर्भमा नेपाल र नेपाली राष्ट्रिय स्वाधीनताको रक्षा गर्न बिधार्थी आन्दोलन को ऐतिहासिक महत्व छ। यसलाई जसरी पनी सफल बनाऊनु पर्छ । यसैमा यसको सफल औचित्य हुनेछ। हामीले आम बिधार्थी तथा जनता सामु आन्दोलनलाई आर्थिक नैतिक तथा भौतिक सहयोगको लागि हार्दिक अपिल गर्दछौं 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here