संगरुरको ८ औं सम्मेलन भव्य रुपमा सम्पन्न

0
646

घोषणा सभा पूर्व मार्च पास गर्दै संगरुर शहर परिक्रमा

संगरुर, १९ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुरको ८औं सम्मेलनको उद्घाट गरिएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय समितिका उपाध्यक्ष कपिल खनालले गर्नुभएको छ ।
खनालले उद्घाटन मन्तव्यमा देशको समसामयीक राजनीतिक घटना तथा भारतमा एकता समाजको आवश्यकताको बारेमा मन्तव्य दिनुभएको थियो । भारतमा नेपाली श्रमिकहरुले भोग्नु परेका समस्याहरुलाई एकता समाजले निरन्तर संघर्षमा रहेको समेत बताउनु भएको थियो ।
उद्घाटन समारोहको अध्यक्षता बुद्धिराम आचार्यले र सञ्चालन राजु खनालले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चात चोपलाल आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो ।
जनजाति केन्द्रीय विभागका राम बहादुर पुन, मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्का, सल्लाहकार तिलक पौडेल, त्रिभुवन भट्टराई, क्षेत्रीय सदस्य प्रेम आचार्य, केन्द्रीय परिषद सदस्य दोर्ण पोखरेल, महिला विभागबाट लक्ष्मी पाण्डे लगायतले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो ।
८औं सम्मेलनले खेमराज पोखरेलको अध्यक्षतामा १५ पुर्ण, ५ वैकल्पिक ७ सल्लाहकार गरि २७ सदस्यीय नगर समिति निर्वाचित गरिएको छ । जसमाः उपाध्यक्ष– नारायण भुसाल, सचिव– राजु खनाल, सहसचिव– घलु बहादुर विक र कोषाध्यक्ष– वुद्धिराम आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमाः गुणानिधी आचार्य, गणेश आचार्य, हेमन्त मरासीनी, लिलाराम पाण्डे, राम प्रसाद खनाल, दिपकुमार न्यौपाने, शेरबहादुर खडका, लक्ष्मी पाण्डे, रुद्र आचार्य, रामजी भुसाल, वैकल्पिक सदस्यमाः रुद्र पौडेल, राजबहादुर सेन, सोभाराम आचार्य, पितम्वर आचार्य र राजेश परियार रहेका छन् । त्यस्तै सम्मेलनले विरबहादुर विष्ट, हेमराज भुसाल, चोपलाल आचार्य, टुकलाल आचार्य, हिरा सिहं मनिराम शर्मा र तिलक परियारलाई सल्लाहकार चयन गरेको छ ।
सम्मेलनमा सहभागि अतिथि, प्रतिनिधि, पर्यवेक्षक तथा आम दर्शकहरुले मार्च पास गरि शहर परिक्रमा पश्चात घोषणा सभामा परिणत भएको सो कार्यक्रमको सञ्चालन खेमराज पोखरेलले र अध्यक्षता चोपलाल आचार्यले गरेका थिए । घोषणा समारोहमा विभिन्न अतिथिहरुले आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनट मौनधारण गरिएको थियो । घोषणा सभामा उपस्थित जनसमुदायलाई नारायण भुसाल र कलाकारहरुले स्वागत गरेका थिए ।
नवनिर्वाचित समितिलाई प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष कपिल खनाल, अतिथिहरु क्रमशः केन्द्रीय उपाध्यक्ष हिरा सिह चंद, जनजाति विभागका रामबहादुर पुन, केन्द्रयी सदस्य तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, के.सदस्य दिनेश खडका, वासुदेव भट्टराई सल्लाहकार तिलक पौडेल, क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, सदस्य प्रेम आचार्य, दोर्ण पोखरेल, नर बहादुर ओली, नारायणा पोख्रेल, महिला विभागकि लक्ष्मी पाण्डे, रक्तिमका कैलास खडका, विद्यार्थी केन्द्रीय सदस्य वसन्ती रिजाल, लुधायाना सिटीका उदय सिहं चंद, लु,फोकलपाइन्ट जनक रिजाल, भटिण्डा नारायण केसी लगायत बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । नवनिवार्चित सदस्यहरुको नामावलीको क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले घोषणा गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here