संंसदमा विचाराधीन ‘राष्ट्रघाती नागरिकता विधेयक’को विरुद्ध दाङको घोराहीमा हस्ताक्षर संकलन

0
228

चैत्र १७, दाङ । संंसदमा विचाराधीन ‘नागरिकता विधेयक’को विरुद्ध दाङको घोराहीमा आइतबार हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । संसदमा विचाराधीन उक्त विधेयक राष्ट्रघाती भएको भन्दै विधेयक खारेजीको लागि देशव्यापी हस्ताक्षर अभियान थालिएको हो । सरकारको नागरिकता विधेयकद्वारा नागरिकता प्राप्तिको खुकुलो प्राबधान ल्याउदैछ । पहिला १०६३ मा जनमको आधारमा नागरिकता दिने नितिका कारण धेरै गैरनेपालीले पनि नागरिकता लिएका थिए । अहिले त्यो भान्दा पनि खुकुलो र बिदेशीहरुलाई पनि बंशजको नागरिकता दिने र संबैधानिक पदमा समेत उनिहरुलाइ पुराउने डिजाइनका साथ यो बिधेयक आएकोले यसको बिरोध गर्नु परेको राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य ले बताउनु भएको थियोे । आजको हस्ताक्षर पछिको कोण सभामा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य ने क पा माले का जिल्ला सचिब नेत्र प्रकाश पान्णे ले मन्तब्य राख्नु भएको थियोे भने कार्यक्रम को संचालन अखिल छैठो का जिल्ला सचिबालय सदस्य लक्ष्मण बि क ले गर्नु भएको थियोे । नागरिकता विधेक बिरोधी संघर्ष समन्वय समितिको आयोजनामा देशभरी नै हस्ताक्षर अभियान चलेको छ । राष्ट्रिय जनमोर्चा, ने. प. पा. (मसाल), ने. क. पा. माले लागयतका दल र विभिन्न क्षेत्रका बिज्ञ , विद्वान , देशभक्त ताथा राष्ट्रप्रेमी हरु सम्मीलित उक्त समितिले यो अभियान संचालन गरेको कुरा अध्यक्ष गणेश आचार्य ले बताउनु भयो । उक्त कार्यक्रममा उत्साहजनकरुपमा हस्ताक्षर संकलन भएको थियोे । यसैगरी चैत्र १८ गते दिउसो २ बजे देखि तुलसीपुर को बि पि चोकमा पनि यस्तै अभियान चल्ने कुरा आयोजक ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here