श्रीगंगानगरमा एरिया भेला सम्पन्न

0
408

श्रीगंगानगर, १३ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति द्धारा संचालित सिटी एरिया समितिको दोश्रो भेला भव्य र सानदार रुपमा सम्पन्न गरिएको छ ।

विष्णु विक द्धारा संचालित तथा वसन्त भन्डारीको अध्यक्षतामा सम्पन्न सो भेलामा विभिन्न अतिथीहरु आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौन पछि स्वागत सावित्रा विकले गर्नुभयो ।

तत्पश्चात मूलप्रवाह केन्द्रिय सदस्य कृष्ण जिसीले करताल ध्वनीमा भेलाको उद्घाटन गर्नुभयो । भेलाको उद्घाटन गर्दै केसीले मूल प्रवाहको ऐतिहासीक पृष्ठभुमीको बारेमा प्रष्ट्याउनु भएको थियो ।

त्यस्तै भेलालाई गिरु प्रसाद न्यौपाने, हुमबहादुर विक, मच्छबहादुर केसी, वसन्ता नेपाली, कमला खडका, प्रेम विक, अमर नेपाली, वोम बहादुर विष्ट, शिवा नेपाली र कृष्ण नेपाली लगायतले भेला सफलताको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here