श्रीगंगानगरको ११ सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न

0
489

श्रीगंगानगर, १ जुलाई । राष्ट्रियताको रक्षा गरौ ! भारत स्थित नेपालीहरुको सुरक्षा गरौ !! आ–आफ्नो स्थानबाट मताधिकार र संसदमा प्रतिनिधीत्वको आवाज सहित नगर सम्मेलन सफल पारौ !!” भन्ने मूल नाराका साथ मुल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत श्रीगंगानगर नगर समितिको ११ औं नगर सम्मेलनबाट त्यस क्षेत्रले नगर सम्मेलन अभियान सम्पन्न पारेको छ । यस क्षेत्रीय समिति अन्तर्गत सम्पन्न नगर सम्मेलन अभियान यसै नगरमा पुगि समापन गरिए को छ ।

घोषणा सभामा पूर्व मार्च पास गर्दै श्रीगंगानगर शहर परिक्रमा गरि हनुमान मन्दिर हलमा पुगि सभामा परिणत भएको थियो । गिरु प्रसाद न्यौपानेको अध्यक्षता तथा हुकुम बहादुर जीसीको संचालनबाट अगाडि बढेको घोषणा सभामा विभीन्न अतिथीहरुको आशन ग्रहण पछि विष्णु विक र रक्तिमका कलाकारले स्वागत गर्नु भएको थियो ।

११ औं सम्मेलनले गिरुप्रसाद न्यौंपानेको अध्यक्षतामा २५ पुर्ण ८ वैकल्पिक र १३ सल्लाहकार गरि ४६ सदस्सीय श्रीगंगानगर नगर समिति निर्वाचित गरिएको छ । जसमाः उपाध्यक्ष– हुमबहादुर विक, सचिव– वसन्त भंडारी, सहसचिव– हुकुमबहादुर जीसी र कोषाध्यक्ष– रेशम भंडारी रहेका छन् । त्यस्तै सदस्यहरुमाः त्रिभुवन भट्टरार्ई, हरि प्रसाद न्यौपाने,. वम बहादुर विष्ट, विष्णु विक, विष्णु न्यौपाने, वसन्ता नेपाली, सुनिता भट्टराई, जगेश्वर न्यौपाने, चिन्तामणि भट्टराई, प्रेम विक, वालाराम उपाध्यय, कमला खडका, वाग्मती केसी, विष्णु थापा, तेजपाल भंडारी, अमर नेपाली, गिरीराज भट्टराई सुखदेव रिजाल, मिनबहादुर पुन, विरु विक वैकल्पिक सदस्यहरुमा सावित्रा विक, सरस्वता न्यौपाने, सोनु केसी, माधव भंडारी, कल्पना न्यौपाने, राम प्रसाद पौडयाल, प्रेम.विक र अर्जुनसिंह जीसी रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा वावुराम विक, कमल विक, ओविराम न्यौपाने, राम कुमार रसाईली, गौतम एमसी, मंगल सिंह राहुँमगर, खडक विक, यमबहादुर थापा, पप्पु नेपाली, भिमबहादुर पुन, ललित पुनमगर, पदम केसी र हरिबहादुर जीसीलाई चयन गरेको छ । केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले नवनिर्वाचित समितिको घोषणा गर्नुभएको थियो ।

प्रमुख अतिथि महासचिव खगेश्वर शर्माले घोषणा सभालाई सम्बोधन गर्दै देशमा वामपन्थीहरुको सरकार रहेता पनि प्रवासी नेपालीहरुलाई मताधिकार दिने सवालमा आनाकानी गरिरहेको बताउनु भयो । “अहिलेको सरकार २०१५ साल पछिको सबैभन्दा मजबुत मजोरोटी भएको सरकार हो, तर उसका व्यवहार अत्यन्तै कमजोर छन् ।” शर्माले भन्नु भयो “यति मजबुत सरकारले चाहाने भने संविधान मैं संशोधन गरि प्रवासी नेपालीहरुको मताधिकार देखि लिएर समाजवाद उन्मुख कार्यक्रमहरुलाई कार्यान्वयन गराउन कुनै समस्या छैन ।” प्रवासी नेपालीहरुले पठाएको रेमिटेन्सबाट राज्यको अर्थतन्त्र धान्न हुने तर उनीहरुलाई समानुपातिक मताधिकार समेतको व्यवस्था नगरिनु अत्यन्ते दुखद रहेको शर्माको भनाई थियो ।

राष्ट्रियता र जनजिवीकाको सवालमा सरकार अझै पनि गम्भीर नरहेको शर्माको भनाई थियो । सरकारले नीति तथा कार्यक्रममा समेत किसानहरुको समस्यालाई सम्बोधन गर्ने कोशिस नगरेको र बजेटमा विगतका सरकारहरुले भन्दा कम गरेर प्रस्तुत गरिएको शर्माको भनाई थियो ।

अतिथिहरु उपाध्यक्षद्वय कपिल खनाल, हिरासिंह चन्द, केन्द्रीय सदस्य प्रेम सापकोटा, कृष्ण जीसी, दिनेश खडका, केन्द्रीय सल्लाहकार जग प्रसाद खनाल, क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, क्षेत्रीय सदस्यहरु छविलाल सापकोटा, शिवलाल सापकोटा, वुद्धि आचार्य, नरबहादुर ओली, खेमराज पोखरेल, दोर्णप्रसाद पोखरेल, कृष्ण वराल, विष्णु न्यौंपाने, नेपाली समाचारका खिमराज चालिसे, रक्तिमका विलबहादुर गुरुङ, बोमबहादुर विष्ट, समता विभागका विनु नेपाली, खेल क्षेत्रीय विभागबाट बसन्त भण्डारी, महिला क्षेत्रीय विभागकी अध्यक्ष सिता सापकोटा, महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टरार्ई, वसन्ता नेपाली, उर्मिला खडका, विध्यार्थी क्षेत्रीय सदस्य शिवा नेपाली, चंडीगढ़, नगरका प्रतिनिधि शमशेर केसी, हिसारका तारा सोमारे, हनुमानगढकामोहन रसाईली, मलोटका राम प्रसाद शर्मा, भटिंडाका तुल्सा थापा, सिरसाका अजित वुढामगर, रोपडका सोभाराम सापकोटा, राजमो प्युठानकी विमला भन्डारी, कमल साहा, जयपुर उत्तरका मंगलसिंह खडका, इश्वर वस्नेत, सिपिआइका भुरामल स्वामी लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

उदघाटन समारोहको गिरु प्रसाद न्यौंपानेले र सञ्चालन वसन्त भण्डारीकोले गर्नुभएको थियो । सम्मेलनमा उपस्थित प्रतिनिधि, पर्यवेक्षक तथा अतिथिहरुलाई हुम बहादुर विकले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथी महासचिव खगेश्वर शर्माले सम्मेलनको उद्घाटन गर्नु भएको थियो । उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, कृष्ण जीसी, क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, क्षेत्रीय सदस्यहरु छविलाल सापकोटा, शिवलाल सापकोटा, रक्तिमका मनकाजी गुरुङ, हुकुमबहादुर जीसी, महिला क्षेत्रीय अध्यक्ष सिता सापकोटा, महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टरार्ई, वसन्ता नेपाली, वाग्मती केसी, कमला खडका, विष्णु न्यौपाने, विध्यार्थी क्षेत्रीय सदस्य शिवा नेपाली, रोपडका सोभाराम सापकोटा लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

सम्मेलनको अन्तीममा रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुद्वारा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

११औं नगर सम्मेलनको पूर्वसन्ध्यामा नगर स्तरीय खेलकूद प्रतियोगिता सम्पन्न गरिएको छ । हरि न्यौपानेको अध्यक्षतामा तथा हुकुमबहादुर जीसीको सञ्चालनबाट अगाडि बढेको सो खेलकूद कार्यक्रममा प्रमुख अतिथि महासचिव खगेश्वर शर्मा, अतिथिहरु क्रमशः उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य कृष्ण जीसी, क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने, महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराइको अतिथि आसन ग्रहण पश्चात रेशम भण्डारीले स्वागत गर्नूभएको थियो । प्रतियोगिताको उद्घाटन महासचिव खगेश्वर शर्माले गर्नुभएको थियो ।

भलिवल तर्फ प्रथम सेतियाफार्म एरिया समिति, द्वितीय सिटी एरिया समिति र तृतीय ज्वार नगर एरिया समिति विजयी भएका थिए । त्यस्तै पुरुष रस्साकस्सीमा प्रथम पुरानी आवादी, द्वितीय सेतियाफार्म र तृतीय सिटी एरिया समिति विजयी भएका थिए ।

महिला रस्साकस्सीतर्फ प्रथम सेतियाफार्म एरिया समिति र द्वितीय पुरानी आवादी एरिया समिति विजयी भएका छन् । त्यस्तै बाल दौड ८ देखि १० वर्षसम्म प्रथम अर्जुन खत्री, द्वितीय सानिया थापा र तृतीय समिर न्यौपाने विजयी भएका छन् । बालक दौडमा ११ देखि १४ वर्षसम्ममा प्रथम धिरज रिजाल, द्वितीय दिपक रिजाल र तृतीय अर्जुन भट्टराई विजयी भए । त्यस्तै बालिका दौड तर्फ प्रथम कल्पना शर्मा, द्वितीय संगीता रोका र तृतीय कल्पना नेपाली विजयी भए ।

पुरुष दौड तर्फ प्रथम राजेश न्यौपाने, द्वितीय गोपाल पोखरेल र तृतीय नारायण न्यौपाने विजयी भएका थिए । महिला दौड तर्फ प्रथम सुनिता विष्ट, द्वितीय कल्पना सुवेदी र तृतीय नन्दिकला भट्टराई विजयी भएका छन् ।

विजेता टिम तथा खेलाडीहरुलाई सम्मेलनको घोषणा सभामा प्रमुख अतिथिद्वारा तथा अतिथिहरु पुरस्कार तथा प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here