शोभिसन–किरणको स्मृतिमा सांस्कृतिक प्रतियोगिता सम्पन्न

0
145

बुटवल । शोभिसन–किरण स्मृति फाउन्डेसन तिलोत्तमाले २०७५ भदौ १५ गते विविध सांस्कृतिक प्रतियोगिता सम्पन्न गरेको छ । शोभिसन पाण्डे र किरण पाण्डेको स्मृतिमा फाउन्डेसनले बुटवलमा अन्तरविद्यालय प्रतियोगिता गरेको हो ।

रुपन्देहीका विभिन्न विद्यालयका विद्यार्थीबीच तीजको मौलिक संस्कृति तथा संस्कारको विषयमा गीत र नृत्यमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा डन चिल्ड्ेरन स्कुल पहिलो भएको थियो भने भलवारीस्थित लिटिल प्याराडाइज इङलिस स्कुल दोस्रो भएको थियो । त्यस्तै स्कर्लस होम स्कुल तेस्रो भएको थियो । प्रतियोगितामा तिनाउ बोर्डिङ स्कुल उत्कृष्ट भएको फाउन्डेशनका कोषाध्यक्ष दीपक कार्कीले जानकारी गराए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र उत्कृष्ट हुने स्कुलले क्रमश: १२, १०, आठ र पााच हजार राशीको पुरस्कार प्राप्त गरेका थिए ।

प्रदेश सभा सांसद जालपा भुसालको आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा १९ समूहले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितापछि आयोजित विविध सांस्कृतिक कार्यक्रममा प्रचण्ड जिसी, फाउन्डेसनका संरक्षक विष्णुजी पाण्डे, अर्जुन कौशल, शिलु भट्टराई, सीता राना, रितु थापा, राम प्रसाद पाण्डे, धन बहादुर गुरुङ, दिपु मगर, विधान कार्की, विक्रमबाबु परियार, बसन्त श्रेष्ठ लगायतले प्रस्तुति दिएका थिए । फाउन्डेसनका अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षता, सचिव रुकु पाण्डेको सञ्चालन र उपाध्यक्ष अनु रज्जकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

हास्यव्यङ्ग्य कलाकार विष्णुजी पाण्डे ‘माइला बा’ का नाबालक छोरा शोभिसन र किरण पाण्डेको २०७२ चैत २० र २१ गते अल्पायुमै मृत्यु भएको थियो । दुवै वाललको एक दिनको फरकमा मृत्य भएपछि शोभिसन–किरण फाउन्डेसन गठन गरिएको हो । घटना हुादा शोभिसन दुई वर्षका र किरण सात महिनाका मात्र थिए । फाउन्डेसनले बेलाबेलामा सामाजिक काम गर्दै आएको छ । शोभिसन र किरणको स्मृतिमा भविष्यमा बर्न अस्पताल स्थापना गर्ने उद्देश्य रहेको फाउन्डेसनको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here