पाण्डेचेरी, ५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर अन्तर्गत टाउन एरियामा पर्ने सदस्य मान बहादुर गायकको देवहासन भएको ११आंै दिनको दिन परिवारद्धारा आयोजित शोक सभा कार्यक्रम सम्पन्न भएको छ । मान बहादुर गायक, बाग्लुङ जिल्ला, बानपा १२ अमलाचौर निवासी गोविन्द गायकका कान्छा छोरा हुन् । उनले पाण्डिचेरी स्थित अपार्मेटमा जागिर आएका भएको थियो । तिब्र अन्तर्निहित निमोनिया (ब्अगतभ ष्लतभचकतष्बि)िले ग्रसित गायकको उपचार चलिरहेको थियो । २६ अगस्तका दिन ४८ बर्षको उमेरमा गायकको निधन भएको थियो । उनले श्रीमती कुमारी गायक र दुई छोरा शन्तोष र सुवासलाई हामी बीच छाडेर गएका छन् ।
शोक सभा कार्यक्रम हेम बहादुर गन्धर्वको सञ्चालन, स्वर्गीय मृतकका दाजु वीर बहादुर गायकको अध्यक्षतामा, २ मिनेट मौनधारण पछि अगाडी बढेको थियो । सर्व प्रथम गायककी धर्म पत्नीले मृतक श्रीमानको तस्विरमा माल्यर्पण गरेकी थिइन् । क्रमश: मृतकका छोरा सुवास र शन्तोषले माल्यर्पण गर्नु गरे । आफन्तको तर्फबाट विनोद गायकले माल्यर्पण गर्दै शोक मन्तब्य दिएका थिए । त्यसपछि मूल प्रवाह नगर समिति अध्यक्ष जनक राज पौडेलले मृतक मान बहादुर गायकको तस्विरमा फुलका गुच्छा र अविरले सम्मान गर्दै, मान बहादुर गायक अत्यन्तै मिलनसार एउटा कुशल सदस्य संगठनले गुमाउदाँ अत्यन्तै पिडावोध महशुष गर्दै शोक मन्तब्य प्रकट गर्नु भयो । शोकलाई शक्तिमा बदल्न संतप्त परिवारजनलाई अनुरोध गर्नु भयो ।
त्यस्तै मूल प्रवाह नगर समिति चिदम्बरम्बाट बालकृष्ण गायकले मृतक मान बहादुर गायकसँग बितेका वाल्यकाल र आफ्नो कुशल सहपाठी गुमाउदाको पिडाले भक्कानिनु हुँदै शोक मन्तब्य राख्नु भएको थियो । सभा स्तब्ध भएको थियो । त्यसै क्रम नगर समिति पाण्डिचेरी सचिव गोविन्द शर्मा, सदस्य गंगाराम आचार्य, खड्क बहादुर कुँवार, राजेन्द्र परियार, माधव शर्मा र उपस्थित मृतकका आफन्तजनहरुले तस्विरमा माल्यर्पण गर्दै चिर शान्तीको कामना गर्नु भएको थियो ।
अन्त्यमा पुन: मृतक मान बहादुर गायक प्रति मूल प्रवाह नगर समिति पाण्डिचेरी हार्दिक श्रद्धाञ्जली ब्यक्त गदछौं । साथै शोक संतप्त परिवारजनमा समवेदना ।