शोक शभा सम्पन्न

0
139

भदौ १६, कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तु, बाणगंगा नगरपालि ४ का स्थानीय कार्यकर्ता बिजय शाहीको ४१ बर्षको उमेरमा असामायिक दु:खद निधन भयको ७औं दिन उनकै निवास्थान गजेहडा तिनकुनेमा शोक शभा सम्पन्न भएको छ ।

शोक सभामा राष्ट्रिय जनमोर्चा प्रदेश नं ५ का सदस्य हिमलाल वाग्ले, राष्ट्रिय जनमोर्चा कपिलवस्तुका अध्यक्ष दधिराम आचार्यले शोक मन्तव्य दिनुभएको थियो । वक्ताहरुले शाहीको निधनले स्तब्ध बनाएको र एक होनहार र इमानदार कार्यकर्ताको निधनले राष्ट्रिय जनमोर्चालाई अतुलनीय क्षति पुगेको समेत बताए ।

शोकसभा मृतक बिजय शाहिका पिता तिर्थ बहादुर शाहीको अध्यक्षता र चन्द्रकान्त भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । शाही लामो समयदेखि राष्ट्रिय जनमोर्चाको कार्यकर्ता थिए । उनले श्रीमती बिना शाही, एक छोरा र दुई छोरी छाडेर गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here