शिव रोकाप्रति मसालद्वारा श्रद्धान्जली

0
240

निधनको बास्तविकतालाई प्रकाशमा ल्याउन माग

काठमाडौं । यही कार्तिक ७ गते भालुवाङमा मृतभेटिई करिक एक साता पछि पहिचान खुल्न आएका शिव रोकाको निधनको वास्तविकतालाई प्रकाशमा ल्याउन सरकार र प्रशासनसित मसालले माग गरेको छ ।

पार्टी प्रवक्ता रामप्रकाश पुरीले आज एक विज्ञप्ती जारी गरि रोकाको मृत्यु रहस्यमय तरिकाले भएको बताउनु भएको छ । “नवलपरासीको मानिसको दाङको भालुवाङमा आकास्मिक रूपमा शव फेला पर्नु सामान्य कुरा होइन ।” पुरीले विज्ञप्तीमा भन्नु भएको छ– “त्यसको सत्यतथ्य अनुसन्धान र छानवीन गरी उहाँको निधनको वास्तविकतालाई प्रकाशमा ल्याउनका लागि हाम्रो पार्टीले सरकारसँग र प्रशासनसित पनि जोडदार माग गर्दछ ।”

विज्ञप्तिमा भनिएको छः

“नवलपुर जिल्ला बर्दघाटका क. शिव रोकाको दाङको भालुवाङमा केही दिन पहिले मृतक अवस्थामा शव फेला परेको थियो । उहाँ ने.क.पा.(मसाल)को सदस्य हुनुहुन्थ्यो । त्यसका साथै उहाँ राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला समितिका सदस्य र अखिल नेपाल युवक सङ्घ जिल्लाका सचिव हुनुहुन्थ्यो । उहाँ गत वर्ष सम्पन्न प्रदेश सभाको चुनावमा प्रत्यक्षतर्फबाट राष्ट्रिय जनमोर्चाको उम्मेदवार पनि हुनुभएको थियो । होनाहार र कर्मठ कार्याकर्ताको मृत्युबाट पार्टीलाई गम्भिर क्षति भएको छ । ने.क.पा.(मसाल)ले क. रोकाको मृत्युबाट शोकसन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

उहाँको मृत्यु रहस्यमय तरिकाले भएको छ । नवलपरासीको मानिसको दाङको भालुवाङमा आकास्मिक रूपमा शव फेला पर्नु सामान्य कुरा होइन । त्यसको सत्यतथ्य अनुसन्धान र छानवीन गरी उहाँको निधनको वास्तविकतालाई प्रकाशमा ल्याउनका लागि हाम्रो पार्टीले सरकारसँग र प्रशासनसित पनि जोडदार माग गर्दछ ।”

यो पनि पढनु होस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here