शिक्षकहरुद्वारा लालटिन जुलुस

0
179

भदौ १५, बझाङ । बझाङमा शिक्षकहरुद्वारा सरकारको ध्यानाकर्षण गराउन संयुक्त लाल्टिन जुलुस प्रदर्शन गरेका छन् । बझाङको सदरमुकाम चैनपुरमा नेपाल शिक्षक महासंघमा आवद्ध विभिन्न शिक्षक संगठनहरुको संयुक्त आयोजनामा सो प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ र अखिल नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले छातीमा २६ बुँदे माग पत्र टाँसेरलाल्टिन जुलुस प्रदर्शन गरेका थिए ।

शिक्षकहरुले नेपालका सबै तहका सरकारहरुबाट शिक्षा नीतिमा ध्यान नदिएको भन्दै रोष प्रकट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here