शिकांगोका शहिदलाई लालसलाम

0
153

खिमराज चालिसे
चंडीगढ, भारत

शिकांगोका शहिदहरुलाई हाम्रो लालसलाम ।
मजदूर आन्दोलनका शहिदलाई लालसलाम ।।
आमुल परिवर्तनको यात्रीलाई लालसलाम।
मजदूर एकताका यी हातहरुलाई सलाम।

साम्राज्यवाद विरोधी आवाजलाई हाम्रो सलाम।
विस्तारवाद विरुद्धका ति हातहरुलाई सलाम।।
सलाम छ स्वाधीनताका वुलन्द आवाजहरुलाई।
राष्ट्रियताको पक्षमा दृढ ति विचारहरुलाई ।।

पथ्थर भन्दा मजबूत मजदूर एकतालाई।
संसार हिलाइदिने मार्क्सवादको सिद्धान्तलाई।।
लेनिनवादको ठोस संगठात्मक सिद्धान्तलाई।
माओविचारधारा र नयाँजनवादी सिद्धान्तलाई।।

रातो रगतले सिंचिएको हसिया हथौड़ा हाम्रो।
विश्व विजेताको पथमा उर्लिरहेको शान हाम्रो।।
पेरिस कम्युन को सानदार ऐतिहासिक जीत।
फ्रान्सीसी राज्य क्रांतिको अदम्य ऐतिहासिक जीत।।

वर्नस्टिन र काउस्तकीहरु छिट्टै परास्त भए
ट्राटस्की र मेन्सेविक इतिहास मै ध्वस्त भए
साम्राज्यवाद ध्वस्त हुन्छ अवसरवाद भाग्छ
यो धर्तीमा नयाजनवादको किरण पक्कै लाग्छ ।

अटल विश्वास र अटुट आस्था राख मुटुभित्र।
दह्रो मुटु पार मजदुर हो नकाँप भित्रभित्र।
कायरहरुको जेहनमा क्राँति संन्देश हुदैन।
रगतको भेल नै नवगाइ क्रांति हुदैहुदैन।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here