व्लड क्यानसर पीडित कँडेलद्वारा सहयोगको लागि अपील

0
41

भरतपुर/  जिल्ला काँठेखोला गाउँपालीका ८ लेखानीकी गिता कँडेल व्लड क्यान्सर रोगबाट पीडित भएकी छन्  । सामान्य विरामी भई उपचारको लागि गर्न अस्पताल जाँदा उनलाई व्लड क्यान्सर देखिएको हो । उनको हाल भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।
उनका श्रीमान राम प्रसाद कँडेल सामान्य किसान हुन । दुइ सन्तानकी आमा बनेकी कँडेल ३१ वर्षकी भइन् । यूवाअवस्थामै उनको स्वस्थ्यमा ठूलो वज्रपात आइलागेको छ । उनले आफ्नो आर्थिक अवस्था साह्रै कमजोर रहेको र व्लड क्यान्सर जस्तो प्राणघातक रोग निको पार्न ठूलो धनरासी खर्च हुने  भएकोले आफूलाई बचाउनको लागि उनले हस्पिटलबाटै सहयोगको अपिल समेत गरेकी छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here