विश्व महिला सम्मेलनमा निर्मला पन्तको मुद्धा बारे चर्चा

0
256
बेंगलोर । गत तीनदिन देखि बेंगलोरमा चलिरहेको विश्व महिला सम्मेलनमा नेपालको कञ्चनपुरकी निर्मला पन्थको मुद्धा चर्चामा रह्यो । त्यतिमात्र नभई उक्त घटना घटाउने दोषीलाई कार्यवाही गर्नका लागि संघर्षमा उत्रने समेत सो सम्मेलनको घोषणा पत्रमा समावेश गरिने भएको छ ।
                 सम्मेलनका कोअर्डिनेटर दुर्गा पौडेलले हामीलाई दिनुभएको जानकारी अनुसार नेपाल सरकारले यति लामो समयसम्म निर्मला पन्थको हत्यारालाई पत्ता लगाउन नसक्नुप्रति सम्मेलनले निन्दा प्रकट समेत गरेको छ । त्यस्तै बेंगलोर घोषणा पत्रमा नेपालमा हुने विभिन्न प्रकारका महिला हत्या हिंसा, बलत्कार एवं भ्रष्टाचार समेतको विरोध बारे उल्लेख गरिने पौडेलले जानकारी दिनु भयो ।
                आज तेश्रो दिन तथा अन्तिम दिन युरोपकी प्रतिनिधि हालिंकाले कार्यपत्र प्रस्तुत गरेकि थिएन् । हालिंकाको कार्यपत्र माथि विभिन्न देशका प्रतिनिधिहरुले टिप्पणी गरेका थिए ।
                 कार्यक्रमको अन्तमा सम्पूर्ण कोअर्डिनेटरहरुले टान्सलेटरहरुलाई धन्यावाद दिए । घोषण पत्र आगामि ६ डिसेम्बरका दिन तयार पारिने छ ।
                विभिन्न देशबाट आएका प्रतिनिधिहरुले आ–आफ्नो देशका साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । नेपालको पञ्चेबाजाको धुनमा विदेशी प्रतिनिधिहरुले समेतले फेर लगाएर नृत्य प्रस्तुत गरेका थिए ।

बेंगलोरमा विश्व महिला सम्मेलनको दोश्रो दिन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here