विशाल दर्लामीको कबिता “नेपाल आमा”

0
91

– बिशाल दर्लामी

हाम्रा जङ्गे पिलरहरु खोइ
हाम्रो साध सिमाना खोइ
हाम्रो काङ्गडा खोइ
हाम्रो टिस्टा खोइ
हाम्रो स्वाभिमान खोइ
हाम्रो स्वाधिनता खोइ
हाम्रो पुरापुर भुमी खोइ ?

हाम्रै आँखा अगाडि
सुस्ता निल्यो
कालापानि निल्यो
अलमोडा निल्यो
निल्यो सयौ हेक्टर हाम्रो भुमी

यो लिपुलेक माथिको आक्रमण होइन
यो सिङ्गो देशमाथिकै गिद्दे नजर हो
यो नयाँ सिक्किमिकरणको यात्रा हो
ए लेन्डुपेहरु हो
अबत ब्युझ ?
अबत जाग??
कति सुत्छौ?
कति लम्पसार हुन्छौ??
नेपाल आमाको छातिमा
बिदेशि बुट बज्रीदा
किन बेखबर छौ??

माहाकाली सुम्पिनेहरु
गण्डकी,कोशी र कर्णाली सुम्पिनेहरु
सत्ताको दाउमा
आमाको अस्मिता बेच्नेहरु
भोलि देशै सुम्पिन सक्छन

देशभक्तहरु जुट्ने बेला आयो
नेपाल आमाको अस्मिता जोगाउन
शिरमा कफन बाध्ने बेला आयो
शासकहरु स्वार्थमा लम्पसार परेपनी
रास्ट्रप्रेमिहरु उठ्ने बेला आयो
आफ्नो मातृभुमी रक्षार्थ
मर्नै किन नपरोस
नेपाल आमाका वीर सपुतहरु
आज पनि जिबितै छन
दुष्ट छिमेकिले बुझे हुन्छ
मुठ्ठी भर शासकहरु
स्वार्थमा बिकेपनी
सत्ताको जोहोमा
लम्पसार परेपनी
देशभक्त नेपालीहरु जिबितै छौ
हामी हाम्रो शरिरमा
एक थोपा रगत रहुन्जेल
आफ्नो देशको खातिर
नेपाल आमाको अस्मिता जोगाउन
मर्न तयार छौ
फेरि एकपटक
आफ्नो शिर देशको माटोमा
चढाउन तयार छौ
हामी हाम्रो देशको लागि
मर्न तयार छौ
ए!नेपाल आमा
हामी तिम्रा लागि
मर्न तयार छौ

२०७७/वैशाख २९ ९:५० बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here