विरगञ्ज सीमा अतिक्रमणको रिपोर्ट सार्वजनिक गर ः मसाल

0
291

विरागञ्जको छपकैयामा सीमा अतिक्रमण सम्बन्धि अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न नेकपा (मसाल)ले माग गरेको छ । नेकपा ((मसाल)का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी देशको राष्ट्रियतासँग जोडिएको महत्वको विषयमा विज्ञहरुले जाँझबुझ गरी सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

छानविन टोलीले उक्त क्षेत्रमा सीमा अतिक्रमण नभएको भन्ने रिपोर्ट दिएको तर त्यसको लगत्तै पछि नापी विभागबाट अध्ययन गर्नका लागि अर्को विज्ञ टोली त्यसतर्फ पठाइएकोमा उक्त टोलीले त्यस सम्बन्धी आफ्नो प्रतिवेदन तयार पारेर नापी विभागका महानिर्देशकलाई बुुझाइसकेको भएपनि सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न नचाहेको मसालले आरोप लगाएको छ ।

‘देशको राष्ट्रियतासँग जोडिएको सीमा जस्तो महत्वको विषयमा विज्ञहरुले जाँझबुझ गरी सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक नगर्नु गम्भिर आपत्तिको विषय हो ।’ विज्ञप्तिमा भनिएको छ –‘सरकारको त्यसप्रकारको तौरतरिकाको हाम्रो पार्टीले विरोध गर्दछ र उक्त प्रतिवेदन तुरुन्त सार्वजनिक गर्नका लागि सरकारसँग माग गर्दछ ।’

सोही विज्ञप्तीमा रोल्पा जिल्लाको माडी गाउँपालिकाद्धारा विभिन्न स्थानहरुमा चर्च निर्माणका लागि भनेर बजेट विनियोजन गरिएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै कुनै पनि धर्मका नाममा बजेट विनियोजन गरी भरणपोषण गर्नु धर्मनिरपेक्षतामाथि आघात पुर्याउने काम भएको ठहर गरेको उल्लेख छ । गाउँपालिकाको कामप्रति आपत्ति प्रकट गर्दै मसालले यस सम्बन्धी आवश्यक कदम उठाइ धर्मनिरपेक्षताको रक्षा गर्न समेत माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here