विभिन्न पार्टी परित्याग गरि राजमोमा प्रवेश

0
806

गोपाल भट्टराई/अर्घाखाँची । अन्य बिभिन्न पार्टी परित्याग गरि ५५ जना नेता कार्यकर्ताहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा छत्रदेव गाउँपालिकाको वडा नम्बर १ र २ मा अगुवा कार्यकर्ता प्रशिक्षण भेला चिदिकामा सम्पन्न हुँदै गर्दा वहाँहरु राजमो प्रवेश गर्नु भएको हो । नव प्रवेशीहरुलाई राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बि.सी.ले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गर्नुभएको छ ।

राजमो नेता शेर बहादुर बि.सी., जिल्ला अध्यक्ष थम्मन के.सी., उपाध्यक्ष गोपाल पौडेल, सचिव बाबुराम सुनार, नेता कमल भुसाल, पशुपति ढकाल लगायतको सहजिकरणमा सम्पन्न भेलाले बसरत खानको अध्यक्षतामा २५ सदस्यिय वडा नम्बर १ र २ को वार्ड समितिको गठन गरेको छ ।

त्यस्तै उपाध्यक्षमा कल्लु मिया, सचिव अस्लाम मिया, सह–सचिव शम्सेर मिया र कोषाध्यक्षमा जुलुम मिया चयन हुनुभएको छ ।

कार्यक्रम नेत्र गैरेको अध्यक्षता, गोकर्ण कुमालको स्वागत मन्तव्य र गणेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here