विप्लब नेतृत्वको नेकपासँग भेटघाट गर्ने नीति कायम छ, तर २प्रतिशत दिन्नौं : पुरी

0
722

जेठ २९, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले एक विज्ञप्ती जारी गरि विप्लब नेतृत्वको नेकपासँग भेटघाट गर्ने नीति कायम रहने बताएका छन् ।

“का. विप्लबले नेतृत्व गर्नुभएको नेकपाले स्थानीय निकाय र मित्रशक्ति विरुद्ध अपनाएको नीति र कार्यशैलीका सम्बन्धमा हाम्रो पार्टीको नीतिबारे महामन्त्री का. मोहनविक्रम सिंहको वक्तव्यमा उल्लेख गरिएको छ । उक्त विषयमा विस्तृत छलफल पछि केन्द्रीय समितिले उहाँहरुसितको कार्यगत एकता वा सहकार्य नगर्ने नीतिलाई कायम राखेको छ । तर आवश्यकतानुसार उहाँहरुसित भेटघाट गर्ने कार्यका लागि ढोका खुला राख्ने निर्णय गरेको छ । ” विज्ञप्तीमा उल्लेख छ ।

नेकपाले राष्ट्रिय जनमोर्चाद्वारा निवार्चित प्यूठानको झिमरुक र मल्लरानी गाउँपालिकाहरुलाई पठाएको पत्रमा अध्यक्ष पदबाट तुरुन्त राजिनामा गर्नुपर्ने, अन्यथा जनकारवाही गर्ने धम्की दिइएको थियो । त्यसका साथै उहाँहरुबाट गाउँपालिकाको कूल बजेटको २ प्रतिशत दिनुपर्ने कुरा पनि लेखिएको थियो ।

नेकपा (मसाल)ले त्यस प्रकारका सबै चेतावनीहरुको दृढतापूर्वक विरोध र अस्वीकार गर्दै आएको छ । “निश्चय नै उहाँहरुसित आवश्यकतानुसार भेटघाट गर्ने नीति कायम रहने छ ।” पुरीले विज्ञप्तीमा भन्नु भएको छ“ “हामीले आशा गर्दछौं, उहाँहरुले दिएका सबै धम्की र दुई प्रतिशत ट्याक्स सहितको चेतावनीलाई फिर्ता लिनुहुनेछ ।”

स्मरण रहोस् यस सम्बन्धमा जारी पहिलाको विज्ञप्तीमा मसालले जनताको एक पैसा हिनामिना हुन नदिने र कसैले त्यसलाई हातपार्ने कोशिस गरेमा सहैय नहुने समेत बताएको थियो । यो विज्ञप्तीमा पनि पुन: सोही धारणालाई प्रतिवद्धता प्रकट गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here