विद्यार्थी संघले दिल्लीमा सफल पार्यो खेलकुद कार्यक्रम

0
635
नयाँ दिल्ली । अखिल भारत नेपाली विद्यार्थी संघले भारतको राजधानी नयाँ दिल्लीमा खेलकुद कार्यक्रम सम्पन्न पारेको छ । संघका केन्द्रीय अध्यक्षत प्रकाश भण्डारी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव ठाकुर खनालको आतिथ्यतामा सम्पन्न सो खेलकुद कार्यक्रम सम्पन्न पारिएको थियो ।
नव वर्ष २०७५ को पावन अवसरमा सम्पन्न सो खेलकुद कार्यक्रममा पुरुष बेडमिन्टन, महिला बेडमिन्टन, पुरुष दौड, महिला दौड, वाल दौड, खोखो र हाजिरी जवाफ प्रतियोगिता आयोजन गरिएको थियो ।
पुरुष बेडमिन्टनमा प्रथम नयाँ दिल्लीका सुदिप केसी र कमल परियार, द्वितीय गुरुग्राम रोहीत र सुनिल, तृतीय नयाँ दिल्ली कपिल परियार र अंकुर । त्यसतै महिला तर्फ नयाँ दिल्ली कविता परियार प्रथम, फरीदावाद कविता थापा द्वितीय र फरीदावाद कमला थापा तृतीय ।
खोखोमा प्रथम फरीदावादले हात पारेको थियो भने, द्वितीय र तृतीय नयाँ दिल्लीले आफ्नो झोलीमा पारेको थियो ।
पुरुष दौड तर्फ प्रथम नयाँ दिल्लीका किसन खनाल, द्वितीय फरीदावादका दिपेश र तृतीय नयाँ दिल्लीका कमल परियार । महिला दौड तर्फ प्रथम नयाँ दिल्लीकी कविता परियार, द्वितीय फरीदावादकी श्रृजना खनाल र तृतीय फरीदावादकी कविता थापा । त्यस्तै वाल दौड तर्फ नयाँ दिल्लीका समिर खनाल, द्वितीय नयाँ दिल्ली कै कपिल परियार र तृतीय पनि नयाँ दिल्ली कै पियुशले हात पारेका थिए ।
विजयी टिम तथा खेलाडीहरुलाई विद्यार्थी विभागका इन्चार्ज ठाकुर खनालद्वारा फरीदावाद नगर समितिको १८  औं नगर सम्मेलनको सन्दर्भमा पुरस्कृत गरिएको थियो ।
सो कार्यक्रमलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न पार्नका लागि दिपक भुसालको इन्चार्जमा शिवराज पाण्डे, अजय रेश्मी, अमृता खरेल र निशा खनाल रहेको पाँच सदस्यीय व्यवस्थापन समिति समेत गठन गरिएको थियो ।
स्मरण रहोस् अखिल भारत नेपाली एकता समाजको स्थापना सन १९७७ मा भएको थियो । सो संगठनको संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई थिए । पछि उनी नेकपा मसालबाट बाहिरिएर माओवादी हुँदै हाल नयाँ शक्ति नेपालका संयोजक छन् । तर अखिल भारत नेपाली विद्यार्थी संघ अहिले पनि नेकपा मसाल निकट रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here