विद्यार्थी नगर समिति गठन

0
167

हैदरावाद उत्तर, १९ अगस्त । अखिल भारत नेपाली बिद्यार्थी संघको हैदराबाद उत्तरमा नगर भेला सम्पन्न भएको छ । भेलाको अध्यक्षता सुनिल रानाले र संचालन शीतल बिकले गर्नु भएको थियो ।

भेलाको उद्घाघाटन मूल प्रवाह आखिल भारत नेपाली एकता समाज केन्द्रीय वैकल्पिक सदस्य खिम बहादुर बिकले गर्नु भएको थियो । अतिथि आशनग्रहण पछि सहिदहरूको सम्मझनामा एक मिनेट मौनधारण पश्चात सुरेश गौतमले स्वागत मन्तवय दिनुभएको थियो ।

महिला बिभागबाट लीला शर्मा, मीना आचार्य, हैदराबाद उत्तर नगर समितिबाट जीवनाथ शर्मा र त्यसैगरि अखिल भारत नेपाली बिद्यार्थी संघ क्षेत्रीय अध्यक्ष जीवन शर्माले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

भेलाले तेजेन्द्र शर्माको अध्यक्षतामा उत्तर हैदराबाद नगर समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– कमल थापा, सचिव– अर्जुन शर्मा, सहसचिव– दीपक थापा र कोषाध्यक्ष– चन्द्र बिक रहेका छन् । त्यस्तै सदस्यहरुमा सुरेश गौतम, सुनिता परियार, भुमिश्वर शर्मा, कविता आचार्य, सुभाष थापा, सिर्जना शर्मा, जयन्त बिस्ट, पवित्रा कुमाल, बिमल थापा, सुभाष पौडेल, मोहन परियार, अश्मिता पौडेल, पार्वती शर्मा र सरिता कुमाल रहेका छन् ।

नयाँ समितिलाई खिम बहादुर बिक, लीला शर्मा, मीना आचार्य, जीवनाथ शर्मा लगायतले वधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here