विद्यार्थीहरु तिब्र संगठित आन्दोलनमा लाग्नु पर्ने आवश्यकता छ : शर्मा

0
860

अखिल (छैठौं) को नगर भेला सम्पन्न

बाग्लुङ । अखिल (छैठौं) बागलुङ २ नम्बर एरिया दक्षिणभेग एरिया समितिको प्रथम भेला जिल्लाको जैमिनि नगरपालिका राङखानीमा सम्पन्न भएको छ । भेलामा जैमिनि नगरपालिकाका सबै वाडहरुबाट प्रतिनिधि, पर्यवेक्षक उपस्थित थिए ।

भेलामा अखिल छैठौं ४ नम्बर प्रदेशका अध्यक्ष अर्जुन शर्माको प्रमुख आतिथ्यता रहेको थियो । शर्माले भेलालाई सम्बोधन गर्दै विद्यार्थी आन्दोलनको जिम्मेवारी अब समाज राष्ट्र र राष्ट्रियताको निम्ति सचेत र संगठित भई अगाडि बढ्नुपर्ने आबश्कता औंलाउनु भयो ।

उक्त भेलाको विशिष्ट अतिथिमा अखिल छैठौं जिल्ला अध्यक्ष शिव चालिसेको उपस्थिति रहेको थियो । त्यतै अतिथिहरुमा राष्ट्रिय जनमोर्चाबाट नरिश्वर शर्मा, अखिल नेपाल युवक संघ नगर समितिका सचिव श्रीप्रसाद थापा, कोषाध्यक्ष सुरेन्द्र राना, सहसचिव ओम थापा, रक्तिम साँकृतिक अभियानका कमल राना, अखिल नेपाल शिक्षक संघका नगर अध्यक्ष महेन्द्र शर्मा लगायतले भेल सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

एरिया समितिका अध्यक्ष कृष्णा थापाको अध्यक्षता रहेको कर्यक्रममा सहभागिहरुलाई उपाध्यक्ष दिपेन्द्र शर्माले स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन एरिया सचिव लक्ष्मीप्रसाद शर्माले गर्नुभएको थियो ।

भेलाले कृष्णा थापाको अध्यक्षतामा १२ पुर्ण, ७ बैकल्पिक गरि १९ सदस्यीय समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष– प्रदिप थापा, सचिव– दिपेन्द्र शर्मा, सहसचिव– दिलिप मल्ल र कोषाध्यक्ष– अमृता राना रहेका छन् । त्यस्तै सदस्यहरुमाः सर्मिला श्रीस, अमृता शर्मा, सौगात पौडेल, मनोज पौडेल, दिपेन्द्र पौडेल, झपिन्द्र थापा, वविन शर्मा र बैकल्पिक सदस्यहरुमा असिम नेपाली, रेखा पौडेल, कामना थापा, रञ्जन थापा, प्रञ्वल थापा, मिना थापा र खेमराज श्रीस रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here