विदेशबाट आउने रेमिटान्सको आधारमा संघीयता चल्दैनः चित्रबहादुर केसी

0
1699

अर्घाखाँची । विदेशबाट आउने रेमिटान्सको आधारमा देशमा संघीयता चल्न नसक्ने चित्र बहादुर केसीले बताउनु भएको छ । केसीले राष्ट्रिय जनमोर्चा अर्घाखाँचीकोे चौथो जिल्ला सम्मेलनको प्रमुख अतिथिको आसनबाट सम्बोधनको क्रममा सो अभिव्यक्ति दिनुभएको हो ।

उद्घाटन कार्यक्रममा मनतब्य राख्दै अध्यक्ष केसीले “वार्षिक रुपमा विदेशबाट आउने ७ खर्बले यो देश र यो देशको संघीयतालाई धान्न सक्दैन ।” केसीले भन्नु भयो “केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने हुन्छ ।” पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले संघीयतालाई खारेज नगरिए संघीयताले देश खारेज गर्न सक्ने लगातार बताउँदै आउनुभएको छ ।

सरकारले बिभिन्न क्षेत्रको सिण्डीकेट हटाएर राम्रो काम गरेकोप्रति धन्यबाद दिनुभएको छ । “अब सत्तामा रहेका ठुला भ्रष्टाचारी र तस्करीहरुलाई जनताले देख्नेगरी कारवाही गर्नुपर्ने आवश्यक छ ।”

नेपालको जल, जमिन, जंगललाई भारतले होल्ड गरेर आफ्नो अनुकुलमा राख्न खोजको उल्लेख गर्दै विभिन्न समयमा भारतसँग भएका असमान सन्धि भारतको पक्षमा भएको केसीले बताउनुभयो ।

“कुशको औंठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतलाई बुझायो ।” नेता केसीले भन्नुभयो– “देशमा वामपन्थीको सरकार भए पनि भ्रष्टाचार, महंगी र कालोबजारी बढेको छ, जतिसुकै राष्ट्रवादी कुरा गरेपनि देशको राष्ट्रियता, सार्भभौमिकता र अखण्डता कमजोर बनेको छ ।”

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्ब महासचिव सन्तबहादुर नेपाली, राजमो ५ नम्बर प्रदेश सदस्य शेरबहादुर बिसी, नेता सागर केसी, यमलाल पोख्रेल, किसान संघका महासचिव कृष्ण केसी, अनेम संघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला राना, बुद्धिजीवी संघका जिबनारायण खनाल, ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसी, अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुँवर, नेकपाका प्रतिनिधि रामबहादुर चौहान, नेपाली काँग्रेसका सभापति बिष्णु खनाल मुस्कान, नयाँ शक्ति पार्टीका टोपबहादुर बलाल, जनप्रतिनिधिको तर्फबाट बाबुराम सुनार, अखिल नेपाल युबक संघका कुलराज खनाल, जातीय समाता समाजका राजेन्द्र नेपाली, पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

आज शनिबारदेखि सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीकोे चौथो जिल्ला सम्मेलन सुरु भएको कार्यक्रम राजमो जिल्ला अध्यक्ष झबिलाल थापाको अध्यक्षता, उपाध्यक्ष पशुपति ढकालको स्वागत मनतब्य र सचिव गोपाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । उद्घाटन सत्रपछि बन्द सत्रमा सांगठानिक र आर्थिक प्रतिवेदन माथि छलफल गरी, नयाँ नेतृत्व चयन गरिने आयोजकले जानकारी दिएको छ ।

राष्ट्रियको रक्षा र संघीयताको खारेजी हाम्रो अभियान, समृद्ध अर्घाखाँचीको लागि चौथो जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ सुरु भएको सो सम्मनेल दुई दिनसम्म चल्ने छ ।

सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको हो ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चौथो जिल्ला सम्मेलनद्वारा निर्वाचित जिल्ला समिती

अध्यक्ष- थम्मन के.सी., उपाध्यक्ष- गोपाल पौडेल, सचीव- बाबुराम पन्थी, सहसचिव- तुलसा कुवर र कोषाध्यक्ष- यमलाल पोख्रेल रहनु भएको छ । 

सदस्यहरुमा:- मिनराज भट्टराई,  भविष्यर वन्जाडे, कृष्ण केसी, मेघराज खनाल, कविराम खनाल, मिना आले, पदम केसी, मान बहादुर राना, गोपाल पाण्डे, गोविन्द बिसी, रुद्र पराजुली, गङगाराम खनाल, जोग बहादुर सारु, कृष्ण बहादुर सुनार, नेत्र प्रसाद गैरे, नारायण प्रसाद घिमिरे, डिल बहादुर खत्री  गोकर्ण मुखिया रहनु भएको छ । 

वैकल्पिक सदस्य : देव बहादुर रावल, गोविन्द थापा, सुदिप पन्थी, लेखनाथ भुसाल, सुमित्रा थापा, कमल प्रसाद घिमिरे र सीता भट्टराई रहनु भएको छ ।

सल्लाहकारहरु सागर केसी, पशुपति ढकाल,  नरेन्द्र थापा, खडक बहादुर थापा, जीवनारायण खनाल, चेतनारायण गैरे, तुल्सी वेलवासे, भिमलाल आचार्य, दिलदार हुसैन, पिताम्बर घिमिरे र सिद्दी प्रसाद भट्टराईलाई चयन गरको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here