भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले सभा सम्पन्न पारेको छ । सभा बीच नगर कार्यकर्ता अम्बिका पोखरेल र याम बहादुर भुजेललाई बिदाइ गरिएको छ ।
कार्यक्रमको अध्यक्षता नगर समितिका अध्यक्ष काजीराम श्रेष्ठले र सञ्चालन नगर सचिव कृष्टी राइले गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य नारायण शर्माको प्रमुख आतित्थ्यता रहेको थियो । त्यसै गरि पश्चिमत्तोर क्षेत्रीय सदस्य रामप्रसाद घिमिरे, बसन्त श्रेष्ठ, रक्तिम क्षेत्रीय सदस्य राम बहादुर थापा, विद्यार्थी संघबाट सृष्टि राई, महिला बिभागबाट फुल मायाँ कुमाल र प्रवासी नेपाली संघ नगर समिति धारुहेडाका सचिव राम प्रसाद कंडेलले अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौनधारणा गरेपछि नगर उपाध्यक्ष रामकुमार बस्नेतले कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो ।
सो बिदाई कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य नारायण शर्माले स्वदेश जानुहुने कार्यकर्ताहरु अम्बिका पोखरेल र यामबहादुर भुजेललाई सम्मान स्वरुप दोसल्ला ओढाएर बिदाई गर्नुभएको थियो । साथै उहाँहरुको उज्वल भबिस्यको कामना गर्नु हुँदै उहाँहरुले संगठनलाई अहिलेसम्म दिदै आउनु भएको योगदानको कदर गर्नु भएको थियो ।
नगर अध्यक्ष काजीराम श्रेष्ठद्वारा उहाँहरुलाई कदर पत्र प्रदान गर्नु भएको थियो । नगर समितिकोतर्पm देखि कोषाध्यक्ष किशोर राईले सम्झना स्वरुप उपहार प्रदान गर्नु भएको थियो । त्यसै गरि नारायण बिहार टोल समितिकोतर्पm देखि लक्ष्मण सारु र गिरप्रसाद ज्युबाट संझना स्वरुप उपहार प्रदान गर्नुभएको थियो ।
शुभकामना मन्तव्य दिनेहुरुमा क्रमशः हाउसिङ्ग बोर्ड टोल समितिका अध्यक्ष बिश्वनाथ घिमिरे, नारायण बिहार टोल समितिका उपाध्यक्ष लक्ष्मण सारु, विद्यार्थी संघबाट सृष्टि राई, प्रवासी नेपाली संघ धारुहेडा नगर समितिका सचिव रामप्रसाद कंडेल, महिला बिभागकि फुलमाया कुमाल, रिको अटो लिमिटेडबाट अनिल कुमार, नगर उपसचिव अर्जुन परिवार, नगर कोषाध्यक्ष किशोर राई, क्षेत्रीय सदस्य रामप्रसाद घिमिरे, बसन्त श्रेष्ठ, तथा रक्तिम क्षेत्रीय सदस्य रामबहादुर थापा हुनुहुन्थ्यो ।